मुख्य समाचार
रवि लक्षित कांग्रेसको टिप्पणी : भिजिट भिसामा विदेशिएर उतैको नागरिकता लिनेलाई पनि उपप्रधानमन्त्री बनायौं
रवि लक्षित कांग्रेसको टिप्पणी : भिजिट भिसामा विदेशिएर उतैको नागरिकता लिनेलाई पनि उपप्रधानमन्त्री बनायौं

। नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा उच्च स्तरीय छानबिनको माग राखेर संसद्को गतिविधि बहिष्कार गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शैलीमाथि प्रश्न उठाएको छ ।

शुक्रबार प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले रास्वपामाथि प्रश्न उठाएका हुन् ।




भिजिट भिसा प्रकरणलाई लिएर रास्वपाले झन्डै दुई महिनादेखि संघीय संसद्‍मा चिन्ता व्यक्त गरिरहेको भन्दै उनले यसमा चिन्ता नलिन आग्रह गरेका हुन् ।

‘धेरै चिन्ता व्यक्त नगर्नुस् । यो धेरै चिन्ता गर्न आवश्यक छैन,’ उनले भने ।


बरु रास्वपाका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै उनले भिजिट भिसाको सन्दर्भमा एउटा अभ्यास गरिसकेको बताए ।

‘भिजिट भिसामा यहाँबाट बाहिर जाने त्यहीँको नागरिकता लिने त्यहीँ घरजम गरेर बस्ने केही समय पछि नेपाल फर्किने दुई चार वटा अरू काण्ड पनि मचाउने पार्टी खोल्ने त्यसपछि गृहमन्त्री अन्य विभिन्न मन्त्री हुँदै उपप्रधानमन्त्रीसम्म हुन सक्ने अभ्यास हामीले गरिसकेका छौं,’ घिमिरेले भने, ‘किन चिन्ता गर्नुहुन्छ ?’

फेरि यस्तो अभ्यास दोहोरिन सक्ने भन्दै उनले व्यङ्ग्य गरे । ‘भोलि भिजिट भिसामा जाने साथीहरूले पनि त्यही अभ्यास दोहोर्‍याउँला नि त । धेरै चिन्तित त्यसमा किन हुनुहुन्छ ?’ उनले भने ।

भिजिट भिसाको नाममा संसदीय गतिविधि बहिष्कार गर्ने व्यवहार देखेर आफूलाई आश्चर्य लागेको घिमिरेले बताए ।

‘मलाई त यसबाट पनि आश्चर्य लाग्या छ । जुन पार्टीको धेरै सांसदहरू धेरै नेताहरू यही भिजिट भिसाबाट आज यो ठाउँसम्म आइपुग्नुभएको छ र यो सफलताको श्रेणीमा उक्लिनु भएको छ । त्यही साथीहरूको भिजिट भिसाको विषयमा सबभन्दा बढ्ता चिन्तित भएको पाएको छु,’ घिमिरेले भने ।

पटक–पटक रास्वपा सभापति लामिछाने लक्षित अभिव्यक्ति दिए ।

‘भिजिट भिसामा गएर उतै घरजम गर्नु, उतैको नागरिकता लिनु पासपोर्ट लिनु निश्चय पनि अन्तर्राष्ट्रिय कानुनअनुसार पनि गलत कार्य हो । यो राम्रो कार्य होइन । यसलाई कुनै पनि देशले राम्रो भन्दैन । भिजिट भिसामा जानु भनेको घुम्न जाने हो र फर्केर आउने हो । अन्तर्राष्ट्रिय कानुनले पनि यही नै भन्छ,’ उनले भने ।

तर, नेपालमा भिजिट भिसामा विदेश जानेहरू फर्केर आएपछि पनि देशको नागरिकता लिएर उपप्रधानमन्त्रीसम्म बन्न दिएको उनको भनाइ छ ।

‘… विदेशी नागरिकता विदेशी पासपोर्टमा नेपाल फर्केर आएर यहाँ चाहिँ मन्त्री उपप्रधानमन्त्री विभिन्न मन्त्रीहरू बनाइसकेका छौं । त्यसले गर्दा यो अभ्यास चलिसकेको देशमा भिजिट भिसाको विषयमा धेरै ठूलो चिन्ता नगर्न साथीहरूलाई म आग्रह गर्दछु,’ घिमिरेले भने, ‘साथीहरूले छातीमा हात राखेर भन्नुस्– आज तपाईंहरूलाई यो ठाउँमा पुर्‍याउने भिजिट भिसाको धेरै चिन्ता किन गर्नु हुन्छ ?’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ बस्दै आएका ३७ वर्षीय रविन आचार्य रहेका छन्। प्रारम्भिक अनुसन्धान अनुसार आचार्यले क्यानडामा रोजगारीको प्रलोभन देखाएर दुई जना पीडितसँग कुल ६५ लाख ९७ हजार ...
: पूर्वराष्ट्रपतिसमेत रहेकी एमाले नेतृ विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता कसैले खान नसक्ने बताएकी छन्। शुक्रबार विशेष पत्रकार सम्मेलन गरेर नेतृ भण्डारीले कसैलाई लाग्दैमा आफ्नो सदस्यता खान नसक्ने बताएकी हुन्। 'उत्तेजनामा आएर कुनै पनि निर्णय गरिनु हुँदैद्द। पार्टीलाई प्रक्रियामा चलाउनुपर्छ। मैले पार्टीमा जिम्मेवारी नभएकै कारण राष्ट्रपति बनेको हुँ। मैले पार्टी परित्याग गरेर राष्ट्रपति बन्न गएको ...
। प्रधानमन्त्री केपी शर्मा ओलीले सुक्खाग्रस्त मधेशमा तत्कालीन समस्या समाधानका लागि ५ सय डिप बोरिङ जडान गर्ने घोषणा गरेका छन् । शुक्रबार महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । एउटा डिप बोरिङबाट ६० बिघा क्षेत्रफल सिंचाई गर्न सकिने उनले बताए । ‘हामी अहिले तत्काल केही डिप बोरिङहरू जडान हुन्छ । तत्कालका लागि ...
: नेकपा एमाले नेतृ विद्यादेवी भण्डारीले राजनीतिमा फर्किने मेरो संवैधानिक अधिकार र स्वतन्त्रतालाई संकुचन गरिएको बताएकी छन्। एमालेले पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो संवैधानिक अधिकारलाई संकुचन र नियन्त्रण हुनेगरी गरिएको अपरिपक्व निर्णयले आफूलाई दुखी तुल्याएको बताएकी हुन्। उनले भनिन्,‘यसप्रकारको निर्णयले पार्टीको साख र प्रतिष्ठालाई गिराउँछु। आवेग र उत्तेजनाका ...
। आमसञ्चार तथा पत्रकारिता क्षेत्रका विज्ञहरूले प्रेस काउन्सिल नेपालको पुनःसंरचना गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । प्रेस काउन्सिल नेपाल, प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हित उपसमितिले शुक्रबार आयोजना गरेको ‘प्रेस स्वतन्त्रता, श्रमजिवी पत्रकारका सवाल र सञ्चार कानुन’ विषयक अन्तरक्रियामा उनीहरुले काउन्सिलले उद्देश्य, काम, कर्तव्य र अधिकारभित्र रहेरै काम गर्नुपर्ने आवश्यकता औँल्याए । नेपाल पत्रकार सहासङ्घका पूर्वसभापति तथा ...