मुख्य समाचार
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली चितवन राइनोजले आफ्नो लोगो परिवर्तन
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली चितवन राइनोजले आफ्नो लोगो परिवर्तन

: नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली चितवन राइनोजले आफ्नो लोगो परिवर्तन गरेको छ। चितवनले एनपीएलको दोस्रो संस्करणका लागि आफ्नो लोगो परिवर्तन गरेको हो।


चितवनले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै चितवन सहरको पहिचानभन्दा ‘राइनोज’ अर्थात् गैंडाको प्रतीकलाई मुख्य प्राथमिकतामा राखेर नयाँ लोगो सार्वजनिक गरेको जनाएको छ। ‘गत सिजनको लोगोमा सहरको पहिचानलाई केन्द्रमा राख्दै ‘चितवन’ शब्दलाई अगाडि राखिएको थियो। यसपटक सार्वजनिक गरिएको लोगोमा ‘राइनोज’ अर्थात् गैंडालाई मुख्य प्रतीकका रूपमा प्रस्तुत गरिएको छ’, विज्ञप्तिमा भनिएको छ’, एक यस्तो प्रतीक जसले हाम्रो टिमको मर्म र फ्यानहरूको भावना दुवैलाई जोड्छ।’



चितवनले यो परिवर्तनलाई केवल डिजाइनमा मात्र नभई समर्पण र गर्वको झल्कोका रूपमा पनि व्याख्या गरेको छ। ‘अहिलेको लोगोमा गैंडा, चितवन, नेपाली क्रिकेट र एनपीएललाई माया गर्ने लाखौं समर्थकहरूको प्रतिनिधि बनेर अगाडि आएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘भाव उही हो। पहिचान अझ मजबुद बनेको छ। गैंडा चितवनको मात्रै होइन, सिंगो देशको गर्व हो। यही प्रतीकलाई लिएर हामी सिजन २ मा अझ बलियो तरिकाले उत्रन तयार भएका छौं।’



गत सिजनमा मस्कट ‘मिस्टर गैंडा’ ले कमाएको अभूतपूर्व लोकप्रियताले फ्यानहरूको चाहनालाई स्पष्ट पारेको जनाएको छ। ‘यही माया र समर्थनलाई कदर गर्दै नयाँ लोगोमार्फत फ्यानहरूको भावनासँग अझ नजिकिने प्रयास गरिरहेका छौं’, विज्ञप्तिमा उल्लेख छ।

चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले नयाँ लोगोले फ्यानहरूको रोजाइ र टिमको मर्मलाई स्पष्ट रूपमा देखाउने प्रयास भएको बताए। ‘नयाँ लोगो फ्यानहरूको रोजाइ र राइनोजको मर्मलाई अझ स्पष्ट ढंगले देखाउने प्रयत्न हो।

मिस्टर गैंडाको लोकप्रियता हाम्रो लागि संकेत थियो’, अध्यक्ष न्यौपानेले भने, ‘अब फ्यानहरू र गैंडाको पहिचान सँगसँगै लोगोको अगाडि रहनेछन्। भावना उही हो, तर यसको प्रस्तुति अझ स्पष्ट भएको छ।’

चितवनले दोस्रो संस्करणका लागि ६ खेलाडीलाई रिटेन गरेको छ। चितवनले मार्की खेलाडी कुशल मल्ल, रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह रौटेला र गौतम केसीलाई रिटेन गरेको छ। रिजन र कमलसिंह ग्रेड ‘ए’, दीपक र अमर ग्रेड ‘बी’ तथा गौतम ग्रेड ‘सी’का खेलाडी हुन्।

यसैगरी पहिलो संस्करण खेलेका ६ खेलाडीलाई भने रिलिज गरेको छ। चितवनले शरद भेषवाकर, दीपेश श्रेष्ठ, विपिन रावल, सन्तोष कार्की, रञ्जित कुमार र सलाउद्दिन खानलाई रिलिज गरेको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम