मुख्य समाचार
अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ६ विकेटले हराए
अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ६ विकेटले हराए

। टिम डेभिडले विस्फोटक ब्याटिङ गर्दै कीर्तिमानी शतक बनाएपछि अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलामा लगातार तेस्रो जित हासिल गरेको छ । अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ६ विकेटले हराएको हो ।

वेस्ट इन्डिजले दिएको २१५ रनको बलियो लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । डेभिडले ३७ बलमा अविजित १०२ रन बनाए । यसक्रममा उनले ६ चौका र ११ छक्का प्रहार गरे । मिचेल ओवेन १६ बलमा ३६ रनमा नटआउट रहे ।




डेभिडले अस्ट्रेलियाका लागि सबैभन्दा छिटो (बलमा) अर्धशतक र शतक दुवैमा कीर्तिमान कायम गरे । १६ बलमै अर्धशतक बनाएका उनले ३७ बलमा शतक पूरा गरे । ३७ बलमा बनाएको शतक आईसीसीका दुई पूर्ण राष्ट्रबीच भएको खेलमा तेस्रो छिटो शतक पनि हो ।

डेभिडले यस क्रममा अर्को दुर्लभ कीर्तिमान पनि बनाए । उनले दुई फरक देशका लागि सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान कायम गरे । आज वेस्ट इन्डिजसँग खेल्दा अस्ट्रेलियाका लागि १६ बलमै अर्धशतक बनाएका उनले सन् २०२० मा सिंगापुरबाट खेल्दा मलेसियाविरुद्ध १७ बलमै अर्धशतक बनाएका थिए ।


वेस्ट इन्डिजका लागि रोमारियो शेपहर्डले २ तथा जेसन होल्डरले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर २१४ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि पनि ओपनर तथा कप्तान शाइ होपले शतक बनाएका थिए । ‌उनले ५७ बलमा अविजित १०२ रन बनाए । अर्का ओपनर ब्रान्डन किङले ६२ रन बनाए ।

अस्ट्रेलियाका नेथन एलिसले ४ ओभरमा ३७ रन दिएर १ विकेट लिए । एडम जाम्पा र मिचेल ओवेनले समान १ विकेट लिए ।

पहिलो खेलमा ३ विकेट तथा दोस्रो खेलमा ८ विकेटको जित निकालेको अस्ट्रेलियाले आजको जितसँगै ५ खेलको शृंखलामा ३-० को अग्रता बनाएर २ खेलअगावै सिरिज आफ्नो नाममा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...