। पर्वतमा ८ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना वृद्ध पक्राउ परेका छन् ।
बलात्कार आरोपमा प्रहरीले बिहादी गाउँपालिकाका ६४ वर्षीय भुवानन्द तिवारीलाई पक्राउ गरेको छ ।
भुवानन्दले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरी आएपछि प्रहरी चौकी सेतीवेणीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनीमाथि बालिका बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
त्यसैगरी उदयपुरमा पनि १४ वर्षीया बालिका बलात्कारको आरोपमा चौदण्डी नगरपालिका–९ अजयगराका १९ वर्षीय सुजन दाहाललाई प्रहरीले पक्राउ गरेको छ ।