मुख्य समाचार
बर्दियामा लागुऔषधसहित ५ जना पक्राउ
बर्दियामा लागुऔषधसहित ५ जना पक्राउ

— लागुऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट तीन दिनमा ५ जनालाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।


आइतबार दिउँसो गुलरिया नगरपालिका–८ भादास्थित भे १ ह ६८७ नम्बरको अटोमा सवार भई गुलरियातर्फ शंकास्पद रुपमा आइरहेका दुई जनालाई नियन्त्रणमा लिई जाँच गर्दा लागुऔषध फेला परेको थियो । पक्राउ पर्नेमा गुलरिया–९ टेपरीका ३० वर्षीय अवधेश यादव र ३२ वर्षीय विवेक गिरी छन् । प्रहरीले उनीहरुको साथबाट १ ग्राम २ सय २० मिलिग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ फेला पारेको छ ।

त्यसैगरी भारतबाट नेपालतर्फ साइकलमा आइरहेका बाँके बैजनाथ गाउँपालिका–५ का १९ वर्षीय गौरव थारुलाई शनिबार बढैयाताल गाउँपालिका–२ फुटाहमा जाँच गर्दा लुकाईछिपाई राखेको १ ग्राम ४ सय मिलिग्राम लागुऔषध प्रहरीले फेला पारेको थियो ।

शुक्रबार गुलरिया–७ स्थित लागुऔषध बेचबिखन भइरहेको गोप्य सुचनाको आधारमा सोही वडाका ३१ वर्षीय अशोककुमार यादवको साथबाट १ ग्राम १ सय ७० मिलिग्राम र ४३ वर्षीय रामप्रसाद रैदासको साथबाट १ सय १० मिलिग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

पाँचै जनालाई नियन्त्रणमा लिई आइतबार जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डीएसपी चक्रबहादुर डमरपालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सत्तारुढ कांग्रेसका ६ जना पूर्वपदाधिकारी चाक्सबारीमा भेला भएका छन् । पूर्वमहामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा कांग्रेसका ६ जना पूर्वपदाधिकारी भेला भएका हुन् । सोमबार साढे ३ बजेदेखि जारी भेलामा उपप्रधानमन्त्री सिंह, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, डा. शशांक कोइराला र विमलेन्द्र निधी सहभागी छन् । यो बैठकमा कांग्रेसका वर्तमान प्रवक्ता प्रकाशशरण ...
— २८ मेगावाट क्षमताको अपर काबेली जलविद्युत् आयोजना सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ । १७ सय ७२ मिटर लामो सुरुङ मार्ग छिचोलिएको आयोजनाले जनाएको छ । यो ताप्लेजुङको सिरिजंघा र सिदिङ्वा गाउँपालिकामा पर्छ । इन्टेकदेखि हप्पुखोला छेउसम्मको ५ किलोमिटर क्षेत्रको मुख्य प्रभावित क्षेत्र भने सिरिजंघा-१ सिनाम, २ आम्बेगुदिन र ४ तेल्लोक रहेका छन् । यस्तै ...
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताएका छन्। सोमबार सिएनआइ (नेपाल उद्योग परिसंघ) का नवनिर्वाचित पदाधिकारीहरूसँग निजी निवास खुमलटारमा भेट गर्दै प्रचण्ड यस्तो बताएका हुन्। भेटका क्रममा अध्यक्ष प्रचण्डले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान ...
— एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा विवाद र विभाजनको प्रयास गर्नेबाट सचेत हुनुपर्ने बताएका छन् । पार्टी एकढिक्का रहेको बताउँदै उनले आन्तरिक एकतालाई अझै बलियो बनाउनुपर्ने आवश्यकता रहेको पनि बताए । पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासमा सोमबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा ओलीले पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन नेता र कार्यकर्ताहरूलाई ...
: देशभर परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभास्थित कोशी राजमार्ग,पाँचथरस्थित मेची राजमार्ग र तमोर–कोरिडोर सडक खण्ड पूर्णरूपमा अवरुद्ध रहेको छ । यस्तै,नवलपरासी पूर्वको कालिगण्डकी करिडोर, रोल्पाको सहिद राजमार्ग र रुकुम पश्चिमस्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड पूर्णरूपमा ...