मुख्य समाचार
इंग्ल्याण्डका स्टार ब्याटर जो रुट टेस्ट क्रिकेट इतिहासमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा
इंग्ल्याण्डका स्टार ब्याटर जो रुट टेस्ट क्रिकेट इतिहासमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा

। इंग्ल्याण्डका स्टार ब्याटर जो रुट टेस्ट क्रिकेट इतिहासमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् ।

भारतविरुद्ध म्यानचेस्टरमा भइरहेको चौथो टेस्टको पहिलो इनिङमा शतक बनाउँदै उनले यो उपलब्धि हासिल गरेका हुन्। उनले यसअघि अक्टोबरमा एलास्टेयर कुकलाई पछि पार्दै इंग्ल्यान्डको सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए।




बिहीबार उनले राहुल द्रविड, ज्याक क्यालिस र रिकी पोन्टिङलाई पनि उछिनेर दोस्रो स्थानमा उक्लिए । उनी अब भारतका महान् ब्याटर सचिन तेन्दुलकरभन्दा पछाडि छन् । तेन्दुलकरको उनीभन्दा करिब २५०० रन बढी छ ।

रुटको १५६ खेलमा १३ हजार ३८१ (हाल ब्याटिङ गरिरहेका छन्) रन छ भने तेन्दुलकरको २०० खेलमा १५ हजार ९२१ रन छ । पोन्टिङको १६८ खेलमा १३३७८ रन थियो ।


शुक्रबार तेस्रो दिनको खेलमा ११ रनबाट ब्याटिङ सुरु गरेका रुटले ३० रन पुरा गर्दा द्रविडलाई पछि पारे, त्यसपछि अर्को बलमै एक रन लिएर क्यालिसलाई पार गरे।

शतक बनाइसकेपछि ११९ बाट १२०औं रन जोड्दा उनले पोन्टिङलाई पनि पछाडि पारे। पुरा ओल्ड ट्राफर्ड मैदान उनको सम्मानमा उभिएको थियो भने भारतका खेलाडीहरूले पनि ताली बजाएर सम्मान दिएका थिए ।

खेलमा सोही बेला कमेन्ट्री गरिरहेका अस्ट्रेलियन लिजेन्ड पोन्टिङले पनि रुटको प्रदर्शनको प्रशंसा गर्दै भने, ‘बधाई छ, जो रुट। शानदार इनिङ्स। अहिले उनी दोस्रो स्थानमा छन्, २,५०० रन सचिनभन्दा पछि। तर पछिल्ला ४–५ वर्षको उनको प्रदर्शन हेर्दा, त्यो दूरी पूरा गर्न सक्ने सम्भावना छ। जब उनी ५० रन पार गर्छन्, प्रायः ठूलो शतक बनाउँछन्। यही त महान खेलाडीको चिन्ह हो।’

इंग्ल्याण्ड यस टेस्टमा बलियो स्थितिमा छ । भारतले पहिलो इनिङमा बनाएको ३५८ रन पार गरिसकेर हाल इंग्ल्याण्ड १०० रनको अग्रताकै नजिक छ ।

५ खेलको सिरिजमा इंग्ल्यान्ड २–१ ले अघि छ र यो टेस्ट जितेको अवस्थामा एक खेल अगावै सिरिज आफ्नो पक्षमा पार्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल ए क्रिकेट टोली तास्मानियासँगको एकदिवसीय खेलमा पराजित भएको छ । बुधबार भएको रोमाञ्चक खेलमा नेपाल तास्मानियासँग २ विकेटले पराजित भएको हो । नेपालले दिएको १९३ रनको लक्ष्य तास्मानियाले अन्तिम ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो । तास्मानियाका लागि टम डायरले सर्वाधिक ६० रन बनाए । राफ म्याकमिलनले ३२, जस्टिन गालोटीले २४, विल प्रेस्टविज र म्याथ्यु ...
। तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) स्थगित भएको छ । इन्फिनिटी ड्रिम्स प्रालिले मंगलबार सामाजिक सञ्जालमार्फत हालको परिस्थितिमा परिस्थितिमा पीडित परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै लिग स्थगित गर्ने निर्णय भएको जनाएको छ । यसअघि तेस्रो संस्करणको इडब्लुभीएल आउँदो १५–२४ असोजमा दशरथ रंगशाला कभर्डहलमा आयोजना गर्ने निर्णय गरेको थियो । बुधबार रसुवामा आएको बाढीका कारण उत्पन्न ...
। नेपाल भलिबल लिग (एनभीएल) का लागि कर्णाली शिवराजले दोस्रो विदेशी खेलाडीका रूपमा बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ । आउटसाइड हिटर पोजिसनमा खेल्ने कुड्रासोउको आगमनसँगै कर्णाली शिवराजको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको टोलीले जनाएको छ । यसअघि कर्णाली शिवराजले पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।
: अर्जेन्टिनाका कप्तान एवं विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिममा बिताएको यात्रापछि मेसीले आफूले अब राष्ट्रिय टिमलाई थप दिन बाँकी नरहेको भन्दै संन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै यो निर्णय आफ्ना लागि निकै पीडादायी भए पनि अब समय आएको महसुस गरेको ...
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...