मुख्य समाचार
कांग्रेसका दोस्रो तहका नेताहरूले गठबन्धन सरकारले संविधान संशोधन प्रक्रियालाई अगाडि नबढाएकोमा सरकारको ध्यानाकर्षण
कांग्रेसका दोस्रो तहका नेताहरूले गठबन्धन सरकारले संविधान संशोधन प्रक्रियालाई अगाडि नबढाएकोमा सरकारको ध्यानाकर्षण

: नेपाली कांग्रेसका दोस्रो तहका नेताहरूले गठबन्धन सरकारले संविधान संशोधन प्रक्रियालाई अगाडि नबढाएकोमा सरकारको ध्यानाकर्षण गराएका छन् ।



कांग्रेसका ७ नेता तथा पूर्वपदाधिकारीहरूले कांग्रेस एमाले मिलेर बनेको सरकारले मूल मुद्दालाई नजरअन्दाज गरेको भन्दै सोमबार दिउँसो नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा छलफल गरेका थिए । नेपाली कांग्रेस/नेकपा एमालेबीच सातबुँदे सहमतिपछि बनेको सरकारले संविधान संशोधनसहितका एजेन्डा अघि बढाउन नसकेको भन्दै सभापति र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटेर कुरा गर्ने निष्कर्ष सोमबारको बैठकले निकालेको छ ।



बैठकले सरकारप्रति जनताको गुनासो बढी हुन थालेको विषयमा पनि चासो दिएको छ । बैठकमा कांग्रेसकै मन्त्रीहरूलाई पनि जोडेर बाहिर विभिन्न आरोपहरू लाग्न थालेको र जसका कारण यसको असर चुनावसम्म पर्न सक्ने भनिएको छ ।



कांग्रेसका ७ नेता तथा पूर्वपदाधिकारीहरूले कांग्रेस एमाले मिलेर बनेको सरकारले मूल मुद्दालाई नजरअन्दाज गरेको भन्दै सोमबार दिउँसो नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा छलफल गरेका थिए।
सरकारले संविधान संशोधनसहितका एजेन्डा अघि बढाउन नसकेको भन्दै सभापति र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटेर कुरा गर्ने निष्कर्ष सोमबारको बैठकले निकालेको छ ।
बैठकमा कांग्रेसकै मन्त्रीहरूलाई पनि जोडेर बाहिर विभिन्न आरोपहरू लाग्न थालेको र जसका कारण यसको असर चुनावसम्म पर्न सक्ने भनिएको छ ।
छलफलपछि सञ्‍चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले गठबन्धन सरकारले संविधान संशोधन प्रक्रियालाई अगाडि नबढाएको गुनासो गरेका थिए । उनले भने, ‘कांग्रेस एमालेबीच गठबन्धन हुँदा संविधानको कार्यान्वयनको समीक्षा गर्ने र संशोधन गर्ने सहमति थियो । साथै सरकारले पनि आफ्नो नीति तथा कार्यक्रममा राखेको छ । तर अहिलेसम्म महत्वपूर्ण यो कार्य अगाडि बढिराखेको छैन । त्यसलाई पनि अब अगाडि बढाउनुपर्छ । सरकारले यसमा ध्यान दिओस् भन्ने हाम्रो कुरा हो ।’

नेताहरूले संविधान संशोधन र समीक्षा गर्ने विषयमा कांग्रेसबाट नेतृत्व गरेका उपप्रधानमन्त्रीसमेत रहेका सिंहसमक्ष ध्यानाकर्षण गराएका छन् । सिटौलाले अगाडि भने, ‘हामीले नेपाली कांग्रेसबाट सरकारमा नेतृत्व गर्नु भएका प्रकाशमानजीलगायत उपप्रधानमन्त्रीज्यूहरूलाई भनेका छौं । यो विषयमा हामीले हाम्रा पार्टी सभापति शेरबहादुर देउवालाई मंगलबारै भेट्न जान्छौं र ध्यानाकर्षण गराउँछौं । उहाँले प्रधानमन्त्री समक्ष कुरा राख्नु हुनेछ । गठबन्धनको भावनाबमोजिम सरकारले जनताको हितमा व्यापक काम गर्न सकोस् भन्ने हाम्रो मान्यता छ ।’

पूर्वउपसभापति गोपालमान श्रेष्ठले अहिलेका समसामयिक विषयमा महŒवपूर्ण छलफल भएको भन्दै ‘हाम्रो छलफलले एउटा निष्कर्ष दिएको छ । सरकार कुन ट्र्याकमा हिँड्नुपर्ने कुन ट्र्याकमा हिँडेको छ । कुन मुद्दा बोकेको छ भन्ने कुरा हाम्रो सभापतिजीलाई भन्ने छौं । जुन सातबुँदे सहमतिका महत्वपूर्ण विषयहरू छन् तिनका विषयमा ध्यानाकर्षण गराइनेछ ।’

२०७८ मा भएको कांग्रेसको १४औं महाधिवेशनअघि यी नेतामध्ये तीन सिंह, निधि र कोइराला आलोपालो घरमा बैठक गर्ने र विभिन्न विषयमा सल्लाह गर्थे । यसपालिदेखि गोपालमान, विजयकुमार, कृष्णप्रसाद र प्रकाशशरण पनि मिसिएर छलफल हुने गरेको छ । यो समूहले १५औं महाधिवेशनसम्म एकजुट भएर जाने र सातै प्रदेशमा माहोल सिर्जना गर्ने पनि तयारी गरेको छ । चाक्सीबारी बैठकमा प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजय गच्छदार, डा. शशांक कोइराला, गोपालमान श्रेष्ठ र डा. प्रकाशशरण महत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सरकारले विश्व बैंकबाट विकास प्रभावकारिताको लागि सार्वजनिक वित्त परियोजनाअन्तर्गत प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायताका लागि वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त अनुदान सहायताका लागि विश्व वैंकसँग वार्ता गर्न टोली गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी ...
: रौतहटमा धान खेतमा सिँचाइका लागि विधुतीय पानी तान्ने मोटर चलाउने क्रममा दुईजनाको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको माधवनारायण नगरपालिका -४ बिशुनपूर्व मानपुरका- ४० वर्षीय रामबाबु मुखिया र कटहरिया नगरपालिका–२ जमुनियाका ४२ वर्षीय मोक्तार देवानको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ। आफ्नै धान खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर ...
— मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । खानेपानी तथा सरसफाइमन्त्री प्रदीप यादवका अनुसार मधेश प्रदेशका ८ वटै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय मन्त्रिपरिषद्‍बाट भएको हो । 'मधेश प्रदेशका ...
— सुर्खेतमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बुधबार बिहान वीरेन्द्रनगर नगरपालिका–११ स्थित धुलियाबिटनजिक गाडीको ठक्करबाट एक पुरूषको मृत्यु भएको छ भने अर्की एक महिला घाइते भएकी छन् । दुर्घटनामा वीरेन्द्रनगर नगरपालिका-११ धुलियाबिटका ३४ वर्षीय प्रेम बुढाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । उपचारका क्रममा बिहान ११ बजेतिर उनको ...
— सुर्खेतमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बुधबार बिहान वीरेन्द्रनगर नगरपालिका–११ स्थित धुलियाबिटनजिक गाडीको ठक्करबाट एक पुरूषको मृत्यु भएको छ भने अर्की एक महिला घाइते भएकी छन् । दुर्घटनामा वीरेन्द्रनगर नगरपालिका-११ धुलियाबिटका ३४ वर्षीय प्रेम बुढाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । उपचारका क्रममा बिहान ११ बजेतिर उनको ...