मुख्य समाचार
तेस्रो दिन पनि रोकिएन थाइल्याण्ड-कम्बोडिया संघर्ष
तेस्रो दिन पनि रोकिएन थाइल्याण्ड-कम्बोडिया संघर्ष

। थाईल्यान्ड र कम्बोडियाले युद्धविराम आह्वान गरेपनि दुई देशबीच आक्रमण नरोकिएको पाइएको छ ।

यी दुई देशबीच तनाव सुरु भएको शनिबार तेस्रो दिन हो । आत्मरक्षाका लागि आक्रमण गरेको दाबी गरिरहेका यी दुई देशबीच सीमा विवाद चर्किँदै गएको रोयटर्सले उल्लेख गरेको छ ।




शनिबार थप नयाँ क्षेत्रमा समेत सैनिकहरुबीच झडप भएको छ । थाईल्यान्डको तटीय प्रान्त त्राट र कम्बोडियाको पुरसात प्रान्त पर्ने क्षेत्रमा पछिल्लो पटक झडप भएको हो ।

शनिबार झडप भएको क्षेत्र पहिलेको भन्दा झन्डै १०० किलोमिटर टाढा रहेकाले यी दुई देशबीच सीमा विवाद चर्किँदै गएको देखिएको छ ।


अलजजिराका अनुसार आक्रमणमा परेर हालसम्म दुवैतर्फ गरी ३२ जनाभन्दा बढीको मृत्यु भएको छ भने १३० जनाभन्दा बढी घाइते भएका छन् । एक लाख ३० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् । दक्षिपूर्वी एशियाका छिमेकी देश थाइल्याण्ड र कम्बोडियाबीच जारी सीमा विवाद शृङ्खलामा यो पछिल्लो १३ यताकै चरम संघर्ष हो ।

गत मे महिनाको अन्त्यतिर एक कम्बोडियन सैनिकको हत्या भएपछि सीमा विवादले चरम रुप लिएको देखिएको छ । उक्त घटनापछि दुवै पक्षले सीमामा सैनिक संख्या बढाएका थिए ।

कम्बोडियासँगको सीमा विवाद र तनावकै कारण थाइल्याडमा कमजोर सत्ता गठबन्धन संकटमा परेको थियो ।

शनिबारसम्म थाइल्याण्डतर्फ ७ सैनिक र १३ जना सर्वसाधारण मारिएका छन् भने कम्बोडियातर्फ ५ सैनिक र ८ सर्वसाधारणको मृत्यु भएको पुष्टि दुवै पक्षका अधिकारीहरुले पुष्टि गरेका छन् ।


थाईल्याण्डको सीमावर्ती प्रान्त सिसाकेतको एक विश्वविद्यालय परिसरलाई अस्थायी शिविर बनाइएको छ । कम्बोडियासँगको तनावका कारण विस्थापित भएका झन्डै ५ लाख मानिस उक्त विश्वविद्यालयमा शरण लिइरहेका छन् ।

विस्थापित भएर विश्वविद्यालयको शिविरमा बसिरहेकी ५१ वर्षीया सम्रोंग खाम्दुआङले रोयटर्ससँग भनेकी छन्, ‘हामी तोपको आवाजले निकै डरायौं, म घर छोडेर आएकी छु, तर मेरा श्रीमान् पशुचौपाया हेर्न फर्किनु भएको छ, अहिले उहाँसँग सम्पर्क हुन सकेको छैन ।’



मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमले थाइल्याण्ड र कम्बोडियाबीच युद्धविराम गराउने प्रस्तावलाई अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

दक्षिणपूर्वी एशियाली देशहरुको साझा संगठनको अध्यक्षता समेत गरिरहेका मलेसियाली प्रधानमन्त्री इब्राहिमले गरेको प्रस्तावमा थाइल्याण्ड र कम्बोडिया दुवै सकारात्मक देखिएका छन् ।

‘अहिलेसम्म पनि दुवै पक्षबाट गोलीबारी भइरहेका छन्’,मलेसियाली प्रधानमन्त्री इब्राहिमले त्यहाँको सरकारी समाचार एजेन्सी बर्नामासँग भने, ‘मैले आफ्नो परराष्ट्र मन्त्रीलाई दुबै पक्षसँग समन्वय गर्न भनेको छु, र कम्तीमा युद्ध रोक्नका लागि म आफैं पनि छलफल गर्न तयार छु ।’

सुरक्षा परिषद् बैठकमा आरोपप्रत्यारोप

संयुक्त राष्ट्रसंघका लागि थाई राजदूत चर्डछाइ चैवैविटले शुक्रबार सुरक्षा परिषद्को बैठकमा कम्बोडियाले आफ्नो देशको भूमिमा बारुदी सुरुङ बनाएको आरोप लगाएका छन् ।

त्यस्ता बारुदी सुरुङमा परेर जुलाईको मध्यदेखि अहिलेसम्म सैनिकहरू घाइते भएको बैठकमा उनले बताएकी थिइन् ।

बिहीबार सुरुमा कम्बोडियातर्फबाट आक्रमण भएको र आत्मरक्षामा थाइल्याण्डले प्रत्याक्रमण गरेको उनको तर्क थियो । तर, कम्बोडिया पक्षले भने थाइल्याण्डको उक्त आरोपको खण्डन गर्दै झुटो भनेको छ ।

युद्धविरामका लागि तयार हुन र र सत्यनिष्ठाका साथ पुन: वार्तामा बस्न थाइ पक्षले कम्बोडियालाई आग्रह गरेको छ ।

कम्बोडियाको रक्षा मन्त्रालयले पनि बिना कुनै उक्साहट थाईल्यान्डले ‘जानीबुझी सैन्य आक्रमण गरेको आरोप लगाएको छ ।

पछिल्ला दिनमा थाइल्याण्डले सीमा क्षेत्रमा सैनिक संख्या र सैन्य उपकरणको भण्डार बढाउँदै गएको कम्बोडियाको रक्षा मन्त्रालयले भनेको छ ।

‘यी योजनाबद्ध सैन्य तयारीहरूले आक्रामकता विस्तार गर्ने र कम्बोडियाको सार्वभौमिकता उल्लङ्घन गर्ने थाइल्याण्डको नियत स्पष्ट हुन्छ’, मन्त्रालयद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ । एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...