मुख्य समाचार
ट्रम्पले अमेरिका र जापानबिच एक प्रमुख व्यापार सम्झौतामा सहमत भएको घोषणा
ट्रम्पले अमेरिका र जापानबिच एक प्रमुख व्यापार सम्झौतामा सहमत भएको घोषणा

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र जापानबिच एक प्रमुख व्यापार सम्झौतामा सहमत भएको घोषणा गरेका छन्। ट्रम्पले सम्झौताअन्तर्गत जापानले अमेरिकामा ५५० अर्ब डलर लगानी गर्नेछ र १५ प्रतिशत पारस्परिक भन्सार शुल्क तिर्ने जानकारी गराएका छन्।


ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा भनेका छन्,'हामीले जापानसँग एक विशाल सम्झौता सम्पन्न गरेका छौं। सम्भवत: अहिलेसम्मकै सबैभन्दा ठूलो सम्झौता हो।'



उनले जापानले आफ्नो अर्थतन्त्रलाई अमेरिकी सामानका लागि खुला गर्ने बताएका छन्। यसमा कार, ट्रक, चामल र केही कृषि उत्पादनहरू समावेश छन्।



यसको पुष्टि गर्दै जापानी प्रधानमन्त्री शिगेरु इशिबाले अब जापानी कार कम्पनीहरूले अमेरिकामा निर्यातमा १५ प्रतिशत भन्सार तिर्नुपर्ने बताएका छन्। जुन पहिले २५ प्रतिशत थियो।

ट्रम्पले अमेरिका-जापान व्यापार सम्झौताको घोषणा गरेपछि जापानको निक्केई २२५ सूचकांक प्रारम्भिक व्यापारमा २.५ प्रतिशतभन्दा बढीले बढेको छ। टोयोटा, निसान र होन्डा जस्ता प्रमुख कार कम्पनीहरूको शेयरमा पनि वृद्धि देखिएको छ।

हालै ट्रम्पले अगस्ट १ अघि जापानसँग सम्झौता नभएमा २५ प्रतिशत भन्सार कर लगाउने चेतावनी दिएका थिए। जापान अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार मध्ये एक हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानमा रेलको ठक्करबाटा रेल स्टेसनका चार जना कर्मचारीको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार टोकियोको उत्तरमा रहेको कानुमा शहरको शिन–कानुमा स्टेशनमा रेलको लिक वरपरका झारपात हटाइरहेको समयमा कर्मचारीलाई एक्सप्रेस रेलले ठक्कर दिएको जनाइएको छ । रेलले ठक्कर दिएका चारै जनाको मृत्यु पुष्टि भएको अग्नि नियन्त्रक विभागका अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ ...
। जापानले विदेशी श्रमिक लैजान सुरु गर्न लागेको नयाँ ‘इम्प्लोयमेन्ट फर स्किल डेभलपमेन्ट’ (ईएसडी) कार्यक्रमका लागि नेपालसँग गर्नुपर्ने सम्झौता हुन सकेको छैन । जापानले पठाएको सम्झौताको मस्यौदामा रहेको सेवा शुल्कसम्बन्धी प्रावधानमा नेपालले सहमति जनाउन नसक्दा सम्झौता प्रक्रिया लम्बिएको हो । जापानले नयाँ कार्यक्रम कार्यान्वयनअघि नै नेपाललाई सम्झौता गर्न मस्यौदा पठाएको थियो । नेपाललाई तीन महिनाको समय ...
वासिङ्टन (रासस/एएफपी) । अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले जापानी येनको स्थिरता केवल जापान वा अमेरिकाका लागि मात्र नभई समग्र एसियाली अर्थतन्त्रका लागि पनि महत्त्वपूर्ण रहेको बताएका छन्। उनले कमजोर येनका कारण क्षेत्रीय मुद्राबजारमा अस्थिरता फैलिन सक्ने चेतावनी दिएका छन् । उनले यही कारणले संयुक्त राज्य अमेरिका र जापानले येनलाई समर्थन गर्न संयुक्त रूपमा हस्तक्षेप गरेको स्पष्ट पारेका ...
। जापानले सैन्य क्षमता विस्तारलाई तीव्र बनाएको भन्दै उत्तर कोरियाले त्यसलाई आफ्नो सुरक्षामाथिको गम्भीर चुनौतीका रूपमा व्याख्या गर्दै आवश्यक परे थप सैन्य विकल्प अपनाउने चेतावनी दिएको छ । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले बुधबार सार्वजनिक वक्तव्यमा जापान दोस्रो विश्वयुद्धपछिको शान्तिवादी नीतिबाट टाढिँदै ‘युद्ध राज्य’ मा रूपान्तरण भइरहेको आरोप लगाउँदै प्योङयाङ त्यसको ...
। जापानको दक्षिणी कुमामोटो प्रदेशमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा सपिङ मलमा भएको विस्फोट र विभिन्न संरचना भत्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । अन्य दर्जनौं घाइते भएका छन् । कुमामोटो प्रान्तीय सरकारले बुधबार बिहान दिएको जानकारीअनुसार भूकम्पपछि एइअन मलमा भएको विस्फोटपछि रातभर सञ्चालन गरिएको उद्धार अभियानमा आठ जनालाई जीवित उद्धार गरिएको छ । ...