मुख्य समाचार
कोलम्बिया विश्वविद्यालयले अमेरिकी प्रशासनलाई २ सय मिलियन अमेरिकी डलर भुक्तान गर्ने सहमति
कोलम्बिया विश्वविद्यालयले अमेरिकी प्रशासनलाई २ सय मिलियन अमेरिकी डलर भुक्तान गर्ने सहमति

— कोलम्बिया विश्वविद्यालयले अमेरिकी प्रशासनलाई २ सय मिलियन अमेरिकी डलर करिब २७ अर्ब ५५ करोड नेपाली रुपैयाँ भुक्तान गर्ने सहमति गरेको छ ।


विश्वविद्यालयले त्यहाँ अध्ययनरत यहुदी विद्यार्थीको सुरक्षा गर्न विफल रहेको आरोपमा उक्त रकम भुक्तान गर्न लागेको हो ।

यो सम्झौता राशी संघीय सरकारलाई तीन वर्षको अविधमा दिइनेछ । विश्वविद्यालयले एक वक्तव्य जारी गर्दै यो घोषणा गरेको छ भने राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत् पुष्टिसमेत गरेका छन् ।

जसको बदलामा गत मार्चमा ट्रम्प प्रशासनले रोकेको ४ सय मिलियन अमेरिकी डलरको अनुदान राशीमध्ये केही फिर्ता दिनेबारे सहमति भएको हो । ट्रम्प प्रशासनले निशाना साँधेको पहिलो विश्वविद्यालय कोलम्बिया हो ।

गत वर्ष न्यूयोर्क क्याम्पसमा भएको विरोध प्रदर्शनमा यहुदी विरोधी घटना रोक्न असफल भएको विश्वविद्यालयमाथि आरोप छ । यद्यपि विश्वविद्यालयले पहिले नै अनुदानका विषयमा व्हाइट हाउसका केही शर्ताहरुमा सहमति जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...