मुख्य समाचार
नेपालको पहिलो चिज उत्पादन केन्द्र लाङटाङ बन्द हुने अवस्थामा
नेपालको पहिलो चिज उत्पादन केन्द्र लाङटाङ बन्द हुने अवस्थामा

: नेपालको पहिलो चिज उत्पादन केन्द्र लाङटाङ बन्द हुने अवस्थामा पुगेको छ। २००९ सालमा स्थापना भएको केन्द्रमा किसानले दूध न्यून मात्रामा मात्र ल्याउन थालेपछि केन्द्र बन्द हुने अवस्थामा पुगेको हो।


सरकारले उचित मूल्य नदिँदा चौँरीपालक किसान घटेका छन् जसले गर्दा दूध उत्पादन घटेको छ। केन्द्र प्रमुख ग्याल्बु तामाङका अनुसार केन्द्रमा अहिले दैनिक ८० देखि ९० लिटर दूध आउने गरेको छ। विगत वर्षहरूमा दैनिक ५ सय लिटरसम्म दूध आउने गरेको थियो।



‘सरकारले उचित मूल्य नदिँदा चौँरी पाल्ने किसान घटेका छन्। अहिले किसान चौँरी पाल्न छाडेर विदेश जाने तयारीमा लागेका छन्। यसले गर्दा केन्द्रमा चिज उत्पादन घटेको छ। यसरी दूध आउन घट्दै जाने हो भने केन्द्र बन्द हुन समय लाग्दैन।’



केन्द्रले अहिले जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–४ स्थित क्यान्जिन, छेप्चे, यालाखर्क र लाङसिसाबाट चिज तथा मखन उत्पादन गर्दै आएको छ।

केन्द्रले वार्षिक ५ हजार केजीसम्म चिज उत्पादन गर्ने गरेको केन्द्र प्रमुख ग्याल्बु तामाङले बताए। यहाँ उत्पादन भएको चिज लाङटाङ तथा क्यान्जिनमा रहेका होटलमा खपत हुने गरेको छ। यस क्षेत्र पर्यटकीय क्षेत्र भएकाले पर्यटकले समेत लाने गरेका छन्।

केनद्रमा उत्पादित चिज दुग्ध विकास संस्थानमा लैजाने गरिएको छ। यो दुग्ध विकास संस्थान अन्तर्गत सञ्चालित केन्द्र हो। केन्द्रमा उत्पादन भएको मखन चाहिँ त्यही खपत हुन्छ। यस क्षेत्रमा बर्सेनि मेला लाग्ने भएकाले मखन बिक्रीमा समस्या हुँदैन।

केन्द्रले वैशाखदेखि कात्तिकसम्म चिज उत्पादन गर्दै आएको छ। भूकम्प गएपछि केन्द्रले पूर्ण क्षमतामा चिज तथा मखन उत्पादन गर्न सकेको थिएन। चौरीपालक कृषक घटेका कारण क्षमता अनुसार चिज उत्पादन हुन नसकेको केन्द्र प्रमुख तामाङले बताए।

केन्द्रले चिज प्रतिकेजी १ हजार ४ सय र मखन प्रतिकेजी १ हजार २ सय रुपैयाँमा बिक्री गर्दै आएको छ। रसुवामा दुग्ध विकास संस्थान अन्तर्गत चारवटा केन्द्र सञ्चालनमा छन्। जिल्लाको गोसाइँकुण्ड गाउँपालिकास्थित पाङ्लेखर्क, चन्दनबारी र लाङटाङ तथा आमाछोदिङ्‍मो गाउँपालिकाको गत्लाङमा चिज उत्पादन हुँदै आएको छ।

चारवटा केन्द्रमा वार्षिक ३६ हजार केजी चिज उत्पादन गर्ने क्षमता रहेको छ। गत्लाङ, धुन्चे र चन्दनबारीको केन्द्रमा वार्षिक १० हजार किलो र लाङटाङमा ६ हजार किलो चिज उत्पादन गर्ने क्षमता रहेको छ। जिल्लामा वैशाखदेखि असोज मसान्तसम्म चीज उत्पादन हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल सिन्हाले इथानोलबारे २० वर्षदेखि पटकपटक अध्ययन र छलफल भइरहेकाले आफू आइसकेपछि निर्णय लिन सहज भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार आयोजना गरेको 'नेपालमा इथानोल मिश्रण नीति : अवसर, चुनौती र कार्यान्वयनका रणनीतिहरु' कार्यक्रममा उद्योग मन्त्री सिन्हाले यस्तो बताएका हुन् । 'वर्षौंदेखि छलफल भइरहेको रहेछ । ...
। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्दा नेपालबाट वार्षिक करिब ६ अर्ब बराबरको पेट्रोलियम आयात घटाउन सकिने बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार समाजले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले पेट्रोलमा इथानोल मिसाउने निर्णय लामो अध्ययन र छलफलपछि कार्यान्वयनको चरणमा पुगेको बताएका हुन् । यसले नेपालबाट वार्षिक करिब ६ ...
। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को सात महिना बित्दा साढे १७ प्रतिशत मात्रै वित्तीय प्रगति गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार कुल ६७ अर्ब ४७ करोड ७३ लाख विनियोजित बजेटमध्ये १७.७९ प्रतिशत मात्रै खर्च भएको छ । माघ मसान्तसम्मको कुल खर्च १२ अर्ब ३१ लाख ७५ हजार मात्र बजेट खर्च ...
। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र नेपाल सरकारका अधिकारीहरूबीच विस्तारित कर्जा सुविधा (ईसीएफ) को सातौँ तथा अन्तिम समीक्षामा कर्मचारी तहमा सहमति भएको छ । नेपाल मिसन प्रमुख सरवत जहाँको नेतृत्वमा फेब्रुअरी ६ देखि २० सम्म गरेको काठमाडौं भ्रमणका क्रममा यस्तो समझदारी भएको आईएमएफले जनाएको छ । यो सहमतिलाई आईएमएफको कार्यकारी बोर्डले स्वीकृत गरेपछि नेपालले करिब ४ करोड ...
: नेपालको कुल वैदेशिक व्यापार (वस्तु आयात र निर्यात) १५.७६ प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागको मासिक तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिना (साउनदेखि माघसम्म) मा नेपालको वैदेशिक व्यापारमा १५ प्रतिशतभन्दा बढीले वृद्धि भई १२ खर्ब ९१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ। इन्धन, कच्चा पदार्थ र प्रविधि सामग्रीको उच्च आयातसँगै निर्यात संरचनामा ...