मुख्य समाचार
नेपाल र भारतका निजी क्षेत्रबीचको सहकार्य नै दुई मुलुकको साझा समृद्धिको कोसेढुंगा रहेको अडानी ग्रुप अन्तर्गतको थिंक ट्यांक चिन्तन रिसर्च फाउन्डेसन अध्यक्ष शिशिर प्रियदर्शीले बताए
नेपाल र भारतका निजी क्षेत्रबीचको सहकार्य नै दुई मुलुकको साझा समृद्धिको कोसेढुंगा रहेको अडानी ग्रुप अन्तर्गतको थिंक ट्यांक चिन्तन रिसर्च फाउन्डेसन अध्यक्ष शिशिर प्रियदर्शीले बताए

। नेपाल र भारतका निजी क्षेत्रबीचको सहकार्य नै दुई मुलुकको साझा समृद्धिको कोसेढुंगा रहेको अडानी ग्रुप अन्तर्गतको थिंक ट्यांक चिन्तन रिसर्च फाउन्डेसन अध्यक्ष शिशिर प्रियदर्शीले बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित ‘आइडा डिस्टिङ्गुइस्ड लेक्चर’ को तेस्रो संस्करण सम्बोधन गर्दै सीआरएफका अध्यक्ष, अडानी ग्रुपका विश्वसम्बध प्रमुख तथा विश्व व्यापार संगठनका पूर्वनिर्देशक समेत रहेका प्रियदर्शीले नेपालले भारतीय वृद्धिको फाइदा लिन ५ प्रमुख सिफारिस प्रस्तुत गरे ।




नेपाल–भारत आर्थिक मञ्च स्थापना गरेर नियमित संवाद, व्यापार सहजता र नीतिगत समन्वय प्रवर्द्धन गर्न उनले आग्रह गरे । त्यस्तै द्विपक्षीय सहकार्यका लागि सहज अवसरबाट लाभ लिन व्यापार प्रक्रिया सरल बनाउने, अवस्थित पूर्वाधार उपयोग गर्नेजस्ता कार्य शीघ्र कार्यान्वयन गर्न पनि सुझाव दिए ।

‘नेपालले सीमावर्ती क्षेत्रमा विशेष आर्थिक क्षेत्र विकास गर्नुपर्छ, जसले लगानी आकर्षित गर्छ र निर्यातमुखी उद्योगलाई प्रोत्साहन दिन्छ,’ उनले भने ।


त्यस्तै ‘स्टार्टअप एन्ड इनोभेसन ब्रिज’ निर्माण गरेर दुवै देशका उद्यमी र प्रविधि नवप्रवर्तकबीच सहकार्य, ज्ञान आदान–प्रदान र नयाँ बजार पहुँच सुनिश्चित गर्नुपर्नेमा पनि उनले जोड दिए ।

‘सीमावर्ती पूर्वाधारमा लगानी गरी जडान क्षमता सुधार गर्न र हालको पारवहन अवरोध हटाउनुपर्ने आवश्यकता छ,’ उनले भने ।

‘भारतको ट्रिलियन डलर अर्थतन्त्र : नेपालका लागि अवसर’ शीर्षकमा आयोजित उक्त कार्यक्रम मार्फत प्रियदर्शीले भारतको आर्थिक सफलताकोे कथा पनि प्रष्ट पारे ।

‘भारत र नेपालबीच साझा गर्ने प्रशस्त अवसर छन्, तर ती अवसर आफैंमा परिणाममा रूपान्तरण हुँदैनन्,’ उनले भने, ‘ऊर्जा सहयोग लगायत विभिन्न क्षेत्रमा निजी क्षेत्र–निजी क्षेत्रबीचको संलग्नता साझा समृद्धिको प्रमुख आधार हो । अगाडि बढ्न दुवै देशको सरकारबीच पनि अझ गहिरो नीतिगत समन्वय आवश्यक छ ।’

कार्यक्रममा आइडा र सीआरएफबीच सम्झौतापत्रमा पनि हस्ताक्षर गरियो । सम्झौताको उद्देश्य दुई संस्थाबीचको सहकार्य संस्थागत गर्दै संयुक्त अनुसन्धान, नीति पैरवी र क्षेत्रीय विकास तथा कूटनीतिका विषयमा रणनीतिक संवाद प्रवर्द्धन गर्नु हो ।

कार्यक्रममा आइडाका संस्थापक सुनिल केसीले यो साझेदारी दुवै संस्थाका लागि एक महत्त्वपूर्ण उपलब्धि भएको बताए । ‘यसले कार्यान्वयन योग्य नीति निर्माण गर्नतर्फ हाम्रो साझा प्रतिबद्धता झल्काउँछ,’ उनले भने ।

हाल भारतको अर्थतन्त्रको आकार ४.१९ ट्रिलियन अमेरिकी डलर पुगेको छ, जसले हरेक १२ देखि १८ महिनामा थप १ ट्रिलियन डलर थपिरहेको छ । तर, छिमेकी नेपाल भने त्यो अवसरबाट फाइदा लिन पछाडि परेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्धन आयातमा एक वर्षमै ३ खर्ब २६ अर्ब १४ करोड रुपैयाँ विदेशिएको छ । भन्सार विभागका अनुसार डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन र अन्य प्रकारका इन्धन आयातमा उक्त रकम बराबर विदेशिएको हो । सरकारले इन्धन आयातका माध्यमबाट मात्र १ खर्ब २९ अर्ब ४३ करोड बराबर राजस्व उठाउन सफल भएको छ । यस आवमा कुल १८ खर्ब ...
। मुलुककै अग्रणी मध्येको औद्योगिक घराना पञ्चकन्या ग्रुपले रुपन्देहीको सियारीमा नेपालकै ठूलो यूपीभीसी उद्योग ‘पञ्चकन्या डिमेक्स’स्थापना गरेको छ । उद्योगबाट उत्पादित यूपीभीसीका झ्याल–ढोका एक वर्षदेखि बिक्रीवितरण गर्दै आएको कम्पनीले सोमबार औपचारिक रुपमा आफ्ना चार ब्राण्डका उत्पादन सार्वजनिक गरेको छ । उद्योगले सोमबार अनलाइनखबर डटकम मार्फत पञ्चकन्या डिमेक्स, निओ प्लास्ट, टोनिस र साल गरी चार थरिका यूपीभीसी प्रोफाइलको ...
। बागमती प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यको ९४.१२ प्रतिशत राजस्व सङ्कलन भएको छ । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आव २०८१/८२ मा विभिन्न शीर्षकमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशतअर्थात् ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व सङ्कलन भएको छ । प्रदेश सरकारले आव २०८१/८२ मा राजस्व बाँडफाँट शीर्षकबाट प्राप्त राजस्व, ...
: आर्थिक वर्ष २०८१/०८२ मा करिब पौने ३ खर्ब रुपैयाँ वैदेशिक सहायता प्राप्त भएको छ । सरकारले विभिन्न परियोजना विकास र कार्यान्वयनका लागि विकास सहायता निकायसँग ऋण र अनुदानको प्रतिबद्धता पाएको हो । अर्थमन्त्रालयले आर्थिक वर्षको अन्तिम दिन सार्वजनिक गरेको तथ्यांकअनुसार विकास सहायता निकायहरूले नेपालका विभिन्न परियोजना विकासका लागि २ खर्ब ७३ अर्ब रुपैयाँबराबरको प्रतिबद्धता व्यक्त गरेका ...
: आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि हो । आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०८१/०८२ मा ...