मुख्य समाचार
मन्त्रिपरिषद्का १० निर्णय
मन्त्रिपरिषद्का १० निर्णय

— सरकारले विश्व बैंकबाट विकास प्रभावकारिताको लागि सार्वजनिक वित्त परियोजनाअन्तर्गत प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायताका लागि वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।


आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त अनुदान सहायताका लागि विश्व वैंकसँग वार्ता गर्न टोली गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए।

उनकाअनुसार नायव महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेको स्वेच्छिक अवकाश पनि स्वीकृत स्वीकृत भएको छ ।

बैठकले चीन सरकारबाट बी.पी. कोईराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन गर्न विनिमय पत्रमा हस्ताक्षर गर्न स्वीकृति समेत प्रदान गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु :-

१. २०८२ साउन १३ देखि १५ गतेसम्म भूटानको राजधानी थिम्पुमा आयोजना हुने प्रोमोटिङ्ग एग्रोकोलोजिकल अपर्चेज फर सस्टेनेबल ट्रान्सफरमेसन अफ एग्रि फुड सिस्टम इन साउथ एशिया कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका माननीय सदस्य श्री गंगादत्त अवस्थीलाई स्वीकृति प्रदान गर्ने ।

२. चीन सरकारबाट बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन गर्नेसम्बन्धी लेटर फर एक्सचेन्जमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने ।


३. विश्व बैंकबाट विकास प्रभावकारिताको लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा विश्व बैकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने ।

४. २०८२ साउन ८ देखि १० गतेसम्म चीनको सान्दोङ प्रान्तमा आयोजना हुने २०२५ इन्टरनेशनल कन्फ्रेन्स अन रेडुसिङ फुड लस एण्ड वेस्टमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्मालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

५. कृषि तथा पशुपंक्षी २०८२ साउन १२ र १३ गते इथियोपियामा आयोजना हुने सेकेण्ड युनाइटेड नेशनल फुड सिस्टम समिट स्टकटेकमा कृषि तथा पशुपंक्षी विकासमन्त्री माननीय रामनाथ अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

६.२०८२ साउन ६ गते नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत गृह सचिवस्तरीय बैठकमा नेपालको तर्फबाट गृह सचिव श्री गोकर्णमणि दुवाडी नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति प्रदान गर्ने ।

७. भारतीय सेनाले आयोजना गर्ने १३ औं एडिशन अफ डुरान्ड कप फुटबल टुर्नामेण्ट २०२५ को ओपनिङ सेरोमनी र नेपाली सेनाको फुटकल टिमको ओपनिङ म्याचमा २०८२ साउन ७ र ८ गते सहभागी हुन नेपाली सेनाका उपरथी श्री ध्रुवप्रकाश शाहलाई स्वीकृति दिने ।

८. नेपाली सेनाका एक जना सहायक रथीलाई अवकाशपूर्व उपरथी दर्जामा मानार्थ बढुवा गर्ने ।

९. २०८२ साउन ७ देखि १५ गतेसम्म जिम्बावेमा आयोजना हुने १५ औं मिटिङ टु द कन्फ्रेन्स अफ द कन्ट्रयाक्टिङ पेरिटाइज टु द कन्भेन्सन अन वेटल्याण्ड कार्यक्रममा सहभागी हुन वन तथ वातावरण राज्यमन्त्री माननीय रूपा वि.क. लाई स्वीकृति प्रदान गर्ने ।

१०. नायवमहान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले २०८२ साउन २ गतेदेखि लागू हुने गरी पेश गर्नुभए स्वैच्छिक अवकाश स्वीकृत गर्ने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रौतहटमा धान खेतमा सिँचाइका लागि विधुतीय पानी तान्ने मोटर चलाउने क्रममा दुईजनाको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको माधवनारायण नगरपालिका -४ बिशुनपूर्व मानपुरका- ४० वर्षीय रामबाबु मुखिया र कटहरिया नगरपालिका–२ जमुनियाका ४२ वर्षीय मोक्तार देवानको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ। आफ्नै धान खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर ...
— मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । खानेपानी तथा सरसफाइमन्त्री प्रदीप यादवका अनुसार मधेश प्रदेशका ८ वटै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय मन्त्रिपरिषद्‍बाट भएको हो । 'मधेश प्रदेशका ...
— सुर्खेतमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बुधबार बिहान वीरेन्द्रनगर नगरपालिका–११ स्थित धुलियाबिटनजिक गाडीको ठक्करबाट एक पुरूषको मृत्यु भएको छ भने अर्की एक महिला घाइते भएकी छन् । दुर्घटनामा वीरेन्द्रनगर नगरपालिका-११ धुलियाबिटका ३४ वर्षीय प्रेम बुढाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । उपचारका क्रममा बिहान ११ बजेतिर उनको ...
— सुर्खेतमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बुधबार बिहान वीरेन्द्रनगर नगरपालिका–११ स्थित धुलियाबिटनजिक गाडीको ठक्करबाट एक पुरूषको मृत्यु भएको छ भने अर्की एक महिला घाइते भएकी छन् । दुर्घटनामा वीरेन्द्रनगर नगरपालिका-११ धुलियाबिटका ३४ वर्षीय प्रेम बुढाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । उपचारका क्रममा बिहान ११ बजेतिर उनको ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले आजको भोलि कुनै पनि विकासका निर्माण सम्पन्न नहुने बताएका छन्। प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले सोधेको प्रश्नको जवाफ दिँदै उनले विकास निर्माणको काम स्वास्थानीको कथाजस्तो नभएको बताए। सांसद चौधरीले पर्वतको कुश्मामा रेलवे स्टेशन कहिले बन्ने, त्यहाँका जनताहरू स्टेशन बन्ने आशामा रहेको भनेर प्रश्न गरेपछि प्रधानमन्त्री ओलीले उक्त जवाफ दिएका ...