मुख्य समाचार
नेपाल र भारतका निजी क्षेत्रबीचको सहकार्य नै दुई मुलुकको साझा समृद्धिको कोसेढुंगा रहेको अडानी ग्रुप अन्तर्गतको थिंक ट्यांक चिन्तन रिसर्च फाउन्डेसन अध्यक्ष शिशिर प्रियदर्शीले बताए
नेपाल र भारतका निजी क्षेत्रबीचको सहकार्य नै दुई मुलुकको साझा समृद्धिको कोसेढुंगा रहेको अडानी ग्रुप अन्तर्गतको थिंक ट्यांक चिन्तन रिसर्च फाउन्डेसन अध्यक्ष शिशिर प्रियदर्शीले बताए

। नेपाल र भारतका निजी क्षेत्रबीचको सहकार्य नै दुई मुलुकको साझा समृद्धिको कोसेढुंगा रहेको अडानी ग्रुप अन्तर्गतको थिंक ट्यांक चिन्तन रिसर्च फाउन्डेसन अध्यक्ष शिशिर प्रियदर्शीले बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित ‘आइडा डिस्टिङ्गुइस्ड लेक्चर’ को तेस्रो संस्करण सम्बोधन गर्दै सीआरएफका अध्यक्ष, अडानी ग्रुपका विश्वसम्बध प्रमुख तथा विश्व व्यापार संगठनका पूर्वनिर्देशक समेत रहेका प्रियदर्शीले नेपालले भारतीय वृद्धिको फाइदा लिन ५ प्रमुख सिफारिस प्रस्तुत गरे ।




नेपाल–भारत आर्थिक मञ्च स्थापना गरेर नियमित संवाद, व्यापार सहजता र नीतिगत समन्वय प्रवर्द्धन गर्न उनले आग्रह गरे । त्यस्तै द्विपक्षीय सहकार्यका लागि सहज अवसरबाट लाभ लिन व्यापार प्रक्रिया सरल बनाउने, अवस्थित पूर्वाधार उपयोग गर्नेजस्ता कार्य शीघ्र कार्यान्वयन गर्न पनि सुझाव दिए ।

‘नेपालले सीमावर्ती क्षेत्रमा विशेष आर्थिक क्षेत्र विकास गर्नुपर्छ, जसले लगानी आकर्षित गर्छ र निर्यातमुखी उद्योगलाई प्रोत्साहन दिन्छ,’ उनले भने ।


त्यस्तै ‘स्टार्टअप एन्ड इनोभेसन ब्रिज’ निर्माण गरेर दुवै देशका उद्यमी र प्रविधि नवप्रवर्तकबीच सहकार्य, ज्ञान आदान–प्रदान र नयाँ बजार पहुँच सुनिश्चित गर्नुपर्नेमा पनि उनले जोड दिए ।

‘सीमावर्ती पूर्वाधारमा लगानी गरी जडान क्षमता सुधार गर्न र हालको पारवहन अवरोध हटाउनुपर्ने आवश्यकता छ,’ उनले भने ।

‘भारतको ट्रिलियन डलर अर्थतन्त्र : नेपालका लागि अवसर’ शीर्षकमा आयोजित उक्त कार्यक्रम मार्फत प्रियदर्शीले भारतको आर्थिक सफलताकोे कथा पनि प्रष्ट पारे ।

‘भारत र नेपालबीच साझा गर्ने प्रशस्त अवसर छन्, तर ती अवसर आफैंमा परिणाममा रूपान्तरण हुँदैनन्,’ उनले भने, ‘ऊर्जा सहयोग लगायत विभिन्न क्षेत्रमा निजी क्षेत्र–निजी क्षेत्रबीचको संलग्नता साझा समृद्धिको प्रमुख आधार हो । अगाडि बढ्न दुवै देशको सरकारबीच पनि अझ गहिरो नीतिगत समन्वय आवश्यक छ ।’

कार्यक्रममा आइडा र सीआरएफबीच सम्झौतापत्रमा पनि हस्ताक्षर गरियो । सम्झौताको उद्देश्य दुई संस्थाबीचको सहकार्य संस्थागत गर्दै संयुक्त अनुसन्धान, नीति पैरवी र क्षेत्रीय विकास तथा कूटनीतिका विषयमा रणनीतिक संवाद प्रवर्द्धन गर्नु हो ।

कार्यक्रममा आइडाका संस्थापक सुनिल केसीले यो साझेदारी दुवै संस्थाका लागि एक महत्त्वपूर्ण उपलब्धि भएको बताए । ‘यसले कार्यान्वयन योग्य नीति निर्माण गर्नतर्फ हाम्रो साझा प्रतिबद्धता झल्काउँछ,’ उनले भने ।

हाल भारतको अर्थतन्त्रको आकार ४.१९ ट्रिलियन अमेरिकी डलर पुगेको छ, जसले हरेक १२ देखि १८ महिनामा थप १ ट्रिलियन डलर थपिरहेको छ । तर, छिमेकी नेपाल भने त्यो अवसरबाट फाइदा लिन पछाडि परेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालमा अटोमोबाइल क्षेत्र अहिले पनि सरकारको आम्दानीको मुख्य क्षेत्रका रुपमा देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा सरकारले वस्तु आयातबाट कुल ५ खर्ब ६ अर्ब रुपैयाँ बराबर राजस्व आम्दानी गर्‍यो । यसमध्ये १७.५५ प्रतिशत बराबर अर्थात् ८९ अर्ब १ करोड रुपैयाँ राजस्व अटोमोबाइल क्षेत्रले तिरेको छ । यो सवारी साधन ...
: काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ। मंगलबार बिहान नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले पानसमा बत्ती बालेर एक्स्पोको शुभारम्भ गरेका हुन्। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा साउन २६ देखि ३१ गतेसम्म एक्स्पो सञ्चालन हुने जनाइएको छ। ६ दिनसम्म चल्ने एक्स्पोमा दुईपाङ्ग्रे्रे, चारपाङ्ग्रे्रे र ...
। अर्थमन्त्री स्वर्णीम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा नभई नेपालको आर्थिक रूपान्तरणको सहयात्री र सहनिर्माताका रूपमा अघि बढ्नुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग आज अर्थ मन्त्रालयमा भएको छलफलमा राष्ट्र बैंकले नियामक निकायको भूमिकासँगै मुलुकको आर्थिक रूपान्तरणमा सक्रिय साझेदारको भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । ‘आजको छलफल कुनै औपचारिक टिप्पणीमा सीमित रहने ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका विशिष्ट श्रेणीका कर्मचारीसँग छलफल गरेका छन् । मन्त्रीसँगको छलफलमा उनीहरूले बैंकिङ क्षेत्रमा कर्जाको माग बढ्न लगानीमैत्री वातावरणको विकास गर्नुपर्ने सुझाएका छन् । हाल कर्जाको माग नबढ्नुमा लगानी वातावरण नै प्रमुख रहेको उनीहरूले बताए। अर्थतन्त्रको पछिल्लो अवस्था र वित्तीय क्षेत्रका समस्या समाधानका लागि केन्द्रीय बैंकका विभागहरूले के कसरी ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रुपान्तरण र संरचनागत सुधारका लागि ‘नीतिगत आत्मविश्वास’ अनिवार्य रहेको बताएका छन् । बुधवार सिंहदरबारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँगको छलफलमा उनले सो धारणा राखेका हुन् । निजी क्षेत्रले केवल सहुलियत मात्र नभई स्पष्ट नीति, स्थिर नियम, शीघ्र निर्णय र विश्वसनीय कार्यान्वयन खोजिरहेको उनले उल्लेख गरे । उनले सरकारको सोच, प्राथमिकता ...