मुख्य समाचार
जर्मनीले पेनाल्टी सुटआउटमा फ्रान्सलाई ६–५ ले पराजित गर्दै वुमेन्स युरो २०२५ को सेमिफाइनल यात्रा तय
जर्मनीले पेनाल्टी सुटआउटमा फ्रान्सलाई ६–५ ले पराजित गर्दै वुमेन्स युरो २०२५ को सेमिफाइनल यात्रा तय

— जर्मनीले पेनाल्टी सुटआउटमा शनिबार फ्रान्सलाई ६–५ ले पराजित गर्दै वुमेन्स युरो २०२५ को सेमिफाइनल यात्रा तय गरेको छ । अतिरिक्त समयको खेल १–१ को बराबरीमा टुंगेपछि टाइब्रेकरको आवश्यकता परेको हो ।


जर्मनीले खेलको अधिकांश समय १० खेलाडीमा सीमित रहेर खेलेको थियो ।

जर्मन जितमा नायक रहे, एना काटरिन बर्गर । उनले एमले माज्री र एलिस सोमबाथको पेनाल्टी बचाइन् र आफ्नो टिमलाई अन्तिम चारमा पुर्‍याइने । अब त्यस चरणमा उसको सामना हुनेछ, स्पेनसँग । जर्मनको विश्व च्याम्पियनविरुद्धको खेल बुधबार ज्युरिचमा हुनेछ ।

महिला फुटबलको ठूला प्रतियोगितामा जर्मनी अहिलेसम्म फ्रान्सको हातबाट पराजित भएको छैन र यही क्रमलाई कायम राख्दै सुरुआती १५ मिनेटभित्र एक गोलले पछाडि रहेको स्थितिबाट खेलमा फर्केको हो । त्यति बेलासम्म जर्मनी १० खेलाडीमा समेत सीमित भइसकेको थियो ।

खेलपछि बर्गरले भनिन्, ‘म त खेल ९० मिनेटमै छिनोफानो होस भन्ने चाहन्छु । पूरा १ सय २० मिनेटको खेलमा पूरा टिमले निकै मिहिनेतले खेलेको थियो । खालि मैले केही योगदान मात्र दिएकी हुँ । त्यसैले यो जितको श्रेय टिमलाई जान्छ, मलाई होइन्, भलै खेलको निर्णय पेनाल्टीमा भयो ।’

क्याथरिन हेन्ड्रिचले रातो कार्ड खाएसँगै ग्रेस गेयोरोले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाइन् । स्जोके नुसकेनले सुरुमा जर्मनीका लागि पेनाल्टीबाट गोल गर्न चुकिन्, तर पछि उनी आफैंले बराबरी गोल गर्दै जर्मनीलाई टिममा फर्काइन् । फ्रान्स भने पछिल्ला युरोका १० संस्करणध्ये आठमा क्वाटरफाइनलमै रोकिएको छ ।

‘मलाई के लाग्दैन भने हाम्रा खेलाडीले सक्दो प्रयास गरेनन् । सबैले के बुझ्नुपर्छ भने जर्मनी फिफा वरीयताको तेस्रो स्थानमा भएको टिम हो । जर्मनीले पछाडि बसेर रक्षात्मक खेल्यो । त्यसलाई तोड्न सजिलो थिएन । जर्मनीले हामीलाई अन्त्यसम्म गाह्रो स्थितिमा राख्यो,’ फ्रान्सेली प्रशिक्षक लुरेन्ट बोनाडेइले भने ।




क्वाटरफाइनल अगाडि जर्मनीले डिफेन्डर जिगली ग्वानलाई चोट र क्यार्लोट वामसरालाई प्रतिबन्धका कारण गुमाएको थियो । यस्तै स्टार खेलाडी लेआ सलरलाई सुरुमा बेञ्चमा राखिएको थियो । त्यसमाथि १३ औं मिनेटमा हेन्डरिचले रातो कार्ड खाएपछि जर्मनी सुरुमै दबाबमा थियो, तर यो टिम कति हार नखाने थियो भने यसले उल्टै फ्रान्सलाई दबाबमा राख्यो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल भलिबल लिग (एनभीएल) का लागि कर्णाली शिवराजले दोस्रो विदेशी खेलाडीका रूपमा बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ । आउटसाइड हिटर पोजिसनमा खेल्ने कुड्रासोउको आगमनसँगै कर्णाली शिवराजको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको टोलीले जनाएको छ । यसअघि कर्णाली शिवराजले पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।
: अर्जेन्टिनाका कप्तान एवं विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिममा बिताएको यात्रापछि मेसीले आफूले अब राष्ट्रिय टिमलाई थप दिन बाँकी नरहेको भन्दै संन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै यो निर्णय आफ्ना लागि निकै पीडादायी भए पनि अब समय आएको महसुस गरेको ...
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...