मुख्य समाचार
सेलेना गोमेजले विवाह गर्ने निर्णय
सेलेना गोमेजले विवाह गर्ने निर्णय

। गायिका तथा अभिनेत्री सेलेना गोमेजले विवाह गर्ने निर्णय गरेकी छिन् । संगीतकार तथा प्रेमी बेनी ब्लान्कोसँग केही वर्ष डेट गरेपछि उनी अब विवाह बन्धनमा बाँधिन लागेकी हुन् ।

सेलेना र बेनीले सेप्टेम्बर २०२५ मा क्यालिफोर्नियामा विवाह गर्दैछन् । ‘डेली मेल’को रिपोर्टअनुसार, सेलेना र बेनीको विवाह अत्यन्तै निजी हुनेछ, जसमा नजिकका साथीभाइ र परिवारका सदस्य मात्र उपस्थित हुनेछन् ।




थुप्रै चर्चित सेलिब्रेटी विवाहमा उपस्थित हुने अपेक्षा गरिएको छ । पपस्टार टेलर स्विफ्ट प्रेमी ट्राभिस क्लेससँग पुग्ने जनाइएको छ ।

विवाह समारोह दुई दिनसम्म चल्नेछ । यद्यपि, विवाहस्थल र विवाहको विषयवस्तुको विवरण अझै खुलाइएको छैन ।


विवाह कार्ड छापिएको र नजिकका आफन्तलाई पठाएको बताइएको छ । अभिनेत्रीका फ्यान र परिवार विवाहलाई लिएर धेरै उत्साहित छन् । यद्यपि, यी दुईले अहिलेसम्म विवाहको खबरमा प्रतिक्रिया दिएका छैनन् । आधिकारिक रूपमा विवाहको मिति पनि घोषणा गरेका छैनन् ।

सेलेना र बेनीले डिसेम्बर २०२४ मा इन्गेजमेन्ट गरेका थिए । इन्स्टाग्राममा इन्गेजमेन्टका सुन्दर तस्वीर पनि सेयर गरेका थिए । फोटोमा सेलेनाले ठूलो आकारको हीराको औंठी पनि देखाएकी थिइन् ।

सेलेना र बेनीको प्रेमकथाको कुरा गर्दा, दुवै धेरै वर्षदेखि एकअर्काको साथी थिए । दुवैको पहिलो भेट सन् २०१५ मा भएको थियो, जब उनीहरू सेलेनाको एल्बम ’सेम ओल्ड लभ’ मा काम गरिरहेका थिए ।

सन् २०२३ मा एकअर्कालाई डेट गर्न थालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बलिउड अभिनेता आमिर खानका भान्जा तथा एक्टर इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिष्ट्रेशन अफिसले नोटिस जारी गर्दै आगामी अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजना गरिएको एक राजनीतिक विरोध प्रदर्शनमा सहभागी भई 'फरेनर्स एक्ट' (विदेशी सम्बन्धी ऐन) को उलंघन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो। यो मामला ...
: भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। अस्पतालका डाक्टरहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने कोसिस गरे पनि कुनै ...
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
। गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्‍यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्। सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल ...