मुख्य समाचार
भियतनाममा खराब मौसमका कारण पर्यटक सवार डुङ्गा पल्टिँदा कम्तीमा ३७ जनाको मृत्यु
भियतनाममा खराब मौसमका कारण पर्यटक सवार डुङ्गा पल्टिँदा कम्तीमा ३७ जनाको मृत्यु

: भियतनाममा खराब मौसमका कारण पर्यटक सवार डुङ्गा पल्टिँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ। उत्तरी भियतनामको लोकप्रिय पर्यटकीयस्थल हालोङ खाडीमा उक्त दुर्घटना भएको हो।



रिपोर्टका अनुसार धेरैजसो यात्रु भियतनामको राजधानी हनोइबाट आएका थिए। उद्धारकर्मीहरूले ११ जनालाई पानीबाट जीवितै उद्धार गरिएको बीबीसीमा समाचार छ।



पर्यटकहरू डुंगा चढेर रमाइरहेका बेला अचानक तुफान आएको थियो । सो तुफानले डुंगा पल्टाइदिएको स्थानीय मिडियाहरूले उल्लेख गरेका छन् । उद्धारकर्मीहरूले भारी वर्षाका कारण बेपत्ता खोजीमा कठिनाइ भइरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उत्तरी ढाकास्थित एक क्याम्पस परिसरमा बंगालादेशी सेनाको जेट विमान दुर्घटनाग्रस्त भएको छ । एसोसिएट प्रेसले सेना र अग्नि नियन्त्रकहरुलाई उद्धृत गर्दै घटनामा एकको मृत्यु भएको र अन्य केही घाइते भएको उल्लेख गरेको छ । बंगालादेशको स्थानीय जमुना टीभीका अनुसार दुर्घटनाका बेला कलेज परिसरमा विद्यार्थीहरु बाहिरै थिए । टेलिभिजन फुटेजमा दुर्घटनास्थलबाट आगोको मुस्लो माथिसम्म गएको र ...
: बंगलादेश वायुसेनाको एफ–७ प्रशिक्षण विमान दुर्घटनाग्रस्त भएको छ। आज दिउँसो बंगलादेशको राजधानी ढाकाको उत्तरा क्षेत्रको दियाबारी क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको हो। विमान माइलस्टोन कलेजको उत्तरी क्याम्पस नजिकै खसेकाले विद्यार्थी ज्यान जोगाउन दौडिरहेको देखिन्छ। हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गरे। एफ–७ चिनियाँ विमान हो। दुर्घटनामा एक जनाको मृत्यु भएको छ। केही ...
— गाजाको देर अल–बलाह क्षेत्र खाली गर्ने इजरायली सेनाको आदेशमा संयुक्त राष्ट्रसंघले चिन्ता जनाएको छ । संयुक्त राष्ट्रको मानविय मामलाको एजेन्सी अफ फर द कोअर्डिनेशन अफ ह्यूम्यानेटेरियन अफेयर्सले यो आदेशले २१ लाख नागरिक गाजापट्टीको १२ प्रतिशत क्षेत्रमा सिमित भएको र आवश्यक सेवा ठप्प भएको बताएको बीबीसीले उल्लेख गरेको छ । आइतबार इजरायलको डिफेन्स फोर्सले देर अल–बलाह क्षेत्रमा ...
युद्धविराम घोषणापछि पनि सिरियामा झडप, ९०० भन्दा बढीको मृत्यु
— दक्षिण कोरियामा पाँच दिनसम्म परेको भारी वर्षाले आइतबारसम्म कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अझै १२ जना हराइरहेको सरकारले जनाएको छ । गृह तथा सुरक्षा मन्त्रालयका अनुसार आइतबार भारी वर्षाका कारण घर भत्किँदा एक जना तथा सियोलको उत्तरपूर्वमा पर्ने गाप्योङ सहरमा खोलाले बगाएर अर्का एक जनाको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार शनिबार परेको भीषण वर्षापछि ...