मुख्य समाचार
सुक्खाग्रस्त मधेशमा तत्कालीन समस्या समाधानका लागि ५ सय डिप बोरिङ जडान गर्ने घोषणा
सुक्खाग्रस्त मधेशमा तत्कालीन समस्या समाधानका लागि ५ सय डिप बोरिङ जडान गर्ने घोषणा

। प्रधानमन्त्री केपी शर्मा ओलीले सुक्खाग्रस्त मधेशमा तत्कालीन समस्या समाधानका लागि ५ सय डिप बोरिङ जडान गर्ने घोषणा गरेका छन् । शुक्रबार महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । एउटा डिप बोरिङबाट ६० बिघा क्षेत्रफल सिंचाई गर्न सकिने उनले बताए ।

‘हामी अहिले तत्काल केही डिप बोरिङहरू जडान हुन्छ । तत्कालका लागि ५ सय जति डिप बोरिङ गर्नेछौँ । एउटाले लगभग ६० बिघा जमिन सिंचाइ गर्न सकिन्छ,’ उनले भने ।




पानीको अभावका कारण मधेस सुख्खाग्रस्त भएको बताउँदै सरकारले संकटग्रस्त क्षेत्र घोषणासमेत गरिसकेको उनले बताए ।

सरकार संकटग्रस्त क्षेत्र घोषणा मात्रै गरेर नबस्ने भन्दै दीर्घकालीन र तत्कालीन उपायहरू सुरु गरिसकेको बताए ।


‘मधेश सुख्खाग्रस्त छ । पानीको अभावको कारणले सुख्खाग्रस्त भएकाले संकटग्रस्त क्षेत्र घोषणा गरेका छौँ । संकटग्रस्त क्षेत्र घोषणा गर्ने मात्रै होइन यस क्षेत्रमा दीर्घकालीन र तत्कालीन दुई उपायहरूबाट काम गर्नेछौं,’ उनले भने,

चुरेमा पानीका तालतलैया बनाउने, पानी जम्मा गर्ने कार्यमा सरकार लागेको पनि प्रधानमन्त्री ओलीले बताए ।

‘चुरेमा पानीका तालतलैया बनाउने, पानी जम्मा गर्ने, जसबाट जमिनको सतहको पानी तल जान नदिने गरी अनुकूल वातावरणतर्फ फर्काउने काम गर्दछौँ । तत्कालका लागि अरु विभिन्न काम अघि बढाउनेछौं,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकारको तर्फबाट यस काममा मद्दत गर्न सरकारका सबै निकायहरूलाई आग्रह गर्दछु । गैरसरकारी संघसंस्था सबैलाई साथ सहयोग गर्न आग्रह गर्दछु ।’

प्रधानमन्त्री ओलीले ८ वटै जिल्लालाई ध्यानमा राखेर काम गर्ने प्रतिबद्धता पनि सो क्रममा जनाए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संघीय निजामती विधेयकमा जस्तै विद्यालय शिक्षा विधेयकमा पनि सरकारले षड्यन्त्र गरेको आरोप लगाएका छन् । काठमाडौंमा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको सरकार भनेकै जालझेल, ठगी, भ्रष्टाचार र बेइमानी सरकारको परिभाषा जस्तै बनेको बताए । ‘तपाईंहरूले देख्नुभएको छ अहिले जालझेल, ठगी, ...
। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संघीय निजामती विधेयकमा कुलिङ पिरियडमा भएको छेडखानीमा अन्तिममा नेकपा एमालेले म्याउँ गरेको आरोप लगाएका छन् । काठमाडौंमा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कुलिङ पिरियडमा भएको छेडखानीमा एमाले र यसको नेतृत्व जिम्मेवार रहेको आरोप लगाएका हुन् । ‘कुलिङ अफ पिरियड २ वर्ष सर्वसम्मत ...
। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले लगायतका ठूला दलहरू निकै ठूलो वैचारिक राजनीतिक संकटमा रहेको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको एक कार्यक्रमलाई सम्बोधन गर्दै खासगरी एमालेमा ठूलो वैचारिक, राजनीतिक र नेतृत्वको संकट देखिएको तर्क गरे । ‘कांग्रेसमा तपाईहरुले हेर्नु भयो भने विश्वेश्वरप्रसाद कोइराला र पछिल्लोपटक गिरिजाप्रसाद कोइराला ...
। बाढीपहिरोका कारण देशभर मुख्य ४ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् । कर्णाली प्रदेशका मुख्य दुई मार्ग कर्णाली करिडोर र भेरी करिडोर पूर्ण रुपमा अवरुद्ध भएका छन् । हुम्लाको सिमकोट क्षेत्रमा पहिरो गएकोले कर्णाली करिडोर अवरुद्ध भएको हो । यस्तै, रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-६ स्थित रिजिगारमा बाढी आउँदा भेरी करिडोर अन्तर्गत जाजरकोट-डोल्पा सडक अवरुद्ध भएको छ । अविरल ...
। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिव जनार्दन शर्मातर्फ संकेत गर्दै प्रतिक्रियावादी र दलालहरूको उक्साहटमा लागेको आरोप लगाएका छन् । काठमाडौंमा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको एक कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रभित्र राजनीतिक वैचारिक संकट नभए पनि एकाध व्यक्ति उक्साहटमा लागेको आरोप लगाएका हुन् । प्रचण्डले एमालेभित्रको विवादलाई ठूलो वैचारिक राजनीतिक संकटको संज्ञा ...