मुख्य समाचार
राष्ट्रिय वनको जग्गामा वन कार्यालयले नापजोख गरेर गाडेको किलाखुटा गाउँपालिकाका जनप्रतिनिधिले उखेलेर फालिदिए
राष्ट्रिय वनको जग्गामा वन कार्यालयले नापजोख गरेर गाडेको किलाखुटा गाउँपालिकाका जनप्रतिनिधिले उखेलेर फालिदिए

: पर्साको सखुवा प्रसौनी गाउँपालिका-१ सिद्धपुरमा पर्ने राष्ट्रिय वनको जग्गामा वन कार्यालयले नापजोख गरेर गाडेको किलाखुटा गाउँपालिकाका जनप्रतिनिधिले उखेलेर फालिदिएका छन्।



सिद्धपुर गाउँका भूमिहीन दलितहरूले वर्षौदेखि खनजोत गरेर उपभोग गर्दै आएको करिब ५ बिघा जग्गामा शनिबार वन कार्यालयको टोलीले नापजोख गरेर किलाखुटा गाडेको थियो। त्यसबारे स्थानीय भूमिहीन दलितहरूले खबर गरेपछि आइतबार पुगेका गाउँपालिका अध्यक्ष यशवन्त यादव, वडाध्यक्ष वासुदेव महतो थारुसहितका जनप्रतिनिधिहरूले वन कार्यालयले गाडेको किलाखुटा उखेलेर फालिदिएका हुन्।



भूमिहीन दलितहरूले पुस्तौदेखि खनजोत गरेर खेतिपाती गर्दै आएको जग्गामा वन कार्यालयले जनप्रतिनिधिहरूसँग कुनै समन्वय र सल्लाह नै नगरेर किलाखुटा गाडेकाले आफूहरूले उखेलेर फालिदिएको गाउँपाालिका अध्यक्ष यादवले बताए। उनले भने, ‘सिद्धपुरमा झण्डै उराँव जातिका दुई अढाई सय घरधुरी छ। त्यहाँ स्थानीयको एक धुरपनि जग्गा छैन। सबै सुकुम्वासी छन्। उनीहरूले पुस्तौंदेखि गाउँ छेउको जग्गामा खेतीपाती गर्दै आफ्नो र बालबच्चाको पेट पाल्दै आएका छन्। त्यो तर वनको टोलीले उनीहरूको उठिबास नै लगाउने गरि जग्गामा किलाखुटा गाडेको खबर पाएपछि हामी त्यहाँ गयौं। सबै किलाकुटा उखेलेर फालि दियौं।’



गाउँपालिका अध्यक्ष यादवले भूमिहीन दलितहरूको लागि अर्को व्यवस्था नभएसम्मका लागि उक्त जग्गामा छेडखानी नगर्न वन कार्यालयलाई चेतावनीसमेत दिए। अध्यक्ष यादवका अनुसार दुई हप्ता पहिले वन कार्यालयका कर्मचारीसँग वनको जग्गा अतिक्रमणमुक्त गर्ने बारेमा भएको छलफलमा यादवले भूमिहीन दलितहरूका लागि अर्को व्यवस्थापन नभएसम्म जग्गामा किलाखुटा गाड्ने काम सुरु नगर्न भनेका थिए। तर आफूहरूसँग कुनै समन्वय नै नगरी शनिबार अचानक वनको टोली आएर जग्गामा किलाखुटा गाडेर भूमिहीनमाथि अत्याचार गरेको यादवले बताए।

सिद्धपुरकी स्थानीय दलित महिला सहंशा उरावले दुई पुस्तादेखि उपभोग गर्दै आएको जग्गामा वन कार्यालयको टोलीले किलाखुटा गाडेर आफूहरूको उठिवास लगाउन खोजेको गुनासो गरिन्। यस्तै पूर्व गाविस अध्यक्ष लालदेव उरावले पनि वन कार्यालयले जनविरोधी काम गरेको भन्दै आक्रोश पोखे। उनले भने, ‘पहिले भूमिहीन दलितहरूको लागि वैकल्पिक व्यवस्था गरिनुपर्छ। अनि मात्र त्यो जग्गामा वन कार्यालयले आफ्नो काम सुरु गर्नुपर्छ। त्यो नभएसम्म हामी कुनै पनि हालतमा मान्दैनौं।’

आइतबार किलाखुटा उखेल्न गएको टोलीमा गाउँपालिका अध्यक्ष यादव, वडाध्यक्ष थारु, पूर्व गाविस अध्यक्ष लालदेव उराव , कार्यपालिका सदस्य बाबुराम उराव लगायतपनि सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सत्तारुढ कांग्रेसका ६ जना पूर्वपदाधिकारी चाक्सबारीमा भेला भएका छन् । पूर्वमहामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा कांग्रेसका ६ जना पूर्वपदाधिकारी भेला भएका हुन् । सोमबार साढे ३ बजेदेखि जारी भेलामा उपप्रधानमन्त्री सिंह, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, डा. शशांक कोइराला र विमलेन्द्र निधी सहभागी छन् । यो बैठकमा कांग्रेसका वर्तमान प्रवक्ता प्रकाशशरण ...
— २८ मेगावाट क्षमताको अपर काबेली जलविद्युत् आयोजना सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ । १७ सय ७२ मिटर लामो सुरुङ मार्ग छिचोलिएको आयोजनाले जनाएको छ । यो ताप्लेजुङको सिरिजंघा र सिदिङ्वा गाउँपालिकामा पर्छ । इन्टेकदेखि हप्पुखोला छेउसम्मको ५ किलोमिटर क्षेत्रको मुख्य प्रभावित क्षेत्र भने सिरिजंघा-१ सिनाम, २ आम्बेगुदिन र ४ तेल्लोक रहेका छन् । यस्तै ...
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताएका छन्। सोमबार सिएनआइ (नेपाल उद्योग परिसंघ) का नवनिर्वाचित पदाधिकारीहरूसँग निजी निवास खुमलटारमा भेट गर्दै प्रचण्ड यस्तो बताएका हुन्। भेटका क्रममा अध्यक्ष प्रचण्डले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान ...
— एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा विवाद र विभाजनको प्रयास गर्नेबाट सचेत हुनुपर्ने बताएका छन् । पार्टी एकढिक्का रहेको बताउँदै उनले आन्तरिक एकतालाई अझै बलियो बनाउनुपर्ने आवश्यकता रहेको पनि बताए । पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासमा सोमबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा ओलीले पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन नेता र कार्यकर्ताहरूलाई ...
: देशभर परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभास्थित कोशी राजमार्ग,पाँचथरस्थित मेची राजमार्ग र तमोर–कोरिडोर सडक खण्ड पूर्णरूपमा अवरुद्ध रहेको छ । यस्तै,नवलपरासी पूर्वको कालिगण्डकी करिडोर, रोल्पाको सहिद राजमार्ग र रुकुम पश्चिमस्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड पूर्णरूपमा ...