मुख्य समाचार
सरकारले सुख्खाग्रस्त क्षेत्रको नाममा काठमाडौंका स्टार होटलमा सभा सम्मेलन, गोष्ठी गरी भोजभतेर नगर्न संघसंस्थाको ध्यानाकर्षण
सरकारले सुख्खाग्रस्त क्षेत्रको नाममा काठमाडौंका स्टार होटलमा सभा सम्मेलन, गोष्ठी गरी भोजभतेर नगर्न संघसंस्थाको ध्यानाकर्षण

। सरकारले सुख्खाग्रस्त क्षेत्रको नाममा काठमाडौंका स्टार होटलमा सभा सम्मेलन, गोष्ठी गरी भोजभतेर नगर्न संघसंस्थाको ध्यानाकर्षण गराएको छ ।

सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेपछि विभिन्न संघसंस्थाले चुरे संरक्षणको नाममा राजधानी काठमाडौंमा विभिन्न कार्यक्रमहरूको आयोजना गरेको सूचना प्राप्त भएको भन्दै मुख्यसचिव एकनारायण अर्यालले विपद्लाई उत्सवको रूपमा मनाउने काम नगर्न सबै सरोकारवालालाई सचेत गराएका हुन् ।




एक गाग्री पानीका लागि आक्रान्त बनेको परिवारलाई तत्काल पिउने पानी उपलब्ध गराउनु सरकारसँगै सबैको दायित्व भएको उल्लेख गर्दै उनले समस्यामा संवदेनशील बन्न पनि सबैलाई आग्रह गरे ।

‘सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेपछि चुरेको संरक्षणका लागि काठमाडौंमा एनजीओ, आईएनजीओहरूबाट गोष्ठी आयोजना गरिंदैछ भन्ने सुचना पाएको छु । यसो नगर्न म अनुरोध गर्दछु’ उनले भने, ‘काठमाडौंमा गोष्ठी गरेर मधेसको पानीको समस्या समाधान हुँदैन । जहाँ समस्या छ, त्यही सम्बोधन गरिनुपर्छ ।’


मुख्यसचिव अर्यालले थपे, ‘अहिले एक गाग्री पानीका लागि घन्टौं हिंड्न र लाइन बस्नुपरेको अवस्थामा हामीले पिउने पानीको सहज व्यवस्थापन गर्नुपर्ने बेलामा सुख्खाग्रस्त क्षेत्र घोषणा भयो भन्ने नाममा यसलाई बेचेर गरेर काठमाडौंका फाइभ स्टार होटलमा कार्यक्रम नगर्न अनुरोध गर्दछु ।’

उनले चुरे दोहनका कारण समस्या सिर्जना भएको भन्दै काठमाडौंमा कार्यक्रम गरेर त्यहाँको खानेपानी समस्या समाधान नहुने बताए । ‘पहिला खानेपानीको समस्या समाधान गरौं, त्यसपछि चुरे संरक्षण गरौंला,’ उनले भने ।

संकटग्रस्त क्षेत्र घोषणा किन ?

सरकारले समस्याको तत्काल र सहज समाधानका लागि मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको बताएको छ । सरकारको निर्णयले खरिद कार्यमा हुने ढिलाइका कारण पनि समस्याको तत्काल समाधान गर्न नसकिने अवस्थालाई चिरेर कार्यसम्पादनलाई सहज बनाएको मुख्यसचिव अर्यालले जानकारी दिए ।

उनले संकटग्रस्त क्षेत्र घोषणपछि सो अवधिमा प्राप्त गर्ने विशेष अधिकार प्रयोग गरी विभिन्न समूहले लामो समयदेखि खानेपानीमा गरेको नियन्त्रण फुकाई सर्वसाधरणको पहुँच विस्तार गर्न प्रमुख जिल्ला अधिकारी र स्थानीय सरकारलाई सहज हुने बताए ।

‘यस वर्ष मधेस प्रदेशमा वर्षा नभएका कारण खानेपानी तथा सिंचाईमा समस्या भयो भन्ने मधेश प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको रिपोर्टिङ्गका आधारमा हामीले विपद् ऐनको परिधिमा रहेर हामीले घोषणा गर्‍यौं,’ उनले भने ।

विपद् संकटग्रस्त क्षेत्र घोषणा भएपछि ती क्षेत्रमा देखिएका समस्या समाधान गर्न सहज हुने उनले बताए । ‘सार्वजनिक खरिद ऐनलाई अलि सरलीकृत ढंगले प्रयोग गर्न पाईन्छ । केही स्थानमा बोरिङ खन्न पनि शुरु भइसकेको छ,’ उनले भने ।

मुख्यसचिव अर्यालले थपे, ‘खानेपानीको दुरुपयोग भयो भन्ने पनि छ । निश्चित समूहको नियन्त्रणमा रहेको खानेपानीको वितरणमा सहजीकरण गर्न स्थानीय प्रशासनलाई संकटग्रस्त क्षेत्र घोषणापछि मद्दत पुग्छ ।’

संघीय सरकारले बुधवार मधेश प्रदेशका आठ वटै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ बस्दै आएका ३७ वर्षीय रविन आचार्य रहेका छन्। प्रारम्भिक अनुसन्धान अनुसार आचार्यले क्यानडामा रोजगारीको प्रलोभन देखाएर दुई जना पीडितसँग कुल ६५ लाख ९७ हजार ...
: पूर्वराष्ट्रपतिसमेत रहेकी एमाले नेतृ विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता कसैले खान नसक्ने बताएकी छन्। शुक्रबार विशेष पत्रकार सम्मेलन गरेर नेतृ भण्डारीले कसैलाई लाग्दैमा आफ्नो सदस्यता खान नसक्ने बताएकी हुन्। 'उत्तेजनामा आएर कुनै पनि निर्णय गरिनु हुँदैद्द। पार्टीलाई प्रक्रियामा चलाउनुपर्छ। मैले पार्टीमा जिम्मेवारी नभएकै कारण राष्ट्रपति बनेको हुँ। मैले पार्टी परित्याग गरेर राष्ट्रपति बन्न गएको ...
। प्रधानमन्त्री केपी शर्मा ओलीले सुक्खाग्रस्त मधेशमा तत्कालीन समस्या समाधानका लागि ५ सय डिप बोरिङ जडान गर्ने घोषणा गरेका छन् । शुक्रबार महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । एउटा डिप बोरिङबाट ६० बिघा क्षेत्रफल सिंचाई गर्न सकिने उनले बताए । ‘हामी अहिले तत्काल केही डिप बोरिङहरू जडान हुन्छ । तत्कालका लागि ...
: नेकपा एमाले नेतृ विद्यादेवी भण्डारीले राजनीतिमा फर्किने मेरो संवैधानिक अधिकार र स्वतन्त्रतालाई संकुचन गरिएको बताएकी छन्। एमालेले पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो संवैधानिक अधिकारलाई संकुचन र नियन्त्रण हुनेगरी गरिएको अपरिपक्व निर्णयले आफूलाई दुखी तुल्याएको बताएकी हुन्। उनले भनिन्,‘यसप्रकारको निर्णयले पार्टीको साख र प्रतिष्ठालाई गिराउँछु। आवेग र उत्तेजनाका ...
। आमसञ्चार तथा पत्रकारिता क्षेत्रका विज्ञहरूले प्रेस काउन्सिल नेपालको पुनःसंरचना गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । प्रेस काउन्सिल नेपाल, प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हित उपसमितिले शुक्रबार आयोजना गरेको ‘प्रेस स्वतन्त्रता, श्रमजिवी पत्रकारका सवाल र सञ्चार कानुन’ विषयक अन्तरक्रियामा उनीहरुले काउन्सिलले उद्देश्य, काम, कर्तव्य र अधिकारभित्र रहेरै काम गर्नुपर्ने आवश्यकता औँल्याए । नेपाल पत्रकार सहासङ्घका पूर्वसभापति तथा ...