: प्रधानमन्त्री केपी शर्मा ओलीले छोराछोरीलाई भेदभाव नगरी शिक्षित बनाउन आग्रह गरेका छन्। शुक्रबार महोत्तरीको मटिहानीमा आयोजित एक कार्यक्रममा सबैले आफ्ना सन्तानलाई शिक्षित बनाउनुपर्ने बताएका हुन्।
उनले भने,‘अज्ञानता, अशिक्षा र अन्धविश्वास समाज विकासको बाधक हो। यस्ता कुरामा आमनागरिकले ध्यान केन्द्रित गर्नुपर्छ।’
प्रधानमन्त्री ओलीले विपद्को सामना गर्न सरकार तयारी अवस्थामा रहेकाले विचलित नहुन आग्रह गरे। सरकारले मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेपछि उनी यहाँ आएका हुन्। उनले मधेशको समस्यालाई नजिकबाट नियाल्ने प्रयास गरेको बताए।