: थाइल्याण्ड–कम्बोडिया सीमामा जारी सैन्य झडपमा हालसम्म कम्तीमा १२ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
थाइल्याण्डका स्वास्थ्यमन्त्रीले झडपमा एक सैनिक र ११ जना सर्वसाधारणको मृत्यु भएको बताएका छन्।
उनले आक्रमणबाट प्रभावित ३५ जनामध्ये आफू पनि रहेको बताए।
थाई अधिकारीहरूको रिपोर्ट अनुसार सुरिन प्रान्तमा दुई नागरिकको मृत्यु भएको छ। यसमा एक आठ वर्षीय बालक पनि छन्।
उबोन रत्चाथानी प्रान्तमा एक जना नागरिकको मृत्यु भएको छ भने सिसाकेट प्रान्तमा आठ जना नागरिकको मृत्यु भएको छ।