मुख्य समाचार
(एन्फा)सँगको विवादपछि नेपाली महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डले राजीनामा दिएका छन्
(एन्फा)सँगको विवादपछि नेपाली महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डले राजीनामा दिएका छन्

: अखिल नेपाल फुटबल संघ (एन्फा)सँगको विवादपछि नेपाली महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डले राजीनामा दिएका छन्। उनको राजीनामा पत्र केहीदिन अघि इमेलमार्फत आएको एन्फा स्रोतले बताएको छ।



उज्वेकिस्तानमा एसियन कप छनोटका क्रममा एन्फासँग विवाद भएपछि प्रमुख प्रशिक्षक प्याट्रिक नेपाल फर्किएका थिएनन्। उनले एक अन्तर्वार्ता एन्फालाई विभिन्न आरोप लगाएका थिए। उनले एन्फा नसुध्रिए आफू नेपाल नफर्कने भन्दै उज्बेकिस्तानबाट आफ्नो देश बेल्जियम गएका थिए।



तर एन्फाले पत्रकार सम्मेलन गर्दै कप्तान चयनमा प्रमुख प्रशिक्षक प्याट्रिक एकतर्फी ढंगले अघि बढ्दा विवाद भएको जनाएको थियो।



एसियन कप छनोटका क्रममा भएको घटनाक्रमबारे जानकारी गराउन एन्फाले प्याट्रिकलाई पत्र पठाएको थियो। तर उनले त्यसको जवाफमा राजीनामा बुझाएका हुन्।

प्रो लाइसन्स प्राप्त प्याट्रिक गत जेठ २२ गते नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए।

एसियन कप छनोटमा नेपालले श्रीलंका र लाओसमाथि सहज जित निकालेको थियो। तर उज्बेकिस्तानसँग ३–३ गोलको बराबरी खेलेपछि टाइब्रेकरमा चुक्दा नेपाल एसियन कपमा छनोट हुन सकेको थिएन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल भलिबल लिग (एनभीएल) का लागि कर्णाली शिवराजले दोस्रो विदेशी खेलाडीका रूपमा बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ । आउटसाइड हिटर पोजिसनमा खेल्ने कुड्रासोउको आगमनसँगै कर्णाली शिवराजको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको टोलीले जनाएको छ । यसअघि कर्णाली शिवराजले पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।
: अर्जेन्टिनाका कप्तान एवं विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिममा बिताएको यात्रापछि मेसीले आफूले अब राष्ट्रिय टिमलाई थप दिन बाँकी नरहेको भन्दै संन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै यो निर्णय आफ्ना लागि निकै पीडादायी भए पनि अब समय आएको महसुस गरेको ...
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...