मुख्य समाचार
इंग्ल्याण्डका स्टार ब्याटर जो रुट टेस्ट क्रिकेट इतिहासमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा
इंग्ल्याण्डका स्टार ब्याटर जो रुट टेस्ट क्रिकेट इतिहासमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा

। इंग्ल्याण्डका स्टार ब्याटर जो रुट टेस्ट क्रिकेट इतिहासमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् ।

भारतविरुद्ध म्यानचेस्टरमा भइरहेको चौथो टेस्टको पहिलो इनिङमा शतक बनाउँदै उनले यो उपलब्धि हासिल गरेका हुन्। उनले यसअघि अक्टोबरमा एलास्टेयर कुकलाई पछि पार्दै इंग्ल्यान्डको सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए।




बिहीबार उनले राहुल द्रविड, ज्याक क्यालिस र रिकी पोन्टिङलाई पनि उछिनेर दोस्रो स्थानमा उक्लिए । उनी अब भारतका महान् ब्याटर सचिन तेन्दुलकरभन्दा पछाडि छन् । तेन्दुलकरको उनीभन्दा करिब २५०० रन बढी छ ।

रुटको १५६ खेलमा १३ हजार ३८१ (हाल ब्याटिङ गरिरहेका छन्) रन छ भने तेन्दुलकरको २०० खेलमा १५ हजार ९२१ रन छ । पोन्टिङको १६८ खेलमा १३३७८ रन थियो ।


शुक्रबार तेस्रो दिनको खेलमा ११ रनबाट ब्याटिङ सुरु गरेका रुटले ३० रन पुरा गर्दा द्रविडलाई पछि पारे, त्यसपछि अर्को बलमै एक रन लिएर क्यालिसलाई पार गरे।

शतक बनाइसकेपछि ११९ बाट १२०औं रन जोड्दा उनले पोन्टिङलाई पनि पछाडि पारे। पुरा ओल्ड ट्राफर्ड मैदान उनको सम्मानमा उभिएको थियो भने भारतका खेलाडीहरूले पनि ताली बजाएर सम्मान दिएका थिए ।

खेलमा सोही बेला कमेन्ट्री गरिरहेका अस्ट्रेलियन लिजेन्ड पोन्टिङले पनि रुटको प्रदर्शनको प्रशंसा गर्दै भने, ‘बधाई छ, जो रुट। शानदार इनिङ्स। अहिले उनी दोस्रो स्थानमा छन्, २,५०० रन सचिनभन्दा पछि। तर पछिल्ला ४–५ वर्षको उनको प्रदर्शन हेर्दा, त्यो दूरी पूरा गर्न सक्ने सम्भावना छ। जब उनी ५० रन पार गर्छन्, प्रायः ठूलो शतक बनाउँछन्। यही त महान खेलाडीको चिन्ह हो।’

इंग्ल्याण्ड यस टेस्टमा बलियो स्थितिमा छ । भारतले पहिलो इनिङमा बनाएको ३५८ रन पार गरिसकेर हाल इंग्ल्याण्ड १०० रनको अग्रताकै नजिक छ ।

५ खेलको सिरिजमा इंग्ल्यान्ड २–१ ले अघि छ र यो टेस्ट जितेको अवस्थामा एक खेल अगावै सिरिज आफ्नो पक्षमा पार्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...