मुख्य समाचार
राति भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता
राति भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

: गए राति भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन्।

जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको रा१क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले बताए। उनका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेका थिए। उनीहरूको अवस्था अज्ञात रहेको छ ।

बेपत्ताको खोजीमा रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको प्रहरी नायब निरीक्षक चौधरीले बताए। भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको उनले बताए। बेपत्ता भएकाहरुको नाम ठेगाना केही खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सरकारले विश्व बैंकबाट विकास प्रभावकारिताको लागि सार्वजनिक वित्त परियोजनाअन्तर्गत प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायताका लागि वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त अनुदान सहायताका लागि विश्व वैंकसँग वार्ता गर्न टोली गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी ...
: रौतहटमा धान खेतमा सिँचाइका लागि विधुतीय पानी तान्ने मोटर चलाउने क्रममा दुईजनाको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको माधवनारायण नगरपालिका -४ बिशुनपूर्व मानपुरका- ४० वर्षीय रामबाबु मुखिया र कटहरिया नगरपालिका–२ जमुनियाका ४२ वर्षीय मोक्तार देवानको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ। आफ्नै धान खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर ...
— मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । खानेपानी तथा सरसफाइमन्त्री प्रदीप यादवका अनुसार मधेश प्रदेशका ८ वटै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय मन्त्रिपरिषद्‍बाट भएको हो । 'मधेश प्रदेशका ...
— सुर्खेतमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बुधबार बिहान वीरेन्द्रनगर नगरपालिका–११ स्थित धुलियाबिटनजिक गाडीको ठक्करबाट एक पुरूषको मृत्यु भएको छ भने अर्की एक महिला घाइते भएकी छन् । दुर्घटनामा वीरेन्द्रनगर नगरपालिका-११ धुलियाबिटका ३४ वर्षीय प्रेम बुढाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । उपचारका क्रममा बिहान ११ बजेतिर उनको ...