मुख्य समाचार
युक्रेनसँगको युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शान्ति सम्झौता गर्न तयार रहेको राष्ट्रपति कार्यालयले जनाए
युक्रेनसँगको युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शान्ति सम्झौता गर्न तयार रहेको राष्ट्रपति कार्यालयले जनाए

— युक्रेनसँगको युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शान्ति सम्झौता गर्न तयार रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।


क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आइतबार सरकारी टेलिभिजनसँग कुरा गर्दै भने, ‘राष्ट्रपति पुटिन युक्रेनसँग शान्ति सम्झौता गरेर सकेसम्म चाँडो शान्तिपूर्ण निष्कर्षमा पुग्न इच्छुक हुनुहुन्छ ।’ प्रवक्ता पेस्कोभले पुटिनलाई उद्धृत गर्दै यसका लागि लामो प्रक्रियाबाट गुज्रनुपर्ने भएकाले त्यति सहज नभए पनि युद्धरत दुवै पक्षको यसमा बराबर आवश्यक प्रयास गरेमा लक्ष्य हासिल गर्न सकिने बताए ।

‘हाम्रा लागि मुख्य कुरा लक्ष्य प्राप्त गर्नु हो, हाम्रा लक्ष्यहरू स्पष्ट छन्,’ पेस्कोभले भनेका छन् । उनले यसका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि लागिपरिरहेको उल्लेख गर्दै भने, ‘त्यसो त संसार यतिबेला ट्रम्पका चर्का वक्तव्यबाजीबाट अभ्यस्त भइसकेको छ, रुसका बारेमा पनि पछिल्लो समय त्यस्तै टिप्पणीहरूमा जोड दिँदै आएका त छन्, तर रुस–युक्रेनबीच शान्ति सम्झौताको खोजीलाई पनि जारी राखेका छन् ।’

गत सोमबार नै ट्रम्पले रुसमाथि कडा रवैया अपनाउँदै नयाँ करको घोषणा गर्नुका साथै युक्रेनलाई नयाँ सैन्य हतियार सहायता गर्ने बताएका थिए, जसमा प्याट्रियट मिसाइल रक्षा प्रणालीहरू दिइने उल्लेख थियो । यसअघि ट्रम्पले रुसलाई युद्धविराममा सहमत हुन वा थप प्रतिबन्धहरूको सामना गर्न भन्दै ५० दिनको समयसीमा दिएका थिए । रुसले शान्तिवार्ताका लागि खास चासो नराखी युक्रेनमाथि निरन्तर हमला गर्न थालेपछि ट्रम्प पुटिनसँग चिढिएका थिए ।

यसअघि इस्तानबुलमा भएका दुई चरणका वार्ताबाट युद्धविरामका लागि खासै ठोस निष्कर्ष ननिस्केपछि रुस थप वार्तामा बस्न अनिच्छुक देखिँदै आएको थियो । त्यसो त उक्त वार्तापछि दुवै देशले मृतक सैनिकका शव आदानप्रदान भने गरेका थिए । पछिल्लो पटक किभले आगामी साता पुनः वार्तामा बस्न रुसलाई नयाँ प्रस्ताव गरेपछि पुटिन यसका लागि तयार रहेको खुलासा भएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...