मुख्य समाचार
साफ यू-२० महिला च्याम्पियनसिप : बंगलादेशसँगको हारपछि एन्फाको फेसबुकमा ‘कमेन्ट अफ’
साफ यू-२० महिला च्याम्पियनसिप : बंगलादेशसँगको हारपछि एन्फाको फेसबुकमा ‘कमेन्ट अफ’

। सोमबार साफ यू-२० महिला च्याम्पियनसिपको अन्तिम खेलमा नेपाल बंगलादेशसँग ४-० गोलअन्तरले पराजित भयो ।

उक्त खेलमा बंगलादेशकी सागोरिका एक्लैले चार गोल गरेकी थिइन् । नेपाली खेलाडी यस खेलमा निरिह देखिएका थिए ।




बंगलादेश यस जितपछि च्याम्पियन नै बन्यो भने नेपाल फेरि एकपटक उपविजेतामा सीमित भयो ।

यता नेपाली फुटबलको नियामक निकाय एन्फाले भने सामाजिक सञ्जालमा राखेको पोस्टमा कमेन्ट नै गर्न नमिल्ने बनाएको छ ।


नेपाली फुटबलमा देखिँदै आएको विवादले आलोचना खेप्दै आएको एन्फाले आजको हारपछि भने कमेन्ट बक्स नै अफ राखेको छ अर्थात् पोस्टमा रियाक्ट र शेयर मात्र गर्न मिल्छ ।

आजको खेलका दौरान नेपाली समर्थकहरूबाट एन्फाले खेलको विकासमा कम र बेथितिमा बढी ध्यान दिने गरेको भन्दै चर्को आलोचना भइरहेको थियो ।

सोही कारण थप आलोचना र गालीबाट बच्नका लागि एन्फाले सामाजिक सञ्जालमा प्रतिक्रिया दिन नमिल्ने बनाएको बुझिन्छ ।

पछिल्लो समय नेपाली फुटबललाई लिएर विभिन्न नकारात्मक टिकाटिप्पणी भइरहँदा त्यस किसिमका टिप्पणीहरू आउन नदिन एन्फाले कमेन्ट बन्द गरेको हुन सक्ने देखिन्छ ।

केही समयअघि सिनियर महिला फुटबल टिमका विदेशी प्रशिक्षक प्याट्रिक डे वाइल्ड र व्यवस्थापनबीचको विवाद चुलिँदा अहिले प्रशिक्षकको राजीनामा नै आइसकेको छ ।

यसले नेपाली फुटबलमा थप विवाद र चुनौती सिर्जना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल ए क्रिकेट टोली तास्मानियासँगको एकदिवसीय खेलमा पराजित भएको छ । बुधबार भएको रोमाञ्चक खेलमा नेपाल तास्मानियासँग २ विकेटले पराजित भएको हो । नेपालले दिएको १९३ रनको लक्ष्य तास्मानियाले अन्तिम ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो । तास्मानियाका लागि टम डायरले सर्वाधिक ६० रन बनाए । राफ म्याकमिलनले ३२, जस्टिन गालोटीले २४, विल प्रेस्टविज र म्याथ्यु ...
। तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) स्थगित भएको छ । इन्फिनिटी ड्रिम्स प्रालिले मंगलबार सामाजिक सञ्जालमार्फत हालको परिस्थितिमा परिस्थितिमा पीडित परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै लिग स्थगित गर्ने निर्णय भएको जनाएको छ । यसअघि तेस्रो संस्करणको इडब्लुभीएल आउँदो १५–२४ असोजमा दशरथ रंगशाला कभर्डहलमा आयोजना गर्ने निर्णय गरेको थियो । बुधबार रसुवामा आएको बाढीका कारण उत्पन्न ...
। नेपाल भलिबल लिग (एनभीएल) का लागि कर्णाली शिवराजले दोस्रो विदेशी खेलाडीका रूपमा बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ । आउटसाइड हिटर पोजिसनमा खेल्ने कुड्रासोउको आगमनसँगै कर्णाली शिवराजको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको टोलीले जनाएको छ । यसअघि कर्णाली शिवराजले पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।
: अर्जेन्टिनाका कप्तान एवं विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिममा बिताएको यात्रापछि मेसीले आफूले अब राष्ट्रिय टिमलाई थप दिन बाँकी नरहेको भन्दै संन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै यो निर्णय आफ्ना लागि निकै पीडादायी भए पनि अब समय आएको महसुस गरेको ...
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...