मुख्य समाचार
नेपालस्थित रूसी दूतावासले आफ्नो आधिकारिक टेलिग्राम च्यानल सञ्चालनमा रहेको जनाएको छ
नेपालस्थित रूसी दूतावासले आफ्नो आधिकारिक टेलिग्राम च्यानल सञ्चालनमा रहेको जनाएको छ

— नेपालस्थित रूसी दूतावासले आफ्नो आधिकारिक टेलिग्राम च्यानल सञ्चालनमा रहेको जनाएको छ । तथापि, नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र टेलिग्राम प्लाटफर्म बन्द गर्ने निर्णय गरेको हुँदा च्यानल एक्सेस गर्न केही समस्या आउन सक्ने दूतावासले जनाएको छ ।


प्राधिकरणले साउन २ मा सूचना निकालेर टेलिग्राम एपमार्फत अनलाइन ठगीको संख्या बढ्दै गएकाले र मनी लन्डरिङजस्ता गम्भीर अपराधमा संलग्नता देखिएकाले उक्त एपमा तत्काल रोक लगाउन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको थियो । त्यसको भोलिपल्ट, साउन ३ मा नै दूतावासले पनि सूचना सार्वजनिक गर्दै आफूहरूको च्यानल निरन्तर सञ्चालनमा रहेको जनाएको हो ।

दूतावासले सूचना आदानप्रदानलाई निरन्तरता दिन वैकल्पिक माध्यम प्रयोग गरिने पनि उल्लेख गरेको छ । ‘स्थिर सञ्चार सुविधा कायम राख्न र जानकारीहरू अद्यावधिक गराउन हामी हाम्रा वेबसाइट तथा भीके, फेसबुक र इन्स्टाग्रामजस्ता अन्य सामाजिक सञ्जाल प्रयोग गरिरहेका छौँ,’ दूतावासले जारी गरेको सूचनामा भनिएको छ ।

अनलाइन सुरक्षासम्बन्धी चिन्ता बढ्दै गएको सन्दर्भमा नेपालले केही समयअघि मात्रै अर्को सामाजिक सञ्जाल प्लाटफर्म, टिकटक बन्द गरिदिएको दूतावासको सूचनामा उल्लेख छ ।

दूतावासले भने आगामी दिनमा टेलिग्राम पहुँचसम्बन्धी कुनै परिवर्तन भए जानकारी गराइने प्रतिबद्धता जनाएको छ । भीके, इन्स्टाग्राम र वेबसाइटमार्फत दूतावासमा सम्पर्क राख्न सकिने जानकारी पनि दिएको छ । रुसमा लोकप्रिय भिकोन्टाक्ते (भीके) एप फेसबुकजस्तै सामाजिक सञ्जाल प्लाटफर्म हो । यसका संस्थापक भने टेलिग्रामकै सीईओ दुरोभ पाभेल हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भारत सरकारले अब आउने सबै नयाँ स्मार्टफोनमा सरकारी साइबर सुरक्षासम्बन्धी एप ‘सञ्चार साथी’ अनिवार्य प्रि-इन्स्टल गर्न फोन निर्माताहरूलाई आदेश दिएको छ । रोयटर्सको समाचारअनुसार अब भारतमा बिक्री हुने हरेक नयाँ मोबाइलमा उक्त एप अनिवार्य रूपमा हुनैपर्नेछ । साथै, यो एप प्रयोगकर्ताले हटाउन नसक्ने गरी इन्स्टल भएको हुनु पर्नेछ । भारत विश्वकै सर्वाधिक तीव्र गतिमा वृद्धि भइरहेको ...
— गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले आफ्ना लागि बनाउँदै आएको एक विशेष सेमिकन्डक्टर चिप अब अर्को ठूलो प्रविधि कम्पनी मेटाले खरिद गर्ने विषयमा छलफल अघि बढाएको छ । मेटाले अर्बौं डलरमा गुगलको चिप किन्न लागेको खबरले प्रविधि बजार तरंगित बनेको छ । यस घटनाले सेमिकन्डक्टर क्षेत्रमा वर्चस्व कायम गर्दै आएको एनभिडियासँग गुगलको प्रतिस्पर्धा बढ्ने संकेत देखिएको रोयटर्सलगायत ...
— भारतले बनाएको नयाँ सामाजिक सञ्जाल प्लाटफर्म ‘जेक्टर’ अब नेपालमा पनि भित्र्याउने तयारी गरिएको छ । सफ्टा टेक्नोलोजिजले विकास गरेको यो प्लाटफर्म विशेषगरी दक्षिण एसियाका जेन-जी र जेन अल्फा पुस्तालाई लक्ष्य गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । जेक्टरलाई हालै भारतमा मिडियामाझ प्रस्तुत गरिएको थियो । आत्मनिर्भर डिजिटल भारतको लक्ष्यअनुरुप एप बनाएको सफ्टाले जनाउँदै आएको ...
— फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्स र म्यासेन्जर गरी विश्वका झन्डै आधा दर्जन लोकप्रिय सामाजिक सञ्जाल प्लाटफर्महरू मेटा कम्पनीको स्वामित्वमा छन् । अर्बौं मानिसको दैनिक जीवनको हिस्सा बनेका फेसबुक, इन्स्टा र ह्वाट्सएप भने डिजिटल ठगीका लागि पनि उत्तिकै प्रयोग हुने गरेको पाइएको छ । थप चिन्ताको विषयचाहिँ यसबारे कम्पनी जानकार रहेको र ठगी विज्ञापनबाट उल्लेख्य आम्दानी हुँदा ठगीले प्रश्रय ...
— मोबाइलमा विभिन्न एपहरू सिफारिस गर्न बनाइएको ‘एपक्लाउड’ नामक एपलाई सामसङले आफ्ना डिभाइसको अपरेटिङ सिस्टममै आबद्ध गरेको र यसले प्रयोगकर्ताका डेटा संकलन गरेर इजरायली सरकारलाई दिने गरेको आरोप लगाइएको छ । सामसङका फोनहरूमा यो पहिलेदेखि रहे पनि नयाँ ग्यालेक्सी डिभाइसमा यसलाई ‘डिसेबल’ गर्न वा आमप्रयोगकर्ताले सजिलै हटाउन नमिल्ने गरी राखिएको बताइन्छ । आफूलाई गैर-नाफामूलक बताउने लेबनानको ...