मुख्य समाचार
चीनले नेपालका द्विपक्षीय भेटवार्तापश्चात् ४ वटा परियोजनाका समझदारी पत्रमा हस्ताक्षर
चीनले नेपालका द्विपक्षीय भेटवार्तापश्चात् ४ वटा परियोजनाका समझदारी पत्रमा हस्ताक्षर

: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ।



अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्ध लगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र अब सञ्चालन हुने परियोजनाहरुका बारेमा छलफल भएको छ। द्विपक्षीय भेटवार्तापश्चात् ४ वटा परियोजनाका समझदारी पत्रमा हस्ताक्षर भएको छ।



चितवनको भरतपुरस्थित बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्टशन निर्माण सम्बन्धी परियोजनाको र निजामती कर्मचारी अस्पतालको विस्तार गर्न सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। जसमा नेपालको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र चीनको तर्फबाट सिड्काका अध्यक्षले हस्ताक्षर गरे।



भरतपुरस्थित बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १८३४ वर्ग मिटर क्षेत्रमा फैलिएको बोनम्यारो क्यान्सर उपचार केन्द्रको निर्माण तथा आवश्यक मेसिनरीको जडान हुनेछ। यसबाट बोनम्यारो क्यान्सरको उपचारमा उल्लेख्य योगदान पुग्नेछ। त्यस्तै निजामती कर्मचारी अस्पतालको विस्तारको सम्भाव्यता अध्ययन समेत हुनेछ। यी दुई सम्झौताको कार्यान्वयनबाट नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

यही अवसरमा नेपाल र चीनबीच मानव संशाधन विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो। यसबाट १२७० जना सरकारी कर्मचारीलाई चीनका विभिन्न संस्थाहरुले आयोजना गरेको द्विपक्षीय तथा बहुपक्षीय सेमिनारमा भाग लिने अवसर प्राप्त हुनेछ। यसबाट कर्मचारीको क्षमता अभिवृद्धिमा उल्लेख्य योगदान पुग्नेछ।

यही अवसरमा रसुवागढी केरुङ सिमापार ट्रान्समिसन लाइन निर्माणको निर्माणको सम्भाव्यता अध्ययन सम्बन्ध माइन्युटमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सिड्काका अध्यक्षले हस्ताक्षर गरे। यसबाट रसुवागढी केरुङ ट्रान्समिसन लाइन निर्माण सम्बन्धी सम्भाव्यता अध्ययनको काम अगाडि बढ्नेछ।

कार्यक्रममा अर्थमन्त्री पौडेलले नेपाल चीन बहुआयामिक सम्बन्धमा चर्चा गर्दै नेपाल भ्रमण गरेकोमा सिड्काका अध्यक्षलाई धन्यवाद दिए। साथै उच्चस्तरीय भ्रमणले दुई पक्षीय सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने विचार व्यक्त गरे।

अर्थ सचिव घनश्याम उपाध्यायले नेपाल चीन सम्बन्धको महत्व उल्लेख गर्दै हस्ताक्षर भएका परियोजनाले नेपालको स्वास्थ्य क्षेत्र, मानव संसाधन विकास र सीमापार विद्युत व्यापारमा योगदान पुग्ने र यसबाट नेपाली जनताको लागि फाइदाजनक हुने बताए। उनले आगामी दिनमा मित्रराष्ट्र चीनको तर्फबाट पूर्वाधार निर्माणमा थप सहयोग हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका केन्द्रीय कमिटी सदस्यहरूले राष्ट्रिय महाधिवेशनमा राखिएको ७० वर्षे उमेर हदको व्यवस्था हटाउँदा पार्टी नेतृत्वले दिएका तर्कमाथि प्रश्न उठाएका छन् । सोमबार सुरु केन्द्रीय कमिटी बैठकमा एमाले नेताहरुले विगतमा नेतृत्वको बहिर्गमनको विधि निर्माण भए पनि अहिले व्यक्तिलाई हेरेर विधि बदलिएकामा आपत्ति जनाए । नेताहरू रचना खड्का, दीवाकर देवकोटा, अरविन्द सिंह लगायतले यस्तो विषय उठाएका हुन् ...
। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३२ वर्षीय भारतीय नागरिक धर्मेश रसिकभाइ चौनारा छन् । उनलाई १४ किलो २१० ग्राम गाँजासहित विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । उनी थाई एयरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौं आएका थिए । उनले बोकेको सुटेकसमा उक्त गाँजा भेटिएको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान ...
। मलेसियामा वैदेशिक रोजगारीका लागि कलिङ भिसा निकालिएको भन्‍ने सूचना भ्रामक रहेको मलेसियास्थित नेपाली दूतावासले प्रस्ट पारेको छ । दूतावासले सोमबार सूचना जारी गर्दै नेपाली राजदूतावासबाट मागपत्र प्रमाणीकरण नभइकन अवैधानिक मार्गबाट नेपाली श्रमिकहरुलाई मलेसियामा पठाउनका लागि मलेसियामा रहेका कुनै पनि कम्पनीहरुको प्रलोभनमा नपर्न नेपालका मेनपावर व्यवसायीहरुलाई सचेत गराएको छ । साथै वैदेशिक रोजगारीमा मलेसियमा आउन चाहने नेपाली ...
। नाबालिका भतिजीको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका एक व्यक्तिलाई जिल्ला अदालत मोरङले आजीवन कैद सजाय सुनाएको छ । मोरङको धनपालथान गाउँपालिका– ५ का २२ वर्षीय अनिश सरदारलाई थुनछेक बहसकै दिन जिल्ला अदालत मोरङले आजीवन कैद सजाय सुनाएको हो । उनले गत असार १४ गते राति भतिजी ७ वर्षीया नाबालिकाको जबर्जस्ती करणीपछि हत्या गरी घरबाट झन्डै सय ...
। नारायणी नदीमा पौडी खेल्न गएका एक किशोरको डुबेर मृत्यु भएको छ । आज ३:३० बजेको समयमा भरतपुर महानगरपालिका–१६ गणेश मन्दिर नजिकै नारायणी नदीको छेउमा जमेको पानीमा पौडी खेल्न गएका भरतपुर–१५ सूर्यनगरका १५ वर्षीय किशोर मेक्सन पुन मगरको डुबेर मृत्यु भएको हो। उनीसहित पाँच जना साथीहरु पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका ...