मुख्य समाचार
कांग्रेसले सरकारी कर्मचारीका लागि कुलिङ पिरियड ४ वर्ष राख्नुपर्ने नयाँ प्रस्ताव
कांग्रेसले सरकारी कर्मचारीका लागि कुलिङ पिरियड ४ वर्ष राख्नुपर्ने नयाँ प्रस्ताव

। नेपाली कांग्रेसले सरकारी कर्मचारीका लागि कुलिङ पिरियड ४ वर्ष राख्नुपर्ने नयाँ प्रस्ताव अगाडि सारेको छ ।

मंगलबार राष्ट्रियसभामा पार्टीको तर्फबाट विशेष समयमा बोल्दै सांसद नारायणदत्त भट्टले कुलिङ पिरियड ४ वर्ष राख्नुपर्ने बताएका हुन् ।




‘कुलिङ पिरियड हुनैपर्छ’, उनले भने, ‘२ को ठाउँमा ४ बनाउनुपर्छ ।’ प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा गएको संघीय निजामती सेवा विधेयकमा सरकारी कर्मचारीका लागि राजीनामा दिएको वा अवकाश भएको २ वर्षसम्म संवैधानिक, कुटनीतिक वा अन्य नियुक्ति नपाउने प्रावधान छ ।

तर, यो प्रावधान निष्क्रिय पार्ने भाषा समेत विधेयकको प्रतिवेदनमा परेको भनेर प्रश्न उठेपछि प्रतिनिधिसभामा संसदीय विशेष छानबिन समिति नै बनेको छ । राष्ट्रियसभामा भने विधेयक अगाडि बढेको छ ।


राष्ट्रियसभामा सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले कुलिङ पिरियडको प्रावधान नै नराख्ने भनेर संशोधन प्रस्ताव राखेका छन् । कुलिङ पिरियड नै नराख्ने प्रस्तावको विरोध गर्दै कांग्रेस सांसद भट्टले बरु कुलिङ पिरियडको अवधि २ वर्ष नभएर ४ वर्ष राख्नुपर्ने नयाँ प्रस्ताव अगाडि सारेका हुन् ।

कुलिङ पिरियड नै नराख्ने प्रस्ताव गर्नेहरूप्रति उनको प्रश्नसहितको चेतावनी छ, ‘कुलिङ अफ पिरियडमा संशोधन हालेका सबैमान्यज्यूहरुको संशोधन अगाडि बढेन भनेर आज जसरी जनचासोको विषय बनेर बसेको छ । यो गम्भीर विषय हुनेछ । यसमा जुन मान्छेले दायाँ बायाँ गर्न खोज्छ ख्याल गरे हुन्छ २०८४ धेरै टाढा छैन ।’

जे जस्तो संशोधन परेता पनि राष्ट्रिय सभाले विवेकसम्मत निर्णय लिने उनको विश्वास छ । ‘यो राष्ट्रियसभाले कुलिङ अफ पिरियडको विषय मात्रै होइन । सबै आउने विधेयकहरुमा ध्यानपूर्वक राष्ट्र, राष्ट्रियता र देश जनताको हितमा काम गर्छ’, सांसद भट्टको प्रतिवद्धता छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बैंकिङ कसुरमा सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङका ४९ वर्षीय वृहस्पति राई छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । बैंकिङ कसुरमा उनलाई २८ असार २०७९ मा उच्च अदालत पाटनले दोषी ठहर गरेको थियो । २० लाख जरिवाना, ४ दिन कैद र क्षतिपूर्ति वापत ८० हजार रुपैयाँ ...
। काठमाडौंको कागेश्वर मनोहरा नगरपालिका–५ थलीमा एक पुरुषको शव भेटिएको छ । थलीको खाली चौरमा एक पुरुषको शव फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । मृत भेटिएका पुरुष अन्दाजी ४० वर्ष जतिका छन् । उनको अहिलेसम्म सनाखत हुन सकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ ।
। नेपाली कांग्रेसका शीर्ष तहका नेताहरूले ‘कुलिङ अफ पिरियड’ को प्रावधानमाथि सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेको व्यवहारप्रति गम्भीर रहेको बताएका छन् । महामन्त्री विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइराला र प्रवक्ता डा. प्रकाशशरण महतले एमालेको व्यवहारप्रति सशंकित भएको अभिव्यक्ति दिएका छन् । मंगलबार नेताहरूले ‘कुलिङ अफ पिरियड’ बारे बोल्ने क्रममा राष्ट्रिय सभामा एमालेका सांसदले राखेको संशोधन ...
राष्ट्रियसभामा उठ्यो भूमिमन्त्रीको प्रसंग, बर्खास्त गर्नुपर्ने माग
। राष्ट्रियसभा सदस्य भुवनबहादुर सुनारले समसामयिक विषयमा कटाक्ष गर्दै संसद्‌मा कविता सुनाएका छन् । सामान्यत: संसद्‌मा सांसदहरुले नागरिकका गुनासा र समय सान्दर्भिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउन आफ्ना कुरा राख्ने गर्दछन् । तर, मंगलबार राष्ट्रियसभामा बोल्दै सांसद सुनारले भने कवितामार्फत सरकारलाई कटाक्ष गरेका हुन् । मंगलबार शून्य समयमा बोल्दै उनले जनताहरू समस्यामा रहेको बताए । कतै ...