मुख्य समाचार
हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा साउन महिनाभर बोलबम मेला लाग्ने
हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा साउन महिनाभर बोलबम मेला लाग्ने

। विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा महिना दिनसम्म लाग्ने ‘बोलबम’ मेला आजदेखि सुरु भएको छ ।

हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा साउन महिनाभर बोलबम मेला लाग्ने गरेको छ ।

बोलबमको अवसर पारेर यहाँ लगाइएको मेलामा गेरुबस्त्रधारी दर्शनार्थी तथा भक्तजनको घुइँचो लागेको छ ।

हलेसी आवतजावत गर्ने प्रमुख मार्ग मध्यपहाडी लोकमार्गमा सामूहिक रूपमा ‘बोलबम’ शब्द उच्चारण गर्दै खाली खुट्टा पैदलयात्रा गर्ने दर्शनार्थीको सङ्ख्या पनि उत्तिकै छ ।


मेलाको पहिलो दिन आज १२ हजार ४७५ जनाले मन्दिर दर्शन गरेका हलेसी सूचना केन्द्रका प्रमुख रमेश राईले जानकारी दिए । ‘हलेसी दर्शन गर्न आएका अधिकांश दर्शनार्थी भारतीय नागरिक रहेका छन् । तीमध्ये धेरैजसो आफ्नै सवारीसाधन प्रयोग गरेर आएका छन्’, उनले भने ।

हलेसी विकास समितिका अध्यक्ष डिल्ली चाम्लिङले तराईबाट हलेसीसम्म आउने सडक विस्तार भएपछि बोलबम मेलामा उत्साहजनक उपस्थिति बढेको बताए ।

मनोकांक्षा पूरा हुने विश्वासका साथ हलेसी मन्दिरको प्रमुख गुफाभित्र अवस्थित शिवलिङ्गमा साउनको प्रत्येक सोमबार विभिन्न नदीबाट ल्याइएको जल चढाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बैंकिङ कसुरमा सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङका ४९ वर्षीय वृहस्पति राई छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । बैंकिङ कसुरमा उनलाई २८ असार २०७९ मा उच्च अदालत पाटनले दोषी ठहर गरेको थियो । २० लाख जरिवाना, ४ दिन कैद र क्षतिपूर्ति वापत ८० हजार रुपैयाँ ...
। काठमाडौंको कागेश्वर मनोहरा नगरपालिका–५ थलीमा एक पुरुषको शव भेटिएको छ । थलीको खाली चौरमा एक पुरुषको शव फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । मृत भेटिएका पुरुष अन्दाजी ४० वर्ष जतिका छन् । उनको अहिलेसम्म सनाखत हुन सकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ ।
। नेपाली कांग्रेसका शीर्ष तहका नेताहरूले ‘कुलिङ अफ पिरियड’ को प्रावधानमाथि सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेको व्यवहारप्रति गम्भीर रहेको बताएका छन् । महामन्त्री विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइराला र प्रवक्ता डा. प्रकाशशरण महतले एमालेको व्यवहारप्रति सशंकित भएको अभिव्यक्ति दिएका छन् । मंगलबार नेताहरूले ‘कुलिङ अफ पिरियड’ बारे बोल्ने क्रममा राष्ट्रिय सभामा एमालेका सांसदले राखेको संशोधन ...
राष्ट्रियसभामा उठ्यो भूमिमन्त्रीको प्रसंग, बर्खास्त गर्नुपर्ने माग
। राष्ट्रियसभा सदस्य भुवनबहादुर सुनारले समसामयिक विषयमा कटाक्ष गर्दै संसद्‌मा कविता सुनाएका छन् । सामान्यत: संसद्‌मा सांसदहरुले नागरिकका गुनासा र समय सान्दर्भिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउन आफ्ना कुरा राख्ने गर्दछन् । तर, मंगलबार राष्ट्रियसभामा बोल्दै सांसद सुनारले भने कवितामार्फत सरकारलाई कटाक्ष गरेका हुन् । मंगलबार शून्य समयमा बोल्दै उनले जनताहरू समस्यामा रहेको बताए । कतै ...