मुख्य समाचार
दक्षिण–पूर्वी इरानमा आतंकवादी आक्रमण ८ जनाको मृत्यु
दक्षिण–पूर्वी इरानमा आतंकवादी आक्रमण ८ जनाको मृत्यु

: दक्षिण–पूर्वी इरानमा आतंकवादी आक्रमण भएको छ। यसमा करिब आठ जनाको मृत्यु भएको एएफपीले जनाएको छ।


इरानी राज्य सञ्चार माध्यमका अनुसार शुक्रबार इरानको दक्षिणपूर्वी सिस्तान–बलुचिस्तान प्रान्तको एक अदालतमा भएको घातक आतंकवादी आक्रमणमा कम्तिमा ८ जनाको मृत्यु भएको छ। यस्तै एक दर्जनभन्दा बढी घाइते भएका छन्। फार्स समाचार एजेन्सीले सिस्तान–बलुचिस्तानको राजधानी जाहेदानमा भएको आक्रमणमा आत्मघाती बम हमलाकारी संलग्न भएको हुन सक्ने जनाएको छ।



इरानको अशान्त दक्षिणपूर्वी सिस्तान–बलुचिस्तान प्रान्तको सुन्नी जैश अल–अदल बलुच समूहका बन्दुकधारीले एक अदालत भवनमा आक्रमण गरेको इरानी मिडियाले जनाएको छ।


अदालत परिसर वरिपरि विस्फोट र गोलीबारी सुनिएको थियो। यसका साथै जैश अल–अदलले एक विज्ञप्ति जारी गर्दै आक्रमणको जिम्मेवारी लिएको छ। ​​

बलुच मानव अधिकार समूहले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै आक्रमणमा केही न्यायिक कर्मचारी र सुरक्षाकर्मी मारिएको वा घाइते भएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको गाजाको स्थानीय प्रशासनले जनाएको छ। हमासको नागरिक रक्षा एजेन्सीले मृत्यु हुनेमा महिला र बालबालिका रहेको बताएको छ। नागरिक रक्षा एजेन्सीका अनुसार खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसोबास रहेको स्थानमा हवाई आक्रमण भएको थियो। प्यालेस्टिनीहरूले यस महिनाको सुरुमा लागू भएको युद्धविरामको दोस्रो चरण पछिको सबैभन्दा ठूलो ...
। यतिबेला जेफ्री एप्स्टिनका विभिन्न भिडियो सामग्री, कागजात र गोप्य संवादहरू बाहिरिइरहेको छ । यसले सन् २०२० को गोल्डेन ग्लोब्सको मञ्चमा रिकी जर्भेसले दिएको ‘मोनोलग’ (एकालाप) को ताजा भएर आउँछ । यस मन्तव्यमा जर्भेसले ‘पेडोफिलिया’ फिल्महरूसँगै एप्स्टिनको नाम जोडेर कडा व्यङ्ग्य गरेका थिए। त्यस रात सधैंझैं स्याम्पेन, महँगा पहिरन र आत्म-प्रशंसाको एउटा सामान्य उत्सव हुनुपर्ने थियो। ...
। बेलायती राजनीतिका ‘राजनीतिक फिक्सर’ मानिने लर्ड पिटर मन्डेल्सनले अन्ततः लेबर पार्टीको सदस्यताबाट राजीनामा दिएका छन्। अमेरिकी न्याय विभागले हालै सार्वजनिक गरेको जेफ्री एपस्टाइनसँग सम्बन्धित ३५ लाखभन्दा बढी कागजातहरूमा मन्डेल्सनको नाम र केही शंकास्पद भुक्तानीहरू फेला परेपछि उनले यो निर्णय लिएका हुन् । सन् २००३ र २००४ मा एपस्टाइनको बैंक खाताबाट मन्डेल्सन र उहाँका पार्टनरको खातामा तीन ...
। स्विट्जरल्यान्डको क्रान्स–मोन्टानास्थित ‘ले कन्स्टेलेसन’ बारमा नयाँ वर्षको अवसरमा भएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या ४१ पुगेको छ । शनिबार अस्पतालमा उपचाररत १८ वर्षीय एक स्विस किशोरको मृत्यु भएपछि यो संख्या बढेको हो । यो घटनालाई स्विट्जरल्यान्डको आधुनिक इतिहासकै सबैभन्दा खराब विपत्तिमध्ये एक मानिएको छ । ज्यान गुमाउनेहरू १४ देखि ३९ वर्ष उमेर समूहका छन्, जसमा अधिकांश ...
। इरानका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खामेनीले इरानमाथि अमेरिकाले आक्रमण गरेमा क्षेत्रीय युद्ध सुरु हुने चेतावनी दिएका छन् । इरान वरपरको क्षेत्रमा अमेरिकाले सैन्य टोली तैनाथ गरिरहेका बेला खामेनीको यो अभिव्यक्ति सार्वजनिक भएको हो । ‘अमेरिकीहरूले यदि युद्ध शुरू गरे भने यसपालि एउटा क्षेत्रीय युद्ध शुरू हुने छ,’ खामेनीलाई उद्धृत गर्दै इरानको अर्धसरकारी समाचार संस्था ...