मुख्य समाचार
साउनको पहिलो सोमबार आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला
साउनको पहिलो सोमबार आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला

— साउनको पहिलो सोमबार आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गरिएको छ।


पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख अरुण विसेटले सो जानकारी दिँदै दिनभरमा करिब पाँच लाख भक्तजनले मूल मन्दिर प्रवेश गरेर दर्शन गर्न सक्ने पूर्वानुमा गरी व्यवस्था मिलाएको बताए।

साउन महिनाको सोमबार वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँछन् । यसका लागि विश्व सम्पदा सूचीमा सूचिकृत आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा बिहान तीन बजेदेखि नै भक्तजनको घुइँचो लागेको थियो ।

साउन महिनामा विशेष पूजाका लागि रु सात हजार ५०० भन्दा कमको टिकट नकाटिने कोषले जनाएको छ । साउने सोमबारका अवसरमा विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

भक्तजनका लागि मारवाडी समाजले निःशुल्क भोजनको व्यवस्था मिलाएको छ । यो व्यवस्था सोमबारबाहेकका दिन पनि निरन्तर हुनेछ । कोषले यस वर्षदेखि साउनको सोमबार पशुपतिनाथको दर्शन आउनेका लागि चक्रपथमा निःशुल्क बसको व्यवस्था गरेको छ ।

चक्रपथ परिक्रमा गरेर चार वटा बसले भक्तजनलाई सेवा दिने कोषले जनाएको छ । यो सेवा साउनका चार वटै सोमबार निरन्तर रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेपछि अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध राप्रपाका नेताहरू निर्वाचन आयोग पुगेका छन्। पार्टी हितविपरीत गतिविधि गरेको भन्दै अध्यक्ष लिङ्देनले गिरीलाई शुक्रबार पार्टीको केन्द्रीय सदस्यसमेत नरहनेगरी पदमुक्त गरेका थिए। अध्यक्षको उक्त निर्णयलाई मान्यता नदिन राप्रपाका नेताहरू प्रकाशचन्द्र लोहनी,धवल शमशेर राणा,कुन्ति कुमारी शाहीलगायत निर्वाचन आयोग पुगेका हुन्। उनले पार्टी अध्यक्षको निर्णयले आफूलाई अन्याय भएको ...
— मकवानपुर प्रहरीले विभिन्न स्थानवाट खैरो हेरोइनसहित सात जनालाई पक्राउ गरेको छ । शुक्रबार र शनिबार दुई दिनमा विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा दुईु किशोरी पनि छन् । पक्राउ पर्नेहरुको साथबाट प्रहरीले ६ ग्राम ९१० मिलिग्राम खैरोहेरोइन बरामद गरेको थियो । लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ...
— राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको जनाएको छ। राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत सम्भार तथा क्षमता विस्तार भइरहेको हुनाले मर्मत पूरा नभएसम्म विभागसम्बद्ध तोकिएका सेवाहरू आंशिकरुपमा अवरुद्ध भएको विभागका सूचना अधिकारी शिवराज सेढाइँले जानकारी दिए। उनका अनुसार अनलाईनमार्फत् राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तथा कार्ड वितरण सेवा, राष्ट्रिय परिचयपत्रको ...
: जिल्लाको सर्वाधिक व्यस्त सडक हो, बाग्दुला–मच्छी सडकखण्ड । दशकौंदेखि अलपत्र अवस्थामा रहेको यो सडक बजेटको सुनिश्चितता हुँदा समेत निर्माणको अन्यौलता कायमै छ । अर्बाैको लगानीमा दाङको भालुवाङ, प्यूठानको बाग्दुलाहुँदै बाग्लुङको भीमगिठे जोड्ने त्रिदेशीय सडक भारतीय एक्जिम बैंकको ऋण सहयोगमा बन्ने भनिएको थियो । तर, १० वर्षअघि निर्माण सम्झौता गरेको निर्माण कम्पनी भारतीय सरकारको कालोसूचीमा परेपछि निर्माण कार्य सुरु ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (स्वपा) सांसद सुमना श्रेष्ठले विधालय शिक्षा विधेयकमा शिक्षकहरूको अधिकांश माग पूरा भएकाले थप अडान राख्नु उचित नभएको बताएकी छन्। आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद श्रेष्ठले शिक्षकहरूसँग भएकै सहमतिका आधारमा विधेयकमा अधिकांश विषय समावेश भएको भन्दै अब पनि शिक्षकहरूले थप मागमा अडान लिन नहुने बताएकी हुन्। विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन ...