मुख्य समाचार
दक्षिण–पूर्वी इरानमा आतंकवादी आक्रमण ८ जनाको मृत्यु
दक्षिण–पूर्वी इरानमा आतंकवादी आक्रमण ८ जनाको मृत्यु

: दक्षिण–पूर्वी इरानमा आतंकवादी आक्रमण भएको छ। यसमा करिब आठ जनाको मृत्यु भएको एएफपीले जनाएको छ।


इरानी राज्य सञ्चार माध्यमका अनुसार शुक्रबार इरानको दक्षिणपूर्वी सिस्तान–बलुचिस्तान प्रान्तको एक अदालतमा भएको घातक आतंकवादी आक्रमणमा कम्तिमा ८ जनाको मृत्यु भएको छ। यस्तै एक दर्जनभन्दा बढी घाइते भएका छन्। फार्स समाचार एजेन्सीले सिस्तान–बलुचिस्तानको राजधानी जाहेदानमा भएको आक्रमणमा आत्मघाती बम हमलाकारी संलग्न भएको हुन सक्ने जनाएको छ।



इरानको अशान्त दक्षिणपूर्वी सिस्तान–बलुचिस्तान प्रान्तको सुन्नी जैश अल–अदल बलुच समूहका बन्दुकधारीले एक अदालत भवनमा आक्रमण गरेको इरानी मिडियाले जनाएको छ।


अदालत परिसर वरिपरि विस्फोट र गोलीबारी सुनिएको थियो। यसका साथै जैश अल–अदलले एक विज्ञप्ति जारी गर्दै आक्रमणको जिम्मेवारी लिएको छ। ​​

बलुच मानव अधिकार समूहले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै आक्रमणमा केही न्यायिक कर्मचारी र सुरक्षाकर्मी मारिएको वा घाइते भएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...