मुख्य समाचार
कांग्रेसका शीर्ष तहका नेताहरूले ‘कुलिङ अफ पिरियड’ को प्रावधानमाथि सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेको व्यवहारप्रति गम्भीर रहेको बताए
कांग्रेसका शीर्ष तहका नेताहरूले ‘कुलिङ अफ पिरियड’ को प्रावधानमाथि सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेको व्यवहारप्रति गम्भीर रहेको बताए

। नेपाली कांग्रेसका शीर्ष तहका नेताहरूले ‘कुलिङ अफ पिरियड’ को प्रावधानमाथि सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेको व्यवहारप्रति गम्भीर रहेको बताएका छन् । महामन्त्री विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइराला र प्रवक्ता डा. प्रकाशशरण महतले एमालेको व्यवहारप्रति सशंकित भएको अभिव्यक्ति दिएका छन् ।

मंगलबार नेताहरूले ‘कुलिङ अफ पिरियड’ बारे बोल्ने क्रममा राष्ट्रिय सभामा एमालेका सांसदले राखेको संशोधन फिर्ता नलिए सत्ता गठबन्धनमा नै संकट आउनसक्ने चेतावनी दिएका छन् । महामन्त्री विश्वप्रकाश शर्माले ‘कुलिङ अफ पिरियड’ माथिको संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउने चेतावनी दिए । एमालेका पाँच सांसदले कुलिङ अफ पिरियडमा संशोधन प्रस्ताव राखेका छन् ।




एमालेका सांसदहरूले संशोधन प्रस्ताव राखेपछि साझेदार दल कांग्रेस संशकित भएको हो । ४३ औं बीपी स्मृति दिवसमा महामन्त्री शर्माले प्रतिनिधि सभाबाट भएको कुलिङ पिरियडसम्बन्धी गल्तीलाई राष्ट्रिय सभाबाट सच्याउनु पर्ने बताए ।

प्रतिनिधि सभाबाट पारित भएको प्रावधानमा समेत कुलिङ पिरियडको प्रावधानमा चलखेल गरिएको भएको थियो । राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको भन्दा फरक प्रावधानसहित प्रतिनिधि सभाबाट पारित भएपछि छानबिनका लागि समिति समेत गठन भएको छ ।


समितिमा सर्वसम्मत रुपमा गरिएको निर्णयविरुद्ध एमालेले कुलिङ पिरियड हटाउन गरिरहेको प्रयासले दुर्घटना निम्तिनेप्रति एमालेलाई शर्माले सचेत बनाए । एउटै दलभित्र त एकमत हुन नसक्ने अवस्थामा गठबन्धन दलहरूका बेग्लाबेग्लै मतहरूबाट साझा मत खोज्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

‘राज्य व्यवस्था समितिबाट पारित भएको कुलिङ पिरियडको जुन विषय थियो । छानबिन समिति बनेको छ । जसको दोषको पाटो छ, उसलाई कारबाही गर्नुपर्छ । राष्ट्रिय सभामार्फत यसलाई सच्याइनुपर्छ,’ उनले भने, ‘तर राष्ट्रिय सभामा फरक रुपमा संशोधन प्रस्ताव आए दुईवटा दलको समझदारी हो, त्यो समझदारीमा एक ढंगको दरार उत्पन्न गर्छ ।’

अत्यन्तै प्रतिकूलता र जटिलताको बीचबाट गठबन्धनको सरकार बनेको उल्लेख गर्दै शर्माले कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा र सहकार्य रहेको बताए ।

मंगलबार नै बीपी स्मृति दिवसमा आयोजित एक कार्यक्रम नेता डा. कोइरालाले समेत कुलिङ अफ पिरियडमा एमालेको व्यवहारप्रति असन्तुष्टि जनाएका छन् । कोइरालाले सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवाद गरेर कुलिङ अफ पिरियडको प्रावधान राख्नका लागि अडान लिनुपर्ने बताए ।

राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको विधेयकलाई सदनमा पारित गर्ने क्रममा सांसदहरूले पनि अध्ययन नगरेर गल्ती गरेको कोइरालाले स्वीकारे । कोइरालाले यसमा आफ्नो समेत गल्ती भएको स्वीकार्दै समिति सभापति रामहरि खतिवडाले समेतले गल्ती गरेको बताए । खतिवडालाई कोइरालाले भने, ‘हस्ताक्षर गरेर मात्रै हुन्छ । पढ्नु पर्दैन ?’ विधेयकका प्रावधान सच्याउने नाममा राष्ट्रिय सभामा एमाले सांसदहरूले कुलिङ पिरियड हटाउन संशोधन प्रस्ताव हाले कांग्रेसको मूल्य मान्यतामाथि नै आक्रमण गर्ने कार्य भएको कोइरालाले बताए ।

पार्टी प्रवक्ता डा. महतले कुलिङ पिरियडबारे संसदीय समितिबाट सर्वसम्मत भएको विषयमा कांग्रेस अब कम्परमाइज गर्न नसक्ने बताएका छन् । संसदीय समितिबाट पठाएको व्यवस्थाभन्दा संसदबाट पारित भएको व्यवस्था अर्कै परेपछि संसदीय छानबिन समिति गठन भएको महतले बताए ।

एमालेका सांसदहरूले कुलिङ पिरियड हटाउनुपर्ने भन्दै संशोधन प्रस्तावप्रति राखेकोप्रति महतले आपत्ति जनाए । कांग्रेसको पूर्ववत अडान रहेको बताउँदै महतले कम्परमाइज नगर्ने बताए । महतले भने, ‘यो समितिबाट सर्वसम्मत रुपमा अघि बढेको हो । यसमा कांग्रेसले कम्परमाइज गर्न सक्दैन । कुलिङ पिरियड लागु हुनैपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बैंकिङ कसुरमा सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङका ४९ वर्षीय वृहस्पति राई छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । बैंकिङ कसुरमा उनलाई २८ असार २०७९ मा उच्च अदालत पाटनले दोषी ठहर गरेको थियो । २० लाख जरिवाना, ४ दिन कैद र क्षतिपूर्ति वापत ८० हजार रुपैयाँ ...
। काठमाडौंको कागेश्वर मनोहरा नगरपालिका–५ थलीमा एक पुरुषको शव भेटिएको छ । थलीको खाली चौरमा एक पुरुषको शव फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । मृत भेटिएका पुरुष अन्दाजी ४० वर्ष जतिका छन् । उनको अहिलेसम्म सनाखत हुन सकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ ।
राष्ट्रियसभामा उठ्यो भूमिमन्त्रीको प्रसंग, बर्खास्त गर्नुपर्ने माग
। राष्ट्रियसभा सदस्य भुवनबहादुर सुनारले समसामयिक विषयमा कटाक्ष गर्दै संसद्‌मा कविता सुनाएका छन् । सामान्यत: संसद्‌मा सांसदहरुले नागरिकका गुनासा र समय सान्दर्भिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउन आफ्ना कुरा राख्ने गर्दछन् । तर, मंगलबार राष्ट्रियसभामा बोल्दै सांसद सुनारले भने कवितामार्फत सरकारलाई कटाक्ष गरेका हुन् । मंगलबार शून्य समयमा बोल्दै उनले जनताहरू समस्यामा रहेको बताए । कतै ...
। दक्षिणकाली नगरपालिका–७ निमिटोलमा एक युवक मृत भेटिएका छन् । मिनिटोल डेरा गरी बस्ने ३१ वर्षीय शेरबहादुर तामाङ मृत भेटिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार नउी आफ्नै डेरा कोठामा मृत फेला परेका हुन् । उनको स्थायी ठेगाना मोरङको केराबारी गाउँपालिका–४ रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार घटना संकास्पद नरहेको बताइएको छ ।