मुख्य समाचार
वामदेव गौतमले पार्टीले काम दिन नसके आफू पार्टीमा लामो समयसम्म बस्न नसक्ने घोषणा
वामदेव गौतमले पार्टीले काम दिन नसके आफू पार्टीमा लामो समयसम्म बस्न नसक्ने घोषणा

— नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता वामदेव गौतमले पार्टीले काम दिन नसके आफू पार्टीमा लामो समयसम्म बस्न नसक्ने घोषणा गरेका छन्।


बुधबार कीर्तिपुरमा आयोजित ४७औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई पार्टीमा कुनै पद नचाहिएको तर कार्यक्षेत्र दिएर काममा लगाउन आग्रह गरेका छन्।

उनले काम दिनको निम्ति कुन पद सिर्जना गर्नुपर्छ भन्ने सोचेर कामसहितको पद सिर्जना गरी जिम्मेवारी दिन आग्रह गरेका छन्। उनले कामबिनाको पद आफूलाई नचाहिने भन्दै काम नदिएदेखि लामो समयसम्म पार्टीमा बस्न नसक्ने बताए ।

उनले भने, ‘मलाई के पद दिने भन्ने विषय उठेको छ। मलाई चाहिँदैन पद। मैले त्यो पहिला पनि भनेको छु। मलाई काम दिनुस्। काम दिनको निम्ति तपाईंहरूले कुन पद सिर्जना गर्नुपर्छ? कामसहितको सिर्जना गरिदिनुस्। कामबिनाको पद चाहिँदैन। कुनै पनि हालतमा चाहिँदैन। म बस्दा पनि बस्दिन। यदि तपाईंले पद दिनुहुन्छ तर काम दिनुहुन्न भने म धेरै लामो समय तपाईंहरूसँग बस्न सक्दिन। मलाई काम गर्ने क्षेत्र चाहियो। एउटा जिल्ला कि, दुईवटा जिल्ला कि, आधा जिल्ला कि, एउटा पालिका कि । क्षेत्र भनेको, जहाँ जनवर्गीय संगठन, सामाजिक संगठन, विभाग, यी संरचनाहरू छन्। जो संरचनाभित्र रहेर त्यसको जिम्मेवार भएर काम गर्नुपर्ने हुन्छ।’

वरिष्ठ नेता गौतमले नेपालमा संविधानमा लेखिएको समाजवाद निर्माण गरेर संसारका सबैभन्दा विकसित समाजमा पुर्‍याउनुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सरकारले विश्व बैंकबाट विकास प्रभावकारिताको लागि सार्वजनिक वित्त परियोजनाअन्तर्गत प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायताका लागि वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त अनुदान सहायताका लागि विश्व वैंकसँग वार्ता गर्न टोली गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी ...
: रौतहटमा धान खेतमा सिँचाइका लागि विधुतीय पानी तान्ने मोटर चलाउने क्रममा दुईजनाको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको माधवनारायण नगरपालिका -४ बिशुनपूर्व मानपुरका- ४० वर्षीय रामबाबु मुखिया र कटहरिया नगरपालिका–२ जमुनियाका ४२ वर्षीय मोक्तार देवानको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ। आफ्नै धान खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर ...
— मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । खानेपानी तथा सरसफाइमन्त्री प्रदीप यादवका अनुसार मधेश प्रदेशका ८ वटै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय मन्त्रिपरिषद्‍बाट भएको हो । 'मधेश प्रदेशका ...
— सुर्खेतमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बुधबार बिहान वीरेन्द्रनगर नगरपालिका–११ स्थित धुलियाबिटनजिक गाडीको ठक्करबाट एक पुरूषको मृत्यु भएको छ भने अर्की एक महिला घाइते भएकी छन् । दुर्घटनामा वीरेन्द्रनगर नगरपालिका-११ धुलियाबिटका ३४ वर्षीय प्रेम बुढाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । उपचारका क्रममा बिहान ११ बजेतिर उनको ...
— सुर्खेतमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बुधबार बिहान वीरेन्द्रनगर नगरपालिका–११ स्थित धुलियाबिटनजिक गाडीको ठक्करबाट एक पुरूषको मृत्यु भएको छ भने अर्की एक महिला घाइते भएकी छन् । दुर्घटनामा वीरेन्द्रनगर नगरपालिका-११ धुलियाबिटका ३४ वर्षीय प्रेम बुढाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । उपचारका क्रममा बिहान ११ बजेतिर उनको ...