मुख्य समाचार
जापानमा एक्स्पो सुरु भएको तीन महिना पछि खुल्यो नेपालमण्डप
जापानमा एक्स्पो सुरु भएको तीन महिना पछि खुल्यो नेपालमण्डप

। जापानको ओसाकामा विश्वमै प्रतिष्ठित मानिने ओसाका कान्साई एक्स्पो (विश्व प्रदर्शनी) सुरु भएको ३ महिनापछि नेपालले मण्डप तयार गरेको छ ।

निर्माण कम्पनीलाई निर्माण लागत तिर्न नसक्दा एक्स्पो सुरु भएको तीन महिना पछि मात्र नेपाल मण्डप सञ्चालनमा आएको हो ।




एक्स्पोमा नेपाल मण्डप निर्माणका लागि नेपाल सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र मार्फत् बोलपत्र आह्वान गरेको थियो ।

टेन्डर बिद् म्यानेजमेन्ट प्राइभेट लिमिटेड, ललित मनडिस्प आर्ट एन्ड आर्किटेक्ट प्राइभेट लिमिटेडले कम्पनीले हातपारेको थियो ।


टेन्डर हात पार्ने कम्पनीले जापानको सानक्यो कन्स्ट्रक्शन कम्पनीलाई ‘नेपाल पभेलियन’ निर्माणको जिम्मा दिएको थियो ।

जुलाई २८ मा ‘नेपाल डे’ मनाइने

जापान सरकारसँगको सहकार्यमा एक्स्पोमा जुलाई २८ तारिख ‘नेपाल डे’ मनाउने निर्णय भएको जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले जानकारी दिए ।

राजदूत सुवेदीले ‘नेपाल डे’ को दिन सबै नेपालीलाई ओसाका एक्स्पोमा सहभागिता जनाउन आग्रहसमेत गरेका छन् ।



समयमै रकम भुक्तानी गर्न नसक्दा जापानमा सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म आलोचना भएको थियो ।

राजदूत डा. दुर्गाबहादुर सुवेदीले भने, ‘लगभग पाँच वर्ष अघि नेपाल सरकारले एक्स्पोमा नेपाल मण्डपको जिम्मा निजी कम्पनीलाई दिएको थियो, एक्स्पो सुरु भएको दुई सातासम्म नेपालसहित भारत लगायत अन्य देशको पनि मण्डप तयार तयार पार्न सकेका थिएन, अन्य देशको केही प्राविधिक समस्या थियो भने नेपालको आर्थिक समस्या थियो, जसकारण नेपालमा मण्डप सञ्चालनमा ढिलाइ भएको हो ।’

फ्रान्समा मुख्य कार्यालय रहेको ब्युरो अफ इन्टरनेसनल एक्सपोजिसनले सञ्चालन गरेको एक विश्व प्रदर्शनी हो ओसाका एक्स्पो । नेपालसहित विश्वका १८४ देश ओसाका एक्स्पोकोको सदस्य छन् ।

एक्स्पो अन्तर्गत हरेक पाँच वर्षमा आयोजक देश र स्थलको छनोट गरिन्छ ।

संसारभरका लाखौं मानिस एक्स्पो अवलोकनका लागि पुग्ने गरेका छन् । यो हरेक देशले आफ्नो देशको उत्पादन र प्रविधि आविष्कार प्रदर्शन र बजारीकरण गर्ने थलो हो ।

विश्व बजारको मागलाई ध्यान दिने

एक्स्पोलाई नेपाली उत्पादनको प्रदर्शनी, व्यापार साथै लगानी भित्र्याउने थलोको रुपमा हेरिएको छ ।

एक्स्पोमा ह्यान्डीक्र्याफ्ट आइटम र हिमाली भेगमा पाइने रैथाने बाली, नेपाली चिया तथा कफीको प्रदर्शनी र अर्डर लिने काम गरिने व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका उपनिर्देशक सिद्धिचरण दाहालले बताए ।

एक्स्पोमा १५८ राष्ट्रको सहभागिता छ । एक्स्पोलाई नेपाली उत्पादन बजारीकरण गर्ने महत्वपूर्ण थलोको रुपमा समेत हेरिएको दाहाल बताउँछन् । गत अप्रिल १३ तारिखबाट सुरु भएको एक्स्पो अक्टोबर १३ तारिखसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानमा रेलको ठक्करबाटा रेल स्टेसनका चार जना कर्मचारीको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार टोकियोको उत्तरमा रहेको कानुमा शहरको शिन–कानुमा स्टेशनमा रेलको लिक वरपरका झारपात हटाइरहेको समयमा कर्मचारीलाई एक्सप्रेस रेलले ठक्कर दिएको जनाइएको छ । रेलले ठक्कर दिएका चारै जनाको मृत्यु पुष्टि भएको अग्नि नियन्त्रक विभागका अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ ...
। जापानले विदेशी श्रमिक लैजान सुरु गर्न लागेको नयाँ ‘इम्प्लोयमेन्ट फर स्किल डेभलपमेन्ट’ (ईएसडी) कार्यक्रमका लागि नेपालसँग गर्नुपर्ने सम्झौता हुन सकेको छैन । जापानले पठाएको सम्झौताको मस्यौदामा रहेको सेवा शुल्कसम्बन्धी प्रावधानमा नेपालले सहमति जनाउन नसक्दा सम्झौता प्रक्रिया लम्बिएको हो । जापानले नयाँ कार्यक्रम कार्यान्वयनअघि नै नेपाललाई सम्झौता गर्न मस्यौदा पठाएको थियो । नेपाललाई तीन महिनाको समय ...
वासिङ्टन (रासस/एएफपी) । अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले जापानी येनको स्थिरता केवल जापान वा अमेरिकाका लागि मात्र नभई समग्र एसियाली अर्थतन्त्रका लागि पनि महत्त्वपूर्ण रहेको बताएका छन्। उनले कमजोर येनका कारण क्षेत्रीय मुद्राबजारमा अस्थिरता फैलिन सक्ने चेतावनी दिएका छन् । उनले यही कारणले संयुक्त राज्य अमेरिका र जापानले येनलाई समर्थन गर्न संयुक्त रूपमा हस्तक्षेप गरेको स्पष्ट पारेका ...
। जापानले सैन्य क्षमता विस्तारलाई तीव्र बनाएको भन्दै उत्तर कोरियाले त्यसलाई आफ्नो सुरक्षामाथिको गम्भीर चुनौतीका रूपमा व्याख्या गर्दै आवश्यक परे थप सैन्य विकल्प अपनाउने चेतावनी दिएको छ । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले बुधबार सार्वजनिक वक्तव्यमा जापान दोस्रो विश्वयुद्धपछिको शान्तिवादी नीतिबाट टाढिँदै ‘युद्ध राज्य’ मा रूपान्तरण भइरहेको आरोप लगाउँदै प्योङयाङ त्यसको ...
। जापानको दक्षिणी कुमामोटो प्रदेशमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा सपिङ मलमा भएको विस्फोट र विभिन्न संरचना भत्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । अन्य दर्जनौं घाइते भएका छन् । कुमामोटो प्रान्तीय सरकारले बुधबार बिहान दिएको जानकारीअनुसार भूकम्पपछि एइअन मलमा भएको विस्फोटपछि रातभर सञ्चालन गरिएको उद्धार अभियानमा आठ जनालाई जीवित उद्धार गरिएको छ । ...