मुख्य समाचार
गत आर्थिक वर्ष २०८१/८८२ मा अघिल्लो आर्थिक वर्ष २०८०/८१ को भन्दा २ सय २७ प्रतिशतले बढी मालसामान भारत तथा तेस्रो मुलुकमा निर्यात बढ्यो
गत आर्थिक वर्ष २०८१/८८२ मा अघिल्लो आर्थिक वर्ष २०८०/८१ को भन्दा २ सय २७ प्रतिशतले बढी मालसामान भारत तथा तेस्रो मुलुकमा निर्यात बढ्यो

: वीरगन्ज नाकाबाट नेपाल उत्पादित मालसामानको विदेशमा निर्यात बढेको छ। गत आर्थिक वर्ष २०८१/८८२ मा अघिल्लो आर्थिक वर्ष २०८०/८१ को भन्दा २ सय २७ प्रतिशतले बढी मालसामान भारत तथा तेस्रो मुलुकमा निर्यात बढेको हो।


गत आर्थिक वर्षमा वीरगन्ज नाका हुँदै १ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ मूल्य बराबरको नेपालमा उत्पादित मालसामान भारत तथा तेस्रो मुलुकमा निर्यात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ। जबकी अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने वीरगन्ज नाका हुँदै भारत तथा तेस्रो मुलुकमा ३१ अर्ब १४ करोड २२ रुपैयाँ मूल्य बराबरको नेपाली मालसामान निर्यात भएको थियो।



गत आर्थिक वर्षमा वीरगन्ज नाका हुँदै अघिल्लो आर्थिक वर्षको भन्दा २ सय २७ प्रतिशत अर्थात ७० अर्ब ७९ करोड रुपैयाँ बढी मूल्यको नेपाली उत्पादन भारत तथा तेस्रो मुलुकमा निर्यात भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिए।



गत आर्थिक वर्षमा वीरगन्ज नाका हुँदै सबै भन्दा बढी ६१ अर्ब ४५ करोड रुपैयाँ मूल्यको २९ करोड १४ लाख ९१ हजार लिटर भटमासको प्रशोधित तेल विदेश निर्यात भएको छ। त्यस्तै ९ अर्ब २६ करोड रुपैयाँ मूल्यको ४ करोड १५ लाख लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ।

यसैगरी ७ अर्ब ६९ करोड रुपैयाँ बराबरको ८ करोड १ लाख ३४ हजार लिटर फलफूलको जुस, ५ अर्ब ३७ करोड रुपैयाँ बराबरको फलाम तथा फलामका सामग्रीहरू निर्यात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ। यस्तै २ अर्ब ४६ करोड ५४ लाख रुपैयाँ सेन्थेटिक यार्न, २ अर्ब ७९ करोड २८ लाख रुपैयाँ मूल्य बराबरको विभिन्न कपडापनि विदेश निर्यात भएको छ।

यसैगरी २ अर्ब २० करोड ५४ लाख रुपैयाँ बराबरको ४ करोड ७९ लाख केजी पशु आहारको कच्चा पदार्थ तथा १ अर्ब २० करोड रुपैयाँ मूल्य बराबरको ६ लाख ७९ हजार केजी कुकुर र बिरालोले खाने खानापनि निर्यात भएको छ।

गत आर्थिक वर्षमा वीरगन्ज नाकाबाट नेपालमा उत्पादित मालसामानको निर्यात सबै भन्दा बढी भारतमा भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक लामिछानेले बताए। उनका अनुसार कूल निर्यातको ९४ दशमलव ८५ प्रतिशत मालसामान भारतमा निर्यात भएको हो।

गत आर्थिक वर्षमा वीरगन्ज नाका हुँदै नेपालबाट १ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ मूल्य बराबरको सामान निर्यात भएकोमा त्यसमध्ये ९६ अर्ब ५९ करोड रुपैयाँको सामान भारत मात्रै निर्यात भएको लामिछानेले बताए। यस्तै अमेरिकामा २ दशमलव ४४९ प्रतिशत अर्थात २ अर्ब ५३ करोड रुपैयाँको सामान नेपालबाट निर्यात भएको उनले जानकारी दिए।

यसैगरी अफगानिस्तानमा ७१ करोड ७६ लाख, क्यानेडामा २६ करोड ११ लाख, जर्मनीमा २२ करोड ३७ लाख, अष्ट्रेलियामा २० करोड ७५ लाख र साउदी अरेबियामा २० करोड ४४ लाख रुपैयाँ बराबरको नेपाली सामान निर्यात भएको लामिछानेले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्थमन्त्री स्वर्णीम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा नभई नेपालको आर्थिक रूपान्तरणको सहयात्री र सहनिर्माताका रूपमा अघि बढ्नुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग आज अर्थ मन्त्रालयमा भएको छलफलमा राष्ट्र बैंकले नियामक निकायको भूमिकासँगै मुलुकको आर्थिक रूपान्तरणमा सक्रिय साझेदारको भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । ‘आजको छलफल कुनै औपचारिक टिप्पणीमा सीमित रहने ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका विशिष्ट श्रेणीका कर्मचारीसँग छलफल गरेका छन् । मन्त्रीसँगको छलफलमा उनीहरूले बैंकिङ क्षेत्रमा कर्जाको माग बढ्न लगानीमैत्री वातावरणको विकास गर्नुपर्ने सुझाएका छन् । हाल कर्जाको माग नबढ्नुमा लगानी वातावरण नै प्रमुख रहेको उनीहरूले बताए। अर्थतन्त्रको पछिल्लो अवस्था र वित्तीय क्षेत्रका समस्या समाधानका लागि केन्द्रीय बैंकका विभागहरूले के कसरी ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रुपान्तरण र संरचनागत सुधारका लागि ‘नीतिगत आत्मविश्वास’ अनिवार्य रहेको बताएका छन् । बुधवार सिंहदरबारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँगको छलफलमा उनले सो धारणा राखेका हुन् । निजी क्षेत्रले केवल सहुलियत मात्र नभई स्पष्ट नीति, स्थिर नियम, शीघ्र निर्णय र विश्वसनीय कार्यान्वयन खोजिरहेको उनले उल्लेख गरे । उनले सरकारको सोच, प्राथमिकता ...
: प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकको सञ्चालक समिति एक जना महिलासहित सात सदस्यीय बनाउन सहमति जुटाएको छ । मंगलबार समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा ९ सदस्यीय सञ्चालक समिति प्रस्ताव गरिएकोमा पूर्ववत रुपमा नै सात सदस्यीय समिति बनाउन सहमति जुटेको हो । बैठकमा अर्थमन्त्री डा. ...
। अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले सुनको मौजुदा वितरण प्रणालीलाई परिमार्जन गरी सहज र पहुँचयोग्य बनाउनुपर्ने बताएका छन् । सोमबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै सचिव उपाध्यायले हाल कायम रहेको दैनिक २५ किलोको बिक्री सीमा र वितरण प्रक्रियालाई व्यावहारिक बनाउन आवश्यक रहेको उल्लेख गरे । उनका अनुसार वैदेशिक मुद्रा सञ्चितिको सन्तुलन कायम राख्न नेपाल राष्ट्र ...