मुख्य समाचार
अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ६ विकेटले हराए
अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ६ विकेटले हराए

। टिम डेभिडले विस्फोटक ब्याटिङ गर्दै कीर्तिमानी शतक बनाएपछि अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलामा लगातार तेस्रो जित हासिल गरेको छ । अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ६ विकेटले हराएको हो ।

वेस्ट इन्डिजले दिएको २१५ रनको बलियो लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । डेभिडले ३७ बलमा अविजित १०२ रन बनाए । यसक्रममा उनले ६ चौका र ११ छक्का प्रहार गरे । मिचेल ओवेन १६ बलमा ३६ रनमा नटआउट रहे ।




डेभिडले अस्ट्रेलियाका लागि सबैभन्दा छिटो (बलमा) अर्धशतक र शतक दुवैमा कीर्तिमान कायम गरे । १६ बलमै अर्धशतक बनाएका उनले ३७ बलमा शतक पूरा गरे । ३७ बलमा बनाएको शतक आईसीसीका दुई पूर्ण राष्ट्रबीच भएको खेलमा तेस्रो छिटो शतक पनि हो ।

डेभिडले यस क्रममा अर्को दुर्लभ कीर्तिमान पनि बनाए । उनले दुई फरक देशका लागि सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान कायम गरे । आज वेस्ट इन्डिजसँग खेल्दा अस्ट्रेलियाका लागि १६ बलमै अर्धशतक बनाएका उनले सन् २०२० मा सिंगापुरबाट खेल्दा मलेसियाविरुद्ध १७ बलमै अर्धशतक बनाएका थिए ।


वेस्ट इन्डिजका लागि रोमारियो शेपहर्डले २ तथा जेसन होल्डरले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर २१४ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि पनि ओपनर तथा कप्तान शाइ होपले शतक बनाएका थिए । ‌उनले ५७ बलमा अविजित १०२ रन बनाए । अर्का ओपनर ब्रान्डन किङले ६२ रन बनाए ।

अस्ट्रेलियाका नेथन एलिसले ४ ओभरमा ३७ रन दिएर १ विकेट लिए । एडम जाम्पा र मिचेल ओवेनले समान १ विकेट लिए ।

पहिलो खेलमा ३ विकेट तथा दोस्रो खेलमा ८ विकेटको जित निकालेको अस्ट्रेलियाले आजको जितसँगै ५ खेलको शृंखलामा ३-० को अग्रता बनाएर २ खेलअगावै सिरिज आफ्नो नाममा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल ए क्रिकेट टोली तास्मानियासँगको एकदिवसीय खेलमा पराजित भएको छ । बुधबार भएको रोमाञ्चक खेलमा नेपाल तास्मानियासँग २ विकेटले पराजित भएको हो । नेपालले दिएको १९३ रनको लक्ष्य तास्मानियाले अन्तिम ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो । तास्मानियाका लागि टम डायरले सर्वाधिक ६० रन बनाए । राफ म्याकमिलनले ३२, जस्टिन गालोटीले २४, विल प्रेस्टविज र म्याथ्यु ...
। तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) स्थगित भएको छ । इन्फिनिटी ड्रिम्स प्रालिले मंगलबार सामाजिक सञ्जालमार्फत हालको परिस्थितिमा परिस्थितिमा पीडित परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै लिग स्थगित गर्ने निर्णय भएको जनाएको छ । यसअघि तेस्रो संस्करणको इडब्लुभीएल आउँदो १५–२४ असोजमा दशरथ रंगशाला कभर्डहलमा आयोजना गर्ने निर्णय गरेको थियो । बुधबार रसुवामा आएको बाढीका कारण उत्पन्न ...
। नेपाल भलिबल लिग (एनभीएल) का लागि कर्णाली शिवराजले दोस्रो विदेशी खेलाडीका रूपमा बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ । आउटसाइड हिटर पोजिसनमा खेल्ने कुड्रासोउको आगमनसँगै कर्णाली शिवराजको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको टोलीले जनाएको छ । यसअघि कर्णाली शिवराजले पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।
: अर्जेन्टिनाका कप्तान एवं विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिममा बिताएको यात्रापछि मेसीले आफूले अब राष्ट्रिय टिमलाई थप दिन बाँकी नरहेको भन्दै संन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै यो निर्णय आफ्ना लागि निकै पीडादायी भए पनि अब समय आएको महसुस गरेको ...
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...