मुख्य समाचार
जंगली च्याउ खाँदा बालकको मृत्यु, ३ जनाको अवस्था गम्भीर
जंगली च्याउ खाँदा बालकको मृत्यु, ३ जनाको अवस्था गम्भीर

: रुकुम–पूर्वको भूमे गाउँपालिका–५ सेराबाङमा जंगली च्याउ खाँदा एकै परिवारका चारजना बिरामी परेका छन्। बिरामीमध्ये एक ३ वर्षीय बालकको मृत्यु भएको छ भने तीनजनाको अवस्था गम्भीर छ।



साउन २ गते अन्दाजी ३५ वर्षीय रामकुमारी सुनार र उनका छोराछोरीहरूले जंगलबाट टिपेर ल्याएको च्याउ खाएका थिए। त्यसपछि उनीहरूमा स्वास्थ्य समस्या देखिन थालेको थियो। तीन दिनपछि साउन ५ मा उनीहरूलाई उपचारका लागि रुकुम–पूर्व अस्पतालमा ल्याइएको थियो।



अस्पतालमा उपचार गर्दा पनि सुधार नदेखिएपछि, साउन ६ मा रामकुमारी सुनार, उनकी ६ वर्षीया छोरी भाग्य रेखा विक र ३ वर्षीय छोरा योजन विकलाई थप उपचारका लागि एम्बुलेन्समार्फत सल्यान अस्पताल लगिएको थियो।



तर, सल्यान अस्पतालमा उपचारको क्रममा योजन विकको मंगलबार दिउँसो ३ बजेतिर निधन भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमाशंकरप्रसाद यादवले बताए। रामकुमारी सुनार र भाग्य रेखा विकको अवस्था पनि गम्भीर भएकाले उनीहरूलाई थप उपचारका लागि दाङ रिफर गरिएको डीएसपी यादवको भनाइ छ।

उता, ९ वर्षीया आयुषा विकलाई भने परिवारले जिल्ला अस्पताल रुकुम (पूर्व)बाट जिल्ला अस्पताल रुकुम (पश्चिम) सल्ले लगेको र उनको अवस्था भने मध्यम रहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु
केपी शर्मा ओलीले बैठकमा पार्टीको ११ औँ महाधिवेशन आगामी मङ्सिर २७, २८ र २९ गते गर्ने प्रस्ताव
एमाले बैठकमा ५० जनाले राखे धारणा, दिए यस्ता सुझाव
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज, दिउँसो केन्द्रीय समितिको बैठक बस्दै
— कास्कीको मादी गाउँपालिका–११ बरालडाँडाका ७० वर्षीय चित्रबहादुर गुरुङ सुगर–प्रेसरका दीर्घरोगी हुन् । एक्कासि स्वास्थ्य बिग्रेपछि उनी ३ दिनदेखि पोखरा नयाँबजारस्थित गण्डकी मेडिकल कलेज (जीएमसी) को सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत थिए । उनलाई उपचारका लागि मंगलबार पोखराकै अर्को अस्पताल स्थानान्तरण गरिएको छ । जीएमसीका नर्स आन्दोलित भएपछि उनलाई अर्को अस्पताल लगिएको हो । अस्पतालबाट ...