मुख्य समाचार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

— कैलालीमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।


जिल्लाको टीकापुर नगरपालिका–४ मौरनिया बस्ने ५० वर्षीय रामकृष्ण चौधरी पक्राउ परेका हुन् । पीडितले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका केन्द्रीय कमिटी सदस्यहरूले राष्ट्रिय महाधिवेशनमा राखिएको ७० वर्षे उमेर हदको व्यवस्था हटाउँदा पार्टी नेतृत्वले दिएका तर्कमाथि प्रश्न उठाएका छन् । सोमबार सुरु केन्द्रीय कमिटी बैठकमा एमाले नेताहरुले विगतमा नेतृत्वको बहिर्गमनको विधि निर्माण भए पनि अहिले व्यक्तिलाई हेरेर विधि बदलिएकामा आपत्ति जनाए । नेताहरू रचना खड्का, दीवाकर देवकोटा, अरविन्द सिंह लगायतले यस्तो विषय उठाएका हुन् ...
। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३२ वर्षीय भारतीय नागरिक धर्मेश रसिकभाइ चौनारा छन् । उनलाई १४ किलो २१० ग्राम गाँजासहित विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । उनी थाई एयरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौं आएका थिए । उनले बोकेको सुटेकसमा उक्त गाँजा भेटिएको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान ...
। मलेसियामा वैदेशिक रोजगारीका लागि कलिङ भिसा निकालिएको भन्‍ने सूचना भ्रामक रहेको मलेसियास्थित नेपाली दूतावासले प्रस्ट पारेको छ । दूतावासले सोमबार सूचना जारी गर्दै नेपाली राजदूतावासबाट मागपत्र प्रमाणीकरण नभइकन अवैधानिक मार्गबाट नेपाली श्रमिकहरुलाई मलेसियामा पठाउनका लागि मलेसियामा रहेका कुनै पनि कम्पनीहरुको प्रलोभनमा नपर्न नेपालका मेनपावर व्यवसायीहरुलाई सचेत गराएको छ । साथै वैदेशिक रोजगारीमा मलेसियमा आउन चाहने नेपाली ...
। नाबालिका भतिजीको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका एक व्यक्तिलाई जिल्ला अदालत मोरङले आजीवन कैद सजाय सुनाएको छ । मोरङको धनपालथान गाउँपालिका– ५ का २२ वर्षीय अनिश सरदारलाई थुनछेक बहसकै दिन जिल्ला अदालत मोरङले आजीवन कैद सजाय सुनाएको हो । उनले गत असार १४ गते राति भतिजी ७ वर्षीया नाबालिकाको जबर्जस्ती करणीपछि हत्या गरी घरबाट झन्डै सय ...
। नारायणी नदीमा पौडी खेल्न गएका एक किशोरको डुबेर मृत्यु भएको छ । आज ३:३० बजेको समयमा भरतपुर महानगरपालिका–१६ गणेश मन्दिर नजिकै नारायणी नदीको छेउमा जमेको पानीमा पौडी खेल्न गएका भरतपुर–१५ सूर्यनगरका १५ वर्षीय किशोर मेक्सन पुन मगरको डुबेर मृत्यु भएको हो। उनीसहित पाँच जना साथीहरु पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका ...