मुख्य समाचार
रूस र युक्रेनका प्रतिनिधिमण्डलको बैठक टर्कीको इस्तानबुल शहरमा
रूस र युक्रेनका प्रतिनिधिमण्डलको बैठक टर्कीको इस्तानबुल शहरमा

: रूस र युक्रेनका प्रतिनिधिमण्डलको बैठक बुधबार टर्कीको इस्तानबुल शहरमा भएको छ। बैठकमा दुई देशबीच युद्धबन्दीको आदानप्रदानमा सम्झौता भएको हो।


युक्रेनी प्रतिनिधिमण्डलले युद्धविरामका लागि तत्परता व्यक्त गरेका थिए। रूसको सर्तले यसमा सम्झौता हुन नसकेपछि वार्ता एक घण्टाभन्दा कम समयमा सकिएको हो।



हालैका महिनामा दुई देशका प्रतिनिधिले तेस्रो पटक भेटेका हुन्। तर बुधबारको भेटघाट सात हप्तापछि भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बरमा रुसमाथि थप कडा प्रतिबन्ध लगाउने धम्की दिएपछि यो भेटघाट भएको हो।



रुस र युक्रेन केही दिनमै अर्को चरणको वार्ता गर्ने तयारीमा छन्। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता गर्न इच्छा व्यक्त गरेका छन्।

रुस र युक्रेनबीच इस्तानबुलमा भएको पछिल्ला दुई चरणको वार्तामा युद्धबन्दीको आदानप्रदानमा सहमति भएको थियो। त्यसमा काम पनि सुरु भएको थियो। दुवै चरणको वार्तामा युक्रेनले युद्धविरामका लागि रुसले राखेका सर्त स्वीकार गरेन।

युक्रेनबाट रुसले के चाहन्छ ?
युक्रेनले अमेरिकाको नेतृत्वमा रहेको सैन्य संगठन नेटोमा सामेल हुने आफ्नो इच्छा त्यागोस् भन्ने रुस चाहन्छ। यस्तै क्रिमियासहित कब्जा गरिएका युक्रेनी भागमा रुसको अधिकारलाई मान्यता देओस् भन्ने पनि रुस चाहन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...