मुख्य समाचार
वर्षाका कारण पहिरोले घर भत्काउँदा रोल्पामा वृद्धको मृत्यु
वर्षाका कारण पहिरोले घर भत्काउँदा रोल्पामा वृद्धको मृत्यु

: अविरल वर्षाका कारण पहिरोले घर भत्काउँदा रोल्पामा वृद्धको मृत्यु भएको छ। जिल्लाको उत्तरी थबाङ गाउँपालिका-४ थापाखर्कका ७२ वर्षीय गोठे घर्तिमगरको मृत्यु भएको प्रहरीले जनाएको छ।



आइतबार बिहान ६ बजे भान्छा कोठामा बसिरहेका घर्तीमगरको पहिरोले पुरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो। पहिरोले १५ मिटर तल बगाएर घर्तीमगरलाई पुरेको हो। पहिरोमा पुरै शरीर पुरिएको र खुट्टा मात्र देखिएको अवस्था थियो।



घटनाबारे बिहान साढे १० बजे प्रहरीलाई फोनमार्फत जानकारी भएपछि प्रहरी घटनास्थल तर्फ हिँडेको थियो। इलाका प्रहरी कार्यालय उवाबाट प्रहरी सहायक निरीक्षक केशवराज बुढाथोकीको नेतृत्वमा ६ जना प्रहरी र इलाका प्रहरी कार्यालय थबाङबाट प्रहरी सहायक निरीक्षक रामु पौडेलको नेतृत्वमा ४ जना प्रहरी घटनास्थल पुगेका थिए।




प्रहरी घटनास्थल पुगेपछि जनप्रतिनिधि र गाउँले सहितको संयुक्त टोलीले दिउँसो सवा १५ बजे शव निकालेको थियो। मृतकका श्रीमती र छोरी सुरक्षित रहेको प्रहरीले जनाएको छ। घरको भान्छा कोठा पूर्णरूपमा क्षतिग्रस्त छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कैलालीमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका–४ मौरनिया बस्ने ५० वर्षीय रामकृष्ण चौधरी पक्राउ परेका हुन् । पीडितले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ। अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्ध लगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र अब सञ्चालन हुने परियोजनाहरुका बारेमा छलफल भएको छ। द्विपक्षीय भेटवार्तापश्चात् ४ वटा परियोजनाका समझदारी पत्रमा हस्ताक्षर ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रपतिको गरिमा सम्झाएको बताएका छन् । आइतबार भण्डारीसँगको भेटबारे पार्टी केन्द्रीय कमिटी बैठकमा सोमबार बोल्दै उनले राष्ट्रपतिको गरिमा र गणतन्त्रलाई अनावश्यक विवादमा नतान्न आग्रह गरेको जानकारी गराए । 'हिजोको भेटवार्तामा विद्या भण्डारीलाई पोलिटब्युरोको निर्णयका विषयमा आवश्यक जानकारी गराइएको छ। राष्ट्रिय राजनीति, राष्ट्रपतिको गरिमा र हाम्रो गणतन्त्रलाई अनावश्यक विवादमा ...
: रसुवागढीमा बाढीले क्षति गरेका संरचनाहरूको चीनले पुनर्निर्माण गर्ने भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ताका क्रममा चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङले रसुवामा बाढीले पुर्‍याएको भौतिक संरचनाहरूको पुनर्निर्माणमा चीनले सहयोग गर्ने बताएका हुन्। भेटवार्तामा सिड्काका अध्यक्ष सियाओदोङले भौतिक संरचनाहरूको पुनर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रक्रिया छिटो सञ्चालन हुने ...
: उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेपछि अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध राप्रपाका नेताहरू निर्वाचन आयोग पुगेका छन्। पार्टी हितविपरीत गतिविधि गरेको भन्दै अध्यक्ष लिङ्देनले गिरीलाई शुक्रबार पार्टीको केन्द्रीय सदस्यसमेत नरहनेगरी पदमुक्त गरेका थिए। अध्यक्षको उक्त निर्णयलाई मान्यता नदिन राप्रपाका नेताहरू प्रकाशचन्द्र लोहनी,धवल शमशेर राणा,कुन्ति कुमारी शाहीलगायत निर्वाचन आयोग पुगेका हुन्। उनले पार्टी अध्यक्षको निर्णयले आफूलाई अन्याय भएको ...