मुख्य समाचार
रेसलर हल्क होगनको ७१ वर्षको उमेरमा निधन
रेसलर हल्क होगनको ७१ वर्षको उमेरमा निधन

। विश्वप्रसिद्ध प्रोफेसनल रेसलर हल्क होगनको ७१ वर्षको उमेरमा निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको डब्लूडब्लूई ले पुष्टि गरेको छ।

होगनको वास्तविक नाम टेरी बोलिया हो। होगनले १९७७ मा रेसलिङ्ग करिअर सुरु गरेका थिए र ८० र ९० को दशकमा सबैभन्दा ठूला नाम बने।




होगनले आफ्नो नाममा ‘हल्क’ तब अपनाए जब उनलाई सीबीएस टेलिभिजन कार्यक्रम ‘द इन्क्रेडिबल हल्क’ का मांसल पात्रसँग तुलना गरिन्थ्यो।

सन् १९७९ मा उनले वर्ल्ड रेसलिङ फेडेरेसन (हालको डब्लूडब्लूई) मा प्रवेश गरे र ‘होगन’ उपनाम थप्दै हल्क होगन बने।


उनी आफ्नो रातो–पहेंलो पहिरन, ‘रियल अमेरिकन’ इन्ट्री गीत र ‘हल्कामेनियाक’ फ्यानहरूको विशाल समर्थनका कारण लोकप्रिय थिए।

होगनले ५० वर्षको उमेरसम्म पनि रेसलिङ्गमा सक्रियता देखाएका थिए। उनले टेलिभिजन र चलचित्र क्षेत्रमा पनि योगदान दिएका छन्।

डब्ल्यूडब्ल्यूईले उनको निधनप्रति शोक व्यक्त गर्दै उनलाई रेसलिङको इतिहासमा सधैं सम्झिरहने बताएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल भलिबल लिग (एनभीएल) का लागि कर्णाली शिवराजले दोस्रो विदेशी खेलाडीका रूपमा बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ । आउटसाइड हिटर पोजिसनमा खेल्ने कुड्रासोउको आगमनसँगै कर्णाली शिवराजको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको टोलीले जनाएको छ । यसअघि कर्णाली शिवराजले पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।
: अर्जेन्टिनाका कप्तान एवं विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिममा बिताएको यात्रापछि मेसीले आफूले अब राष्ट्रिय टिमलाई थप दिन बाँकी नरहेको भन्दै संन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै यो निर्णय आफ्ना लागि निकै पीडादायी भए पनि अब समय आएको महसुस गरेको ...
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...