मुख्य समाचार
थाइल्यान्ड र कम्बोडियाबीच १००० वर्ष पुराना दुई शिव मन्दिरलाई लिएर चलिरहेको विवाद सैन्य हमलामा रुपान्तरण
थाइल्यान्ड र कम्बोडियाबीच १००० वर्ष पुराना दुई शिव मन्दिरलाई लिएर चलिरहेको विवाद सैन्य हमलामा रुपान्तरण

। थाइल्यान्ड र कम्बोडियाबीच १००० वर्ष पुराना दुई शिव मन्दिरलाई लिएर चलिरहेको विवाद सैन्य हमलामा रुपान्तरण भएको छ ।

विहीबारबाट दुई देशको सीमा क्षेत्रमा तनाव बढेको छ ।




कम्बोडियाले सुरिन प्रान्तस्थित आवासीय क्षेत्रमा गोली प्रहार गर्दा एकजनाको मृत्यु र कम्तिमा ३ जना घाइते भएका भन्दै थाई सेनाले कम्बोडियाको भूमिमा हवाई आक्रमण सुरु गरेको हो ।

शुक्रबार त थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाईले कम्बोडियासँगको झडप युद्धमा समेत परिणत हुनसक्ने चेतावनी दिए । ‘यदि अवस्था झन् चर्कियो भने यो युद्धमा परिणत हुनसक्छ, यद्यपि अहिलेसम्म यो झडपमै सीमित छ’, उनले समाचार संस्था एएफपीसँग भनेका थिए ।


यसैबीच कम्बोडियाले शुक्रबार संयुक्त राष्ट्रसंघ (यूएन) सँग तत्काल सैन्य हमला रोक्न माग गरेको छ । यूएन सुरक्षा परिषद्को आपतकालीन बैठकमा कम्बोडियाका राजदूतले भने, ‘हामी शान्ति चाहन्छौं र वार्ताबाट समाधान निकाल्न चाहन्छौं।’

उता, थाइल्यान्डले भने अहिले लडाइँ केही सुस्त बनेको र आफू वार्ताको लागि तयार रहेको बताएको छ । थाई विदेश मन्त्रालयले भनेको छ, ‘यदि कम्बोडियाले चाहेमा हामी मलेसियाको सहयोगमा पनि वार्ता गर्न तयार छौं।’

मिडिया रिपोर्टअनुसार शुक्रबार दुवै देशबीच सीमा क्षेत्रका १२ स्थानमा झडप भएका छन्। यसअघि थाई सरकारले एक लाखभन्दा बढी मानिसहरू आफ्ना घर छोड्न बाध्य भएका बताएको थियो ।

अहिलेसम्म थाइल्यान्डतर्फ १५ जनाको मृत्यु भइसकेको छ। ज्यान गुमाउनेमा एक जना सैनिक र १४ जना सर्वसाधारण छन् भने ४६ जना घाइते भएका छन्।

उता, कम्बोडियातर्फ मृतक वा घाइतेको कुनै आधिकारिक संख्या सार्वजनिक गरिएको छैन । यद्यपि, केही मिडिया रिपोर्टहरूमा एक जनाको मृत्यु भएको दाबी गरिएको छ।

सीमा जोडिएका ८ जिल्लामा मार्शल ल घोषणा

थाइल्यान्डले कम्बोडियासँग सीमा जोडिएका ८ जिल्लामा मार्शल ल घोषणा गरेको छ। थाई विदेश मन्त्रालयका प्रवक्ताले युद्धविरामबारे अहिले नै कुरा गर्नु छिटो हुने बताएका छन् ।

उनले कम्बोडियाले आक्रामक कार्य नरोकेसम्म वार्ताको संवाद नहुने संकेत गरेका छन् ।

के हो विवादको जड ?

थाइल्यान्ड र कम्बोडियाको इतिहास लामो समयसम्म खमेर साम्राज्य (कम्बोडिया) र सियाम साम्राज्य (थाइल्यान्ड) बीचको टकरावसँग जोडिएको छ।

फ्रान्स र बेलायती शासनकालमा पनि दुवै देशबीच सीमामा तनाव थियो । त्यही बेलादेखि प्रिह विहार र ता मुएन थोम मन्दिरहरू वरपरको भू-भागको स्वामित्वबारे कानुनी र राजनीतिक विवाद लगातार चलिरहेको थियो।

सन् १९०७ मा जब कम्बोडिया फ्रान्सको अधीनमा रहेको बेला दुवै देशबीच ८१७ किलोमिटर लामो सीमा रेखा कोरिएको थियो।

थाइल्यान्डले यसको विरोध गर्‍यो, किनभने नक्सामा प्रिह विहार मन्दिर कम्बोडियाको भूभागमा देखाइएको थियो।

उता, ता मुएन थोम मन्दिरलाई थाइल्यान्डमा देखाइएको थियो, जबकि कम्बोडियाले यसलाई आफ्नो मन्दिर मान्दछ।

ता मुएन थोम मन्दिर दुवै देशको सीमाको त्यस्तो भागमा पर्छ जुन स्पष्ट रूपमा निर्धारण भएको छैन। त्यसैले दुई देशले यसमा आफ्नो दाबी गर्दै आएका छन्।

यो थाइल्यान्डतिर अवस्थित भए पनि कम्बोडियाले आफ्नै ऐतिहासिक हिस्सा रहेको दाबी गर्छ । किनभने यो खमेर साम्राज्यको समयमा निर्माण गरिएको थियो।

खमेर साम्राज्य कम्बोडियाको एक शक्तिशाली र प्रभावशाली सभ्यता थियो, जुन नवौँ शताब्दीदेखि पन्ध्रौँ शताब्दीसम्म कायम थियो। उक्त साम्राज्यले कम्बोडियासँगै लाओस, थाइल्यान्ड र भियतनामका विभिन्न भागहरूमा शासन गरेको थियो।

उता, थाइल्यान्ड भने मन्दिर कम्बोडियाको हुन सक्ने भए पनि त्यस वरिपरिको जमिन थाइल्याण्डकै हो ।

दुवै देशका सेनाहरू यो मन्दिर वरिपरि नियमित रूपमा गस्ती गर्छन्, त्यसै यहाँ अक्सर झडपहरू हुने गर्छन्। यसपटकको झडप पनि यही मन्दिरको वरिपरि भएको हो।

प्रीह विहियर मन्दिरमा थाइल्यान्डको दाबी

प्रीह विहियर मन्दिरमा दुवै देशबीच विवाद बढी छ। थाइल्यान्डले यो मन्दिरलाई नियन्त्रणमा लिन लगातार प्रयास गरिरहेपछि सन् १९५९ मा कम्बोडियाले यो मुद्दा अन्तर्राष्ट्रिय अदालतमा पुर्‍यायो ।

सन् १९६२ मा अदालतले फैसला गर्दै मन्दिर कम्बोडियाको भएको ठहर गर्‍यो। अदालतले थाइल्यान्डलाई आफ्ना सैनिकहरू फिर्ता बोलाउन आदेश दियो। त्यसबेला थाइल्यान्डले फैसला स्वीकार गर्‍यो, तर वरिपरिको भूमिबारे विवाद भने कायमै रह्यो ।

विश्व सम्पदा सूचीमा परेपछि चर्कियो विवाद

युनेस्कोले यस मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गरेपछि सन् २००८ मा यो विवाद थप चर्कियो । दुवै देशका सेनाबीच फेरि झडप हुन थाल्यो र सन् २०११ मा त स्थिति यति बिग्रियो कि हजारौं मानिसहरू घर छोड्न बाध्य भए।

सन् २०१३ मा अदालतले आफ्नो पुरानो फैसलामाथि थप प्रष्ट पार्दै भन्यो- मन्दिर मात्र नभई त्यस वरिपरिको भूभाग पनि कम्बोडियाकै हो।

साथै, थाइल्यान्डलाई त्यहाँबाट आफ्नो सेना पूर्ण रूपमा हटाउन निर्देशन दिइयो। तर पनि सीमाको विवाद अझै पूर्ण रूपमा समाधान भएको छैन।

द्वन्द्व किन चर्कियो ?

थाई सेनाबीच पछिल्ला दुई महिनादेखि विवाद जारी छ । २८ मे मा एमराल्ड ट्रायङ्गल क्षेत्रमा दुवै देशका सेनाबीच झडप भएको थियो, जसमा एक जना कम्बोडियाली सैनिकको मृत्यु भएको थियो ।

यो त्यही स्थान हो जहाँ थाइल्यान्ड, कम्बोडिया र लाओसका सीमाहरू भेटिन्छन्। थाइल्यान्ड र कम्बोडियाले यो क्षेत्रमा आफ्नो दाबी गर्दै आएका छन्।

बिहीबार बिहान यो विवाद झनै चर्किएको थियो। कम्बोडियाली सेनाका अनुसार थाई सैनिकहरूले सीमा नजिक ता मुएन थम मन्दिरतर्फ बढ्दै त्यस वरिपरि काँडेतार लगाइदिए। त्यसपछि थाई सैनिकहरूले ड्रोन पठाए र हवाइ फायरिङ गरे।

उता, थाई सेनाका अनुसार सुरुमा झडप कम्बोडियाली सैनिकहरूले थालेका थिए। थाइल्यान्डले वार्तामार्फत तनाव घटाउन प्रयास गर्दा पनि कुरा नमिल्दा गोलीबारी सुरु भएको बताइएको छ।

विवाद सुल्झाउने प्रयास गर्दा प्रधानमन्त्रीले गुमाइन् कुर्सी



दुवै देशबीच विवाद चर्किएपछि १५ जुनमा थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न सीनावात्राले कम्बोडियाका नेता हुन सेनसँग फोनमा वार्ता गरेकी थिइन्। वार्ताका क्रममा उनले थाई सेनाका कमाण्डरको आलोचना गरेकी थिइन्। थाइल्यान्डमा सेनाको ठूलो प्रभाव रहेकाले यसलाई गम्भीर रूपमा लिइयो।

उक्त संवादमा उनले कम्बोडियाका शक्तिशाली पूर्वप्रधानमन्त्री हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गरेको अडियो बाहिरिएको थियो । सम्बोधनमा उनले ‘तपाईंलाई चाहिने केही भए म मिलाउँछु’ समेत भनेकी थिइन् ।

करिब चार दशक कम्बोडियामा शासन गरेका हुन सेन अझै पनि त्यहाँ प्रभावशाली मानिन्छन् । उनी थाई सिनावात्रा परिवारका पुराना मित्र समेत मानिन्छन् ।

यो वार्ता लिक भएपछि देशभर आक्रोश फैलियो। त्यसपछि अदालतले प्रधानमन्त्रीलाई पदबाट हटाइदियो। यद्यपि, पेटोङटार्नले माफी माग्दै आफ्नो टिप्पणी विवाद सुल्झाउने उद्देश्य केन्द्रित रहेको बताइन् तर त्यसको कुनै असर परेन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतको नयाँ दिल्लीस्थित समाचार एजेन्सी युनाइटेड न्युज अफ इन्डिया (यूएनआई) को कार्यालय ‘सिल’ गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार दिल्ली प्रहरीले शुक्रबार ‘हाई कोर्ट’ (उच्च अदालत) को आदेशभन्दै कार्यालय ‘सिल’ गरेको हो । यूएनआईका एक वरिष्ठ कर्मचारीले समाचार एजेन्सी पीटीआईसँग भने, ‘बेलुकी केन्द्र सरकारको सम्पत्ति विभागका केही कर्मचारी आए । उनीहरूले तपाईंहरूको लिज समाप्त ...
: टेस्ला र स्पेसएक्सका सीईओ एलन मस्कले सन् २०२२ मा ट्विटर किन्ने प्रक्रियाको महत्वपूर्ण अवधिमा सार्वजनिक रूपमा दिएका बयानहरूमा भ्रामक जानकारी दिएको एक जूरीले ठहर गरेको छ । सैन फ्रान्सिस्कोको संघीय अदालतमा दुई दिनको छलफलपछि जूरीले सर्वसम्मत निर्णय गर्दै मस्कविरुद्ध फैसला सुनाएको हो । उनलाई ट्विटरका लगानीकर्ताहरूको समूहले मुद्दा हालेको थियो, जसले उनका भनाइहरूमा विश्वास गरेर ...
: प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले धेरै अघिल्ला इजरायली नेताहरूले गर्न नसकेको काम गरेका छन् । उनको एउटा उपलब्धीमा अमेरिकासँग मिलेर आफ्नो क्षेत्रीय शत्रु इरानविरुद्ध खुला रूपमा लामो समयसम्म आक्रमण गर्न सहमत गराउनु हो । अहिलेसम्म ती आक्रमणहरूमा इरानमा १,४०० भन्दा बढी मानिसको मृत्यु भएको छ, जबकि इजरायली आक्रमणले लेबनानमा १,००० जनाको ज्यान लिएको छ । साथै धेरै ...
: साउदी अरेबियाले इरानलाई जवाफी कारबाही गर्ने चेतावनी दिएको छ। साउदीको पूर्वाधारमामाथि थप आक्रमण गरे आफूहरू प्रतिकारात्मक कदम चाल्न बाध्य हुने इरानलाई साउदीले सचेत गराएको हो। साउदीका विदेशमन्त्री फैसल बिन फरहान ल साउदले भने, 'हाम्रो धैर्यको पनि एक सीमा हुन्छ।' साउदी र खाडीका अन्य सहयोगी राष्ट्रहरूसँग 'पर्याप्त क्षमता' रहेको बताउँदै उनले आवश्यक परे इरानमाथि आवश्यक ...
: इरानी सर्वोच्च नेता मोजतबा खामेनीले एक लिखित सन्देश जारी गर्दै टर्की र ओमानका केही क्षेत्रमा भएका आक्रमणहरूमा इरानको संलग्नता नरहेको दाबी गरेका छन्। फारसी नयाँ वर्ष 'नौरोज'को अवसरमा जारी गरिएको उक्त सन्देशलाई इरानको सरकारी टेलिभिजनमार्फत सार्वजनिक गरिएको हो। नौ पाना लामो आफ्नो वक्तव्यमा खामेनीले इरानले आफ्ना पूर्वी छिमेकीहरूलाई निकै घनिष्ठ मान्ने उल्लेख गरेका छन्। खामेनीले पाकिस्तानलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम