मुख्य समाचार
खेतमा सिँचाइका लागि विधुतीय पानी तान्ने मोटर चलाउने क्रममा दुईजनाको करेन्ट लागेर मृत्यु
खेतमा सिँचाइका लागि विधुतीय पानी तान्ने मोटर चलाउने क्रममा दुईजनाको करेन्ट लागेर मृत्यु

: रौतहटमा धान खेतमा सिँचाइका लागि विधुतीय पानी तान्ने मोटर चलाउने क्रममा दुईजनाको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको माधवनारायण नगरपालिका -४ बिशुनपूर्व मानपुरका- ४० वर्षीय रामबाबु मुखिया र कटहरिया नगरपालिका–२ जमुनियाका ४२ वर्षीय मोक्तार देवानको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ।

आफ्नै धान खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका मुखिया र देवानको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो। दुवैजनाको उपचारका ्मरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिए ।

खेतमा धान रोप्ने समयमा पानी नपरेपछि रौतहटका किसान विधुतीय मोटरको प्रयोग गररी सिचाईं गर्न बाध्य छ्न्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सरकारले विश्व बैंकबाट विकास प्रभावकारिताको लागि सार्वजनिक वित्त परियोजनाअन्तर्गत प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायताका लागि वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त अनुदान सहायताका लागि विश्व वैंकसँग वार्ता गर्न टोली गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी ...
— मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । खानेपानी तथा सरसफाइमन्त्री प्रदीप यादवका अनुसार मधेश प्रदेशका ८ वटै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय मन्त्रिपरिषद्‍बाट भएको हो । 'मधेश प्रदेशका ...
— सुर्खेतमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बुधबार बिहान वीरेन्द्रनगर नगरपालिका–११ स्थित धुलियाबिटनजिक गाडीको ठक्करबाट एक पुरूषको मृत्यु भएको छ भने अर्की एक महिला घाइते भएकी छन् । दुर्घटनामा वीरेन्द्रनगर नगरपालिका-११ धुलियाबिटका ३४ वर्षीय प्रेम बुढाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । उपचारका क्रममा बिहान ११ बजेतिर उनको ...

: प्रधानमन्त्री केपी शर्मा ओलीले आजको भोलि कुनै पनि विकासका निर्माण सम्पन्न नहुने बताएका छन्। प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले सोधेको प्रश्नको जवाफ दिँदै उनले विकास निर्माणको काम स्वास्थानीको कथाजस्तो नभएको बताए। सांसद चौधरीले पर्वतको कुश्मामा रेलवे स्टेशन कहिले बन्ने, त्यहाँका जनताहरू स्टेशन बन्ने आशामा रहेको भनेर प्रश्न गरेपछि प्रधानमन्त्री ओलीले उक्त जवाफ दिएका ...