मुख्य समाचार
मलेसियामा वैदेशिक रोजगारीका लागि कलिङ भिसा निकालिएको भन्‍ने सूचना भ्रामक रहेको मलेसियास्थित नेपाली दूतावासले प्रस्ट पारेको छ
मलेसियामा वैदेशिक रोजगारीका लागि कलिङ भिसा निकालिएको भन्‍ने सूचना भ्रामक रहेको मलेसियास्थित नेपाली दूतावासले प्रस्ट पारेको छ

। मलेसियामा वैदेशिक रोजगारीका लागि कलिङ भिसा निकालिएको भन्‍ने सूचना भ्रामक रहेको मलेसियास्थित नेपाली दूतावासले प्रस्ट पारेको छ ।

दूतावासले सोमबार सूचना जारी गर्दै नेपाली राजदूतावासबाट मागपत्र प्रमाणीकरण नभइकन अवैधानिक मार्गबाट नेपाली श्रमिकहरुलाई मलेसियामा पठाउनका लागि मलेसियामा रहेका कुनै पनि कम्पनीहरुको प्रलोभनमा नपर्न नेपालका मेनपावर व्यवसायीहरुलाई सचेत गराएको छ ।




साथै वैदेशिक रोजगारीमा मलेसियमा आउन चाहने नेपाली श्रमिकहरुलाई समेत आधिकारिक रुपमा राजदूतावासबाट कम्पनीको मांगपत्र प्रमाणिकरण भए नभएको तथा म्यानपावर कम्पनीबाट वैदेशिक रोजगारीमा पठाउनु पूर्व पूरा गर्नुपर्ने सम्पूर्ण भर्ना प्रक्रिया पूरा गरे नगरेको विषयमा जानकारी राख्नुहुन र कोही कसैको प्रलोभनमा नपर्न समेत आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ पछिल्लो समय विभिन्न सञ्चार माध्यममा मलेसियामा रहेका केही सेक्यूरिटी कम्पनीबाट नेपालका केही म्यानपावर व्यवसायीहरुमार्फत अवैधानिक रुपमा नेपाली कामदार ल्याउनका लागि माथि उल्लेखित प्रक्रिया पूरा नगरी कलिङ्ग भिसा निकालिसकेको भन्ने समाचार प्रति नेपाली राजदूतावास मलेसियाको ध्यानाकर्षण भएको छ।’


पछिल्लो समय विभिन्न सञ्‍चार माध्यममा मलेसियामा रहेका केही सेक्युरिटी कम्पनीबाट नेपालका केही म्यानपावर व्यवसायीहरू मार्फत अवैध रुपमा नेपाली कामदार ल्याउने प्रक्रिया सुरू भएको समाचारप्रति दूतावासले ध्यानाकर्षण गरेको छ ।

वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित तथा मर्यादित बनाउनका लागि गन्तव्य मुलुकको नेपाली कूटनितिक नियोगबाट सम्बन्धित देशको कुनै कम्पनीमा नेपाली कामदार ल्याउन मागपत्र प्रमाणीकरण गर्नुपर्ने र वैदेशिक रोजगार ऐन तथा नियमावली बमोजिम नेपाली कूटनीतिक नियोगबाट प्रमाणित मागपत्र र सम्वन्धित देशको कम्पनीले प्रदान गरेको अख्तियारीका आधारमा वैदेशिक रोजगार विभागवाट पूर्व स्वीकृति लिनुपर्ने हुन्छ ।

त्यसपश्चात मात्र कामदारको भिसा प्रक्रिया शुरु हुन्छ। छनौट भएका कामदारको मेडिकल चेकजाँच, विमा, कल्याणकारी कोष तथा सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरीसकेपछि श्रम स्वीकृति जारी हुन्छ र यी सबै प्रक्रिया पूरा गरिसकेपश्चात मात्र वैदेशिक रोजगारीमा जान पाइन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बैंकिङ कसुरमा सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङका ४९ वर्षीय वृहस्पति राई छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । बैंकिङ कसुरमा उनलाई २८ असार २०७९ मा उच्च अदालत पाटनले दोषी ठहर गरेको थियो । २० लाख जरिवाना, ४ दिन कैद र क्षतिपूर्ति वापत ८० हजार रुपैयाँ ...
। काठमाडौंको कागेश्वर मनोहरा नगरपालिका–५ थलीमा एक पुरुषको शव भेटिएको छ । थलीको खाली चौरमा एक पुरुषको शव फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । मृत भेटिएका पुरुष अन्दाजी ४० वर्ष जतिका छन् । उनको अहिलेसम्म सनाखत हुन सकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ ।
। नेपाली कांग्रेसका शीर्ष तहका नेताहरूले ‘कुलिङ अफ पिरियड’ को प्रावधानमाथि सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेको व्यवहारप्रति गम्भीर रहेको बताएका छन् । महामन्त्री विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइराला र प्रवक्ता डा. प्रकाशशरण महतले एमालेको व्यवहारप्रति सशंकित भएको अभिव्यक्ति दिएका छन् । मंगलबार नेताहरूले ‘कुलिङ अफ पिरियड’ बारे बोल्ने क्रममा राष्ट्रिय सभामा एमालेका सांसदले राखेको संशोधन ...
राष्ट्रियसभामा उठ्यो भूमिमन्त्रीको प्रसंग, बर्खास्त गर्नुपर्ने माग
। राष्ट्रियसभा सदस्य भुवनबहादुर सुनारले समसामयिक विषयमा कटाक्ष गर्दै संसद्‌मा कविता सुनाएका छन् । सामान्यत: संसद्‌मा सांसदहरुले नागरिकका गुनासा र समय सान्दर्भिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउन आफ्ना कुरा राख्ने गर्दछन् । तर, मंगलबार राष्ट्रियसभामा बोल्दै सांसद सुनारले भने कवितामार्फत सरकारलाई कटाक्ष गरेका हुन् । मंगलबार शून्य समयमा बोल्दै उनले जनताहरू समस्यामा रहेको बताए । कतै ...