मुख्य समाचार
ओलीले भण्डारी र शेखर कोइरालासँग जोडिएर भएका राजनीतिक गतिविधिबारे मन्त्रिपरिषद् बैठकमा ब्रिफिङ
ओलीले भण्डारी र शेखर कोइरालासँग जोडिएर भएका राजनीतिक गतिविधिबारे मन्त्रिपरिषद् बैठकमा ब्रिफिङ

: प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपतिसमेत रहेकी एमाले नेतृ विद्या भण्डारी र नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग जोडिएर भएका राजनीतिक गतिविधिबारे मन्त्रिपरिषद् बैठकमा ब्रिफिङ गरेका छन्।



प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा उनले भण्डारीसँग आइतबार भएको भेटका विषयमा पनि चर्चा गरेका छन्।



ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा भण्डारीसँग राम्रो छलफल भएको प्रधानमन्त्री ओलीले बताए। मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले केही व्यक्तिहरूले विद्या भण्डारीलाई सक्रिय राजनीतिमा आउन उकासेको र बढी प्रचारबाजी गरेको बताएका थिए।



'उहाँसँग निकै नै राम्रो छलफल भयो। उहाँलाई ज-जसले उकास्दै आएका छन्। आजदेखि त्यो पनि बन्द भएको छ। हामी दुवै जना आजदेखि 'क्लियर' भएका छौं,' बैठकमा प्रधानमन्त्री ओलीले भने। पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किने कि नफर्किने विषयमा भने प्रधानमन्त्री ओलीले स्पष्टरुपमा नखुलाएको एक मन्त्रीको भनाइ छ।

null

त्यस्तै बैठकमा नेपाली कांग्रेस नेता शेखर कोइरालाको विषयले पनि मन्त्रिपरिषद् बैठकमा प्रवेश पाएको थियो। प्रधानमन्त्री ओलीले कोइरालाले संसदमा गणितीय अभ्यास गर्न खोजे आरोप लगाएका थिए। तर, कोइरालाको प्रयास सम्भव नहुने ओलीले मन्त्रीहरूलाई भनेका थिए। 'उहाँ (कोइराला)ले संसदको गणितीय अभ्यासमा चलखेल गर्न खोज्नुभएको थियो। त्यसका लाग राजनीतिक सक्रियता पनि देखाउनु भएकै हो। तर, अब त्यो सम्भव छैन,' प्रधानमन्त्री ओलीले भने।

कोइरालाले केही दिनअघि मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग खुमलटारमा भेटवार्ता गरेका थिए। त्यसपछि भण्डारीसँग पनि उनले राजनीतिक विषयमा छलफल गरेका थिए। आइतबारमात्रै कोइरालाले आफू पक्षीय सांसदहरूसँग एक होटलमा छलफलमा जुटेका छन्।

प्रधानमन्त्री ओलीले आइतबार भण्डारीसँग डेढ घन्टा 'वान टु वान' छलफल गरेका थिए। उनले यिनै विषयमा केन्द्रित रहेर छलफल गरेको स्रोतको भनाइ छ। एमाले नेतृ भण्डारीले पनि प्रधानमन्त्री ओलसँग देशको राजनीतिको विषयमा छलफल गरेको बताएकी थिइन्।

भेटवार्तापछि सञ्चारकर्मीसँग भनिन्, 'अहिलेको समसामयिक राष्ट्रिय राजनीतिका विषयमा कुराकानी भयो। अरु विषय आधिकारिक च्यानलमार्फत सञ्चारमाध्यमलाई जानकारी हुन्छ।' भण्डारीले सदस्यता नवीकरण पहिल्यै भइसकेकाले त्यसमा कुनै विवाद नरहेको बताएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सत्तारुढ कांग्रेसका ६ जना पूर्वपदाधिकारी चाक्सबारीमा भेला भएका छन् । पूर्वमहामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा कांग्रेसका ६ जना पूर्वपदाधिकारी भेला भएका हुन् । सोमबार साढे ३ बजेदेखि जारी भेलामा उपप्रधानमन्त्री सिंह, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, डा. शशांक कोइराला र विमलेन्द्र निधी सहभागी छन् । यो बैठकमा कांग्रेसका वर्तमान प्रवक्ता प्रकाशशरण ...
— २८ मेगावाट क्षमताको अपर काबेली जलविद्युत् आयोजना सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ । १७ सय ७२ मिटर लामो सुरुङ मार्ग छिचोलिएको आयोजनाले जनाएको छ । यो ताप्लेजुङको सिरिजंघा र सिदिङ्वा गाउँपालिकामा पर्छ । इन्टेकदेखि हप्पुखोला छेउसम्मको ५ किलोमिटर क्षेत्रको मुख्य प्रभावित क्षेत्र भने सिरिजंघा-१ सिनाम, २ आम्बेगुदिन र ४ तेल्लोक रहेका छन् । यस्तै ...
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताएका छन्। सोमबार सिएनआइ (नेपाल उद्योग परिसंघ) का नवनिर्वाचित पदाधिकारीहरूसँग निजी निवास खुमलटारमा भेट गर्दै प्रचण्ड यस्तो बताएका हुन्। भेटका क्रममा अध्यक्ष प्रचण्डले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान ...
— एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा विवाद र विभाजनको प्रयास गर्नेबाट सचेत हुनुपर्ने बताएका छन् । पार्टी एकढिक्का रहेको बताउँदै उनले आन्तरिक एकतालाई अझै बलियो बनाउनुपर्ने आवश्यकता रहेको पनि बताए । पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासमा सोमबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा ओलीले पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन नेता र कार्यकर्ताहरूलाई ...
: देशभर परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभास्थित कोशी राजमार्ग,पाँचथरस्थित मेची राजमार्ग र तमोर–कोरिडोर सडक खण्ड पूर्णरूपमा अवरुद्ध रहेको छ । यस्तै,नवलपरासी पूर्वको कालिगण्डकी करिडोर, रोल्पाको सहिद राजमार्ग र रुकुम पश्चिमस्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड पूर्णरूपमा ...