मुख्य समाचार
मधेशमा ४६ प्रतिशत मात्रै रोपाइँ
मधेशमा ४६ प्रतिशत मात्रै रोपाइँ

— धानको राजधानी मानिने मधेश प्रदेशमा साउन पहिलो हप्ता लाग्दासमेत उल्लेख्य रोपाइँ हुन सकेको छैन । मधेशमा आइतबारसम्म धान फल्ने आधा क्षेत्रमा पनि रोपाइँ भएको छैन ।


सात प्रदेशमध्ये सबैभन्दा काम रोपाइँ मधेशमा भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मधेशमा ३ लाख ७२ हजार ६ सय ४५ हेक्टरमा बर्खे धान रोपाइँ हुन्छ । तर साउन ४ सम्म १ लाख ७४ हजार ५ सय ८ हेक्टर अर्थात् ४६.८३ प्रतिशत मात्रै रोपाइँ भएको छ ।

गत वर्षको सोही अवधिमा झन्डै दोब्बरले रोपाइँ भएको केन्द्रको तथ्यांक छ । २०८१ असार साउन ६ गतेसम्म ८०.६ प्रतिशत रोपाइँ भएको थियो । मधेशमा धान रोपाइँ नहुनुको प्रमुख कारण सिँचाइ अभाव नै हो । नेपालमा मनसुनमा आधारित खेती प्रणाली हुन्छ । सिँचाइ अभावले समयमै रोपाइँ हुन नसकेको कृषि अनुसन्धान परिषद् (नार्क) ले जनाएको छ । अब भने मधेशमा पानी पर्ने मौसमविद्हरूको भनाइ छ । मौसमविद् शान्ति कँडेलले मधेशमा केही दिन वर्षाको सम्भावना रहेको जनाइन् । त्यस्तै आइतबार राति भने भारी वर्षाको सम्भावना छ ।

मधेशपछि कोशी पनि कम रोपाइँ भएको प्रदेश हो । कोशीमा ६१.७९ प्रतिशत रोपाइँ भएको केन्द्रले जनाएको छ । यस प्रदेशमा २ लाख ७६ हजार ३ सय ८६ हेक्टरमा रोपाइँ हुन्छ । यसमध्ये १ लाख ७० हजार ७ सय ९० हेक्टर रोपाइँ भइसकेको छ । गत वर्षको साउन ६ गतेसम्म ८२.७ प्रतिशत रोपाइँ भएको थियो ।

केन्द्रका अनुसार सबैभन्दा धेरै सुदूरपश्चिममा ९६.९९ प्रतिशत धान रोपाइँ भएको छ । यस प्रदेशमा १ लाख ७६ हजार १ सय ५१ हेक्टरमा रोपाइँ हुन्छ । यसमध्ये १ लाख ७० हजार ८ सय ४३ हेक्टर रोपाइँ भइसकेको छ । गत साउन ६ सम्म यस प्रदेशमा ९६.३ प्रतिशत रोपाइँ भएको थियो ।

दोस्रोमा कर्णालीमा ८७.९३ प्रतिशत रोपाइँ भएको छ । यस प्रदेशमा ४० हजार ८ सय ८४ हेक्टरमा रोपाइँ हुन्छ । गत साउन ६ सम्म यस प्रदेशमा ९३ प्रतिशत रोपाइँ भएको थियो । पहाडतिर जेठ दोस्रो सातादेखि नै रोपाइँ सुरु भएको थियो । यस क्षेत्रमा उत्साहजनक रोपाइँ भएको छ । केन्द्रका अनुसार लुम्बिनीमा पनि ८७.९३ प्रतिशत रोपाइँ भएको छ । यस प्रदेशमा ३ लाख २ हजार ९ सय ३९ हेक्टरमा रोपाइँ हुन्छ ।

गण्डकी प्रदेशमा ७९.२८ प्रतिशत रोपाइँ भएको केन्द्रको तथ्यांक छ । गत वर्ष साउन ६ सम्म ८४.३ प्रतिशत मात्र रोपाइँ भएको थियो । गण्डकीमा ९४ हजार १ सय ८२ हेक्टरमा रोपाइँ हुन्छ । बागमतीमा पनि गत वर्षभन्दा बढी रोपाइँ भएको छ । साउन ४ सम्म ८७.१९ प्रतिशत रोपाइँ भएको छ । यस प्रदेशमा १ लाख २० हजार ५ सय ४५ हेक्टरमा रोपाइँ हुन्छ । गत वर्ष साउन ६ सम्म ८५.५ प्रतिशत रोपाइँ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गृहमन्त्री सुधन गुरुङले स्तरोन्नतिको क्रममा रहेको नागढुंगा–मुग्लिङ सडक आयोजनाको स्थलगत अनुगमन गरेका छन् । त्यस क्रममा उनले निर्माण कार्यमा ढिलासुस्ती गर्ने र गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । उनले भने, ‘काममा कुनै पनि बहानामा ढिलासुस्ती सह्य हुने छैन । यदि सम्झौताअनुसार काम भएन र गुणस्तरमा सम्झौता गरियो भने ...
— सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा सुरुङमार्गको सम्झौता सम्पन्न मिति एक वर्षमात्रै बाँकी रहँदा ६७.२७ प्रतिशत भौतिक प्रगति भएको छ । २०८३ चैत ८ गते सम्झौता सम्पन्न मिति सकिनेछ । तर कामले भने पछिल्लो समय गति लिन सकेको छैन । सुरुङ ‘ब्रेक थ्रु’ सम्म तीव्र गतिमा काम गरेको निर्माण कम्पनी पछिल्लो समय सुस्ताएपछि कामले तीव्रता नपाएको हो ...
— पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएपछि बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै शनिबार (चैत २८)देखि लागू हुने गरी नयाँ भाडादर कायम गरेको हो । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयमातहतको भाडा निर्धारण तथा समायोजन समितिको शुक्रबारको बैठकले काठमाडौं ...
: झापाको बुद्धशान्ति गाउँपालिका–३ धाईजनस्थित मेची राजमार्गमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। मृत्यु हुनेमा इलाम नगरपालिका–६ का अन्दाजी २५ वर्षीय भूपेन्द्र श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार आज अपराह्न करिब साढे ४ बजेको समयमा चारआलीबाट बुधबारेतर्फ आउँदै गरेको प्र १ ...
: दाङको तुलसीपुरमा इँट्टाभट्टाको पर्खाल भत्किँदा च्यापिएर एक मजदुरको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । आइतबार तुलसीपुर उपमहानगरपालिका–१६, जहदागाउँस्थित सेवा इँट्टाभट्टामा काम गरिरहेका बेला अचानक पर्खाल भत्किएको हो । पर्खालले च्यापिँदा भारतको बहराइच जिल्ला सरैया निवासी ३० वर्षीय तीर्थराम पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि उनलाई ...