मुख्य समाचार
कोइरालाले सरकारको नेतृत्व गरिरहेको एमालेले संघीय निजामती विधेयकबाट 'कुलिङ अफ पिरियड' हटाउन पर्ने भनी राखेको संशोधन प्रस्तावको विरोध
कोइरालाले सरकारको नेतृत्व गरिरहेको एमालेले संघीय निजामती विधेयकबाट 'कुलिङ अफ पिरियड' हटाउन पर्ने भनी राखेको संशोधन प्रस्तावको विरोध

— सत्तारुढ कांग्रेसका सांसद डा. शेखर कोइरालाले सरकारको नेतृत्व गरिरहेको एमालेले संघीय निजामती विधेयकबाट 'कुलिङ अफ पिरियड' हटाउन पर्ने भनी राखेको संशोधन प्रस्तावको विरोध गरेका छन् । एमालेले निजामती विधेयकमा राखिने प्रस्तावमा दोहोरो चरित्र देखाएर देश र जनतासँगै सत्तारुढ गठबन्धनलाई धोका दिएको पनि कोइरालाको प्रतिक्रिया छ ।


एमाले प्रमुख सचेतक गोपाल भट्टराईको नेतृत्वमा सांसदहरू सोनाम गेल्जेन शेर्पा, सुमित्रा बिसी, इन्दिरादेवी गौतम, रुक्मणी कोइरालाले सामूहिक रूपमा राखेको संशोधनमा 'कुलिङ अफ पिरियड' हटाउनुपर्ने प्रस्ताव छ । विधेयकको दफा ८२ (४) मा राज्यव्यवस्था समितिले कुलिङ अफ पिरियडको व्यवस्था थप गरेको थियो ।

उक्त प्रस्तावको विरोधमा प्रतिनिधिसभा सदस्य कोइरालाले आपत्ति जनाएका हुन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत एमालेको उक्त प्रस्तावको विरोध जनाएका हुन् । 'एमालेका सांसदहरूले राष्ट्रिय सभामा संघीय निजामती विधेयकमा हालेको संशोधन आपत्तिजनक छ । गठबन्धनका दलबीच भएको सहमति र समितिमा भएको सर्वसम्मती विपरीत यसरी आफ्ना सांसदहरूलाई संशोधन हाल्न लगाउनु एमालेको दोहोरो चरित्र मात्र नभई उसले देश, जनता, लोकतन्त्र र गठबन्धनलाई दिएको धोका हो,' कोइरालाले लेखेका छन्, 'कांग्रेसले यस सम्बन्धमा एमालेको आधिकारिक धारणा माग गर्नुपर्छ साथै सबै मिलेर एमालेले हालेको संशोधन पास हुन दिनु हुन्न । कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ । कोही दुविधामा नपरे हुन्छ ।'

राष्ट्रिय सभामा एमालेका सांसदहरूले निजामती विधेयकमाथि प्रतिनिधिसभाको राज्यव्यवस्था समितिले थप गरेको प्रावधान हटाउनुपर्ने भनी संशोधन प्रस्ताव दर्ता गरेका छन् । 'प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदनको बुँदा नम्बर ४ झिक्ने' दफा ८२मा एमालेका सांसदहरूले राखेको संशोधन छ । राज्यव्यवस्था समितिले सर्वसम्मत निर्णयबाट निजामती सेवासम्बन्धी विधेयकको दफा ८२ (४) मा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन’ प्रावधान राखेको थियो ।

निजामती सेवाको नेतृत्व गरिरहेका मुख्यसचिव एकनारायण अर्याल, संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयसँगै नेपाल सरकारका सचिवहरूले उक्त प्रावधानको विरोध गरेका थिए । एमालेका कतिपय नेताहरूले पनि उक्त व्यवस्थाको विरोध गरेका थिए ।

विधेयकमा समितिले पारित गरेको व्यवस्था खण्डित हुने गरी प्रतिवेदनमा अर्को प्रावधान यथावत राखिएको थियो । कुलिङ अफ पिरियडको व्यवस्थालाई खण्डित हुने गरी दफा ८२ (५ क) मा संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा मात्र नियुक्ति लिन नपाइने भन्ने व्यवस्था राखिएको थियो । समितिको प्रतिवेदनसहित विधेयक प्रतिनिधिसभाले पारित गरेको थियो ।

समितिले पारित गरेको व्यवस्था खण्डित हुने प्रावधान राखिएपछि प्रतिनिधिसभामाले कांग्रेस सांसद जीवन परियारको सभापतित्वमा छानबिन समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सत्तारुढ कांग्रेसका ६ जना पूर्वपदाधिकारी चाक्सबारीमा भेला भएका छन् । पूर्वमहामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा कांग्रेसका ६ जना पूर्वपदाधिकारी भेला भएका हुन् । सोमबार साढे ३ बजेदेखि जारी भेलामा उपप्रधानमन्त्री सिंह, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, डा. शशांक कोइराला र विमलेन्द्र निधी सहभागी छन् । यो बैठकमा कांग्रेसका वर्तमान प्रवक्ता प्रकाशशरण ...
— २८ मेगावाट क्षमताको अपर काबेली जलविद्युत् आयोजना सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ । १७ सय ७२ मिटर लामो सुरुङ मार्ग छिचोलिएको आयोजनाले जनाएको छ । यो ताप्लेजुङको सिरिजंघा र सिदिङ्वा गाउँपालिकामा पर्छ । इन्टेकदेखि हप्पुखोला छेउसम्मको ५ किलोमिटर क्षेत्रको मुख्य प्रभावित क्षेत्र भने सिरिजंघा-१ सिनाम, २ आम्बेगुदिन र ४ तेल्लोक रहेका छन् । यस्तै ...
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताएका छन्। सोमबार सिएनआइ (नेपाल उद्योग परिसंघ) का नवनिर्वाचित पदाधिकारीहरूसँग निजी निवास खुमलटारमा भेट गर्दै प्रचण्ड यस्तो बताएका हुन्। भेटका क्रममा अध्यक्ष प्रचण्डले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान ...
— एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा विवाद र विभाजनको प्रयास गर्नेबाट सचेत हुनुपर्ने बताएका छन् । पार्टी एकढिक्का रहेको बताउँदै उनले आन्तरिक एकतालाई अझै बलियो बनाउनुपर्ने आवश्यकता रहेको पनि बताए । पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासमा सोमबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा ओलीले पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन नेता र कार्यकर्ताहरूलाई ...
: देशभर परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभास्थित कोशी राजमार्ग,पाँचथरस्थित मेची राजमार्ग र तमोर–कोरिडोर सडक खण्ड पूर्णरूपमा अवरुद्ध रहेको छ । यस्तै,नवलपरासी पूर्वको कालिगण्डकी करिडोर, रोल्पाको सहिद राजमार्ग र रुकुम पश्चिमस्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड पूर्णरूपमा ...