मुख्य समाचार
प्रहरीद्वारा खैरो हेरोइनसहित ७ जना पक्राउ
प्रहरीद्वारा खैरो हेरोइनसहित ७ जना पक्राउ

— मकवानपुर प्रहरीले विभिन्न स्थानवाट खैरो हेरोइनसहित सात जनालाई पक्राउ गरेको छ । शुक्रबार र शनिबार दुई दिनमा विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा दुईु किशोरी पनि छन् ।


पक्राउ पर्नेहरुको साथबाट प्रहरीले ६ ग्राम ९१० मिलिग्राम खैरोहेरोइन बरामद गरेको थियो । लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयबाटसमेत संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा–१ का २० वर्षीय सतिस लामा, हेटौंडा–५, सानोपोखराका २० वर्षीय सन्जिव लामा, भिमफेदी गाउँपालिका–२, कालिकाटारका १९ वर्षीया सन्ध्या पाख्रिन, मकवानपुरगढी गाउँपालिका–२, बाँसपानीकी १९ वर्षीया सन्ध्या घलानको साथबाट लागुऔषध खैरो हेरोइन २ ग्राम २१० मिलिग्राम बरामद गरेको जनाइएको छ ।

यसैगरी हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट ना ३७ प ६४४९ नम्बरको मोटरसाइकल चालक पर्सा जिल्लाको पोखरिया नगरपालिका–१, बनकटवाका २७ वर्षीय अकलेश महतो कुशहवाको साथबाट २ ग्राम ९१० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।

यस्तै सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका–६ घर भई हाल हेटौंडा–९, लामसुरेका ३६ वर्षीय शैलेन्द्र चौधरी र सप्तरी जिल्लाको राजगढ गाउँपालिका–२, बनैनिया घर भई हाल जिल्ला हेटौंडा–१० मा बस्दै आएका ३६ वर्षीय अजय सिंहको साथबाट १ ग्राम २८० मिलिग्राम खैरो हेरोइन बरामद भएको छ ।

पक्राउ परेका सबैलाई लागुऔषधसम्बन्धी मुद्दामा कारबाही अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सत्तारुढ कांग्रेसका ६ जना पूर्वपदाधिकारी चाक्सबारीमा भेला भएका छन् । पूर्वमहामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा कांग्रेसका ६ जना पूर्वपदाधिकारी भेला भएका हुन् । सोमबार साढे ३ बजेदेखि जारी भेलामा उपप्रधानमन्त्री सिंह, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, डा. शशांक कोइराला र विमलेन्द्र निधी सहभागी छन् । यो बैठकमा कांग्रेसका वर्तमान प्रवक्ता प्रकाशशरण ...
— २८ मेगावाट क्षमताको अपर काबेली जलविद्युत् आयोजना सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ । १७ सय ७२ मिटर लामो सुरुङ मार्ग छिचोलिएको आयोजनाले जनाएको छ । यो ताप्लेजुङको सिरिजंघा र सिदिङ्वा गाउँपालिकामा पर्छ । इन्टेकदेखि हप्पुखोला छेउसम्मको ५ किलोमिटर क्षेत्रको मुख्य प्रभावित क्षेत्र भने सिरिजंघा-१ सिनाम, २ आम्बेगुदिन र ४ तेल्लोक रहेका छन् । यस्तै ...
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताएका छन्। सोमबार सिएनआइ (नेपाल उद्योग परिसंघ) का नवनिर्वाचित पदाधिकारीहरूसँग निजी निवास खुमलटारमा भेट गर्दै प्रचण्ड यस्तो बताएका हुन्। भेटका क्रममा अध्यक्ष प्रचण्डले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान ...
— एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा विवाद र विभाजनको प्रयास गर्नेबाट सचेत हुनुपर्ने बताएका छन् । पार्टी एकढिक्का रहेको बताउँदै उनले आन्तरिक एकतालाई अझै बलियो बनाउनुपर्ने आवश्यकता रहेको पनि बताए । पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासमा सोमबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा ओलीले पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन नेता र कार्यकर्ताहरूलाई ...
: देशभर परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभास्थित कोशी राजमार्ग,पाँचथरस्थित मेची राजमार्ग र तमोर–कोरिडोर सडक खण्ड पूर्णरूपमा अवरुद्ध रहेको छ । यस्तै,नवलपरासी पूर्वको कालिगण्डकी करिडोर, रोल्पाको सहिद राजमार्ग र रुकुम पश्चिमस्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड पूर्णरूपमा ...