मुख्य समाचार
बाढीका कारण केरुङमा रोकिएका नेपाली आज तातोपानी नाकाबाट नेपाल फर्कने
बाढीका कारण केरुङमा रोकिएका नेपाली आज तातोपानी नाकाबाट नेपाल फर्कने

: बाढीका कारण केरुङमा रोकिएका नेपाली आज तातोपानी नाकाबाट नेपाल फर्कने भएका छन्। गत असार २४ गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी नाकाको मितेरी पुल बगाएपछि उनीहरू केरुङमा अड्किएका थिए।



नाकामा पुल सञ्चालनमा नआएका कारण उनीहरूलाई सिन्धुपाल्चोकस्थित तातोपानी नाकाबाट नेपाल फर्काउन लागिएको हो।



चीनमा रहेका व्यवसायी पुरुषोत्तम पौडेलका अनुसार नेपाल फर्कनेमा सवारी चालक र व्यवसायी र त्यहाँ घुम्न पुगेका मान्छे रहेका छन्। उनका अनुसार बाढी गएपछि चीनले उद्धार गरेर केरुङ पुर्‍याएका नेपालीलाई चीनले तातोपानी नाकासम्म पुर्‍याउने छ।



साथै बाढीका कारण पाङसिङमा रहेका १३३ जना सवारी चालक, व्यवसायी र घुम्न पुगेका नेपालीलाई पनि चीनले तातोपानीसम्म पुर्‍याइदिने छ। बाढीका कारण अवरुद्ध भएको स्याफ्रु-रसुवागढी सडक खण्ड सञ्चालनमा आएको भए पनि मितेरी पुल सञ्चालन नआएका कारण अर्को नाकाबाट उनीहरूलाई नेपाल फर्काउन लागिएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सन् २०२१ मा बेलायती विश्वविद्यालय योर्क सेन्ट जोन युनिभर्सिटीबाट एमबीए उत्तिर्ण गरेपछि मेलिसा थापा (नाम परिवर्तन) ले दुई वर्ष पोष्ट स्टडी वर्क (पिएसडब्लु) भिजा लिएर फुलटाइम काम गरिन् । यो स्किम सकिएपछि उनी कि त नेपाल फर्कनु पर्दथ्यो कि बेलायतमै स्पोन्सर खोजेर वर्क परमिटमा रहनु । फर्किंदा नेपालमा खासै भविष्य नदेखेकी उनले सन् २०२४, ९ ...
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपालीमध्ये ९११ जना विभिन्न मुद्दामा जेलमा रहेका छन् । दुतावास रियादका अनुसार ११ अगस्ट २०२६ सम्मको विवरणअनुसार जेलमा रहेका नेपालीमध्ये ४९९ जनाको फैसला भइसकेको छ भने ४१२ जनाको मुद्दा अझै विचाराधीन रहेको छ । जेलमा रहेका नेपालीमध्ये सबैभन्दा धेरै पूर्वी क्षेत्रमा ३७७ जना, केन्द्रीय क्षेत्रमा ३३४ जना ...
: दक्षिण कोरियाको जेजुमा सहकर्मीलाई उद्धार गर्ने क्रममा फोहोर तथा मलमूत्र प्रशोधन गर्ने ट्यांकीभित्र प्रवेश गरेका नेपाली श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ घर भएका र हाल कोरियाको जेजुस्थित एक फार्ममा कार्यरत ३२ वर्षीय विकास शेर्पा रहेको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ । हिजो शनिबार बिहान करिब ७ः५६ बजे जेजु सहरको हान्ग्यङ–म्योन, जोसुरी क्षेत्रमा ...
: रोमानियामा रेलको ठक्करबाट दुई नेपाली युवाको मृत्यु भएको छ। रोमानियाको बाकाउ क्षेत्रमा भएको दुर्घटनामा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५, पाल्वा घर भएका ३६ वर्षीय शान्तकुमार श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–२०, बागबजारका २५ वर्षीय निश्चल तामाङको घटनास्थलमै मृत्यु भएको बाकाउ प्रहरीले जनाएको छ। रोमानियाको बुखारेस्टका लागि पूर्वअवैतनिक नेपाली वाणिज्यदूत नवराज पोखरेलका अनुसार, घटनाबारे नेपालमा रहेका मृतकका ...
— इरानको ड्रोन आक्रमणमा परी कुवेतमा ज्यान गुमाएका तेह्रथुमका सोमकुमार तामाङको शव शनिबार आउने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कुवेत एयरवेजमार्फत शव नेपाल ल्याउन लागिएको हो । कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी शव स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको परराष्ट्रले जनाएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार कुवेतको उत्तरी क्षेत्रस्थित ...