मुख्य समाचार
बाढीका कारण केरुङमा रोकिएका नेपाली आज तातोपानी नाकाबाट नेपाल फर्कने
बाढीका कारण केरुङमा रोकिएका नेपाली आज तातोपानी नाकाबाट नेपाल फर्कने

: बाढीका कारण केरुङमा रोकिएका नेपाली आज तातोपानी नाकाबाट नेपाल फर्कने भएका छन्। गत असार २४ गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी नाकाको मितेरी पुल बगाएपछि उनीहरू केरुङमा अड्किएका थिए।

नाकामा पुल सञ्चालनमा नआएका कारण उनीहरूलाई सिन्धुपाल्चोकस्थित तातोपानी नाकाबाट नेपाल फर्काउन लागिएको हो।

चीनमा रहेका व्यवसायी पुरुषोत्तम पौडेलका अनुसार नेपाल फर्कनेमा सवारी चालक र व्यवसायी र त्यहाँ घुम्न पुगेका मान्छे रहेका छन्। उनका अनुसार बाढी गएपछि चीनले उद्धार गरेर केरुङ पुर्‍याएका नेपालीलाई चीनले तातोपानी नाकासम्म पुर्‍याउने छ।

साथै बाढीका कारण पाङसिङमा रहेका १३३ जना सवारी चालक, व्यवसायी र घुम्न पुगेका नेपालीलाई पनि चीनले तातोपानीसम्म पुर्‍याइदिने छ। बाढीका कारण अवरुद्ध भएको स्याफ्रु-रसुवागढी सडक खण्ड सञ्चालनमा आएको भए पनि मितेरी पुल सञ्चालन नआएका कारण अर्को नाकाबाट उनीहरूलाई नेपाल फर्काउन लागिएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...

: साउदी अरबको दक्षिण-पूर्वी क्षेत्रस्थित 'साउदी अरामको' को तेल प्रशोधन केन्द्रलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा परेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ। संयुक्त अरब इमिरेट्स (युएई ) को सीमा नजिकै रहेको 'शायबाह' तेल क्षेत्रमा खसालिएको ड्रोनका अवशेषहरू खस्दा फिलिपिन्सका एक नागरिक र एक नेपालीको ज्यान गएको हो। घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिक ...
: गैरआवासीय नेपाली संघ (एनआरएनए )को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारमा आयोजना हुने भएको छ। मध्यपूर्वमा कार्यरत लाखौँ नेपाली श्रमिकका समस्या, चुनौती र अधिकारका विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको हो। सहयात्राको मूल भावनालाई आत्मसात् गर्दै आयोजना हुन लागेको सम्मेलनको मूल नारा ‘सुरक्षित ...
: मलेसिया रोजगारीमा सिन्डिकेट खडा गरी नेपाली श्रमिकमाथि आर्थिक शोषण गरेको आरोपमा सरकारले अनुसन्धान र कानुनी कारबाही तीव्र पारेको छ। मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा तोकिएको भन्दा बढी शुल्क असुलेर ठगी गरेको आरोपमा स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कासहित चार जना पक्राउ परेका छन्। साथै, मलेसियाले छनोट गरेका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम