मुख्य समाचार
ओलीले पार्टीमा विवाद र विभाजनको प्रयास गर्नेबाट सचेत हुनुपर्ने बताए
ओलीले पार्टीमा विवाद र विभाजनको प्रयास गर्नेबाट सचेत हुनुपर्ने बताए

— एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा विवाद र विभाजनको प्रयास गर्नेबाट सचेत हुनुपर्ने बताएका छन् । पार्टी एकढिक्का रहेको बताउँदै उनले आन्तरिक एकतालाई अझै बलियो बनाउनुपर्ने आवश्यकता रहेको पनि बताए ।


पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासमा सोमबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा ओलीले पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन नेता र कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए ।

केन्द्रीय समिति बैठकको अध्यक्षता गर्ने क्रममा ओलीले पार्टीलाई राष्ट्रिय शक्तिका रूपमा स्थापना गर्नका लागि सबै लाग्नुपर्ने धारणा राखे‍का थिए । एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ओलीले बैठकको सुरुमा पार्टी वैचारिक र नीतिगत रूपमा एकढिक्का रहेको बताएका थिए ।

अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरूलाई आफूलाई लागेको कुरा बैठकमा राख्न आग्रह गरेको र विरोधी तथा अनेक तत्वहरूले एमालेमाथि झुट र अफवाहको शैलीमा आक्रमणको निसाना बनाएकाले एकताबद्ध भएर सामना गर्न आग्रह गरेको गौतमले उल्लेख गरे । 'वैचारिक र नीतिगत रूपमा अहिले हाम्रो पार्टी एकढिक्का छ । यहाँ कुनै मतभेद छैन तर हामीलाई विवाद र विभाजन गराउने तत्वका अनेक प्रयास हुन सक्नेतर्फ सचेत भएर लाग्नुपर्छ,' ओलीले भनेका थिए, 'विरोधीहरूले हामीसँग विचार र काममा प्रतिस्पर्धा गर्न सक्दैनन् । झुटको सहारा लिएर गोयबल्स शैलीमा आरोप लगाउँछन् । एमालेलाई कमजोर देखाउने प्रयास गर्छन् । यस्ता आरोप र चुनौतीको सामना हामीले पहिल्यैदेखि गर्दै आएका छौँ । फेरि पनि गर्छौं ।'

बैठकमा ओलीले पछिल्लो समयमा एमालेको पार्टी सदस्यता एक लाख ३९ हजार (२८ प्रतिशत) ले वृद्धि भई संगठनात्मक रूपमा मजबुद भएको दाबी प्रस्तुत गरेका थिए ।

एमाले केन्द्रीय समिति बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगनात्मक प्रतिवेदन प्रस्तुत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सत्तारुढ कांग्रेसका ६ जना पूर्वपदाधिकारी चाक्सबारीमा भेला भएका छन् । पूर्वमहामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा कांग्रेसका ६ जना पूर्वपदाधिकारी भेला भएका हुन् । सोमबार साढे ३ बजेदेखि जारी भेलामा उपप्रधानमन्त्री सिंह, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, डा. शशांक कोइराला र विमलेन्द्र निधी सहभागी छन् । यो बैठकमा कांग्रेसका वर्तमान प्रवक्ता प्रकाशशरण ...
— २८ मेगावाट क्षमताको अपर काबेली जलविद्युत् आयोजना सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ । १७ सय ७२ मिटर लामो सुरुङ मार्ग छिचोलिएको आयोजनाले जनाएको छ । यो ताप्लेजुङको सिरिजंघा र सिदिङ्वा गाउँपालिकामा पर्छ । इन्टेकदेखि हप्पुखोला छेउसम्मको ५ किलोमिटर क्षेत्रको मुख्य प्रभावित क्षेत्र भने सिरिजंघा-१ सिनाम, २ आम्बेगुदिन र ४ तेल्लोक रहेका छन् । यस्तै ...
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताएका छन्। सोमबार सिएनआइ (नेपाल उद्योग परिसंघ) का नवनिर्वाचित पदाधिकारीहरूसँग निजी निवास खुमलटारमा भेट गर्दै प्रचण्ड यस्तो बताएका हुन्। भेटका क्रममा अध्यक्ष प्रचण्डले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान ...
: देशभर परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभास्थित कोशी राजमार्ग,पाँचथरस्थित मेची राजमार्ग र तमोर–कोरिडोर सडक खण्ड पूर्णरूपमा अवरुद्ध रहेको छ । यस्तै,नवलपरासी पूर्वको कालिगण्डकी करिडोर, रोल्पाको सहिद राजमार्ग र रुकुम पश्चिमस्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड पूर्णरूपमा ...
— चौकीदार नियुक्तिमा असन्तुष्ट कास्की कारागारका कैदीबन्दीले धर्ना सुरु गरेका छन् । ‘क’ ब्लकमा रहेका कैदीले आइतबार बिहानैदेखि धर्ना बसेको कारागारका सूचना अधिकारी महेन्द्रबहादुर कुँवरले जानकारी दिए । ‘शान्तिपूर्ण धर्ना बसेको अवस्था छ । मुख्य व्यक्ति यहाँ छैनन् । हिजै जिल्ला प्रहरी कार्यालय लगिएको छ । अरू बसेका छन्,’ उनले भने । कारागार व्यवस्थापन विभागले अजय ...