मुख्य समाचार
रुपन्देहीको भैरहवास्थित भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा ९५ अर्ब १९ करोड ३८ लाख ९९ हजार राजस्व असुली
रुपन्देहीको भैरहवास्थित भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा ९५ अर्ब १९ करोड ३८ लाख ९९ हजार राजस्व असुली

— रुपन्देहीको भैरहवास्थित भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा ९५ अर्ब १९ करोड ३८ लाख ९९ हजार राजस्व असुली गरेको छ । गत वर्ष साउनदेखि असार मसान्तसम्म उक्त रकम संकलन गरेको हो । उक्त असुली लक्ष्यको ८७ दशमलव ०७ प्रतिशत रहेको छ ।


गत आर्थिक वर्ष भन्सारले १ खर्ब ९ अर्ब ३३ करोड २२ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन लक्ष्य राखेको थियो । कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अनुसार गत वर्ष लक्ष्यको नजिक राजस्व संलकन भएको हो । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा असुलीमा सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्ष ८० अर्ब ८४ करोड १७ लाख ४८ हजार राजस्व संलकन भएको थियो ।

सूचना अधिकारी चौधरीका अनुसार गत वर्ष पैठारीका आधारमा सबैभन्दा धेरै मोटरसाइकल आयात गरिएको थियो । उक्त अवधिमा १६ अर्ब ९१ करोड ८५ लाख ४४ हजारका सबै प्रकारका १ लाख ४४ हजार १ सय ९४ थान मोटरसाइकल आयात गरिएको थियो । त्यसबापत १७ अर्ब २१ करोड २१ लाख २७ हजार राजस्व संकलन भएको थियो । दोस्रो नम्बरमा जिप, कार, भ्यान आयात गरिएको छ । गत वर्ष ४ अर्ब १५ करोड १५ लाख ३८ हजारका ३ हजार ७ सय ६१ थान यस्ता सवारीसाधन आयात गरिएको थियो । यसबाट १० अर्ब ३५ करोड ४७ लाख ९६ हजार राजश्व असुली भएको थियो ।

त्यस्तै, ६ अर्ब ८९ करोड ११ लाख ९ हजार मूल्यको ७० हजार केएल पेट्रोल आयातबाट ३ अर्ब ९७ करोड १५ लाख ६८ हजार राजस्व संकलन भएको छ । असुलीमा योगदान गर्ने अन्य प्रमुख वस्तुमा विद्युतीय सवारीका साधन, डबल पिकअप गाडी, शुद्ध फलाम, मोबाइल/टेलिफोन, एमएस बिलेट, चकलेट र एलपी ग्यास रहेका छन् ।

प्रमुख १० वस्तुको राजस्वमा योगदान ४४ अर्ब ८८ करोड ५३ लाख २७ हजार रहेको छ । यो कुल राजस्व असुलीको ४७ दशमलव १५ प्रतिशत रहेको सूचना अधिकारी चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— वर्षाले दोलखाको उत्तरी क्षेत्र सुनखान–साङ्बा सडकमा क्षति गरेपछि यातायात ठप्प भएको छ । शनिबार राति परेको वर्षाले उक्त सडकखण्डअन्तर्गत कालिञ्चोक गाउँपालिका–६ मा क्षति पुर्‍याएपछि पाँच वटा वडा सडक सम्पर्कविहीन भएका छन् । कालिञ्चोक खोलामा आएको बाढीले विगु–८ र कालिञ्चोक–२ जोड्ने पैदलमार्गको ढालानको पुल बगाएको छ । त्यस्तै सोही खोलाको बाढीले ह्यामपाइप बगाउँदा सिंगटी–बाबरे सडकखण्डमा यातायात ...
— आफूहरूको माग पूरा गर्नुपर्ने माग राख्दै कारागार कार्यालय कास्कीमा कैदीले नाराबाजी गरेका छन् । कैदीले आइतबार साँझ ५ बजेदेखि नाराबाजी गरिरहेका छन् । अहिले जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिबहादुर बस्नेत र वडा प्रहरी कार्यालय कास्कीका डीएसपी सन्तोष निरौला कारागार कार्यालयमा पुगेका छन् । अहिले कारागारमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । कैदीको मागबारे केही खुलिसकेको ...
— चिलिमे जलविद्युत् कम्पनी मुख्य प्रवर्द्धक रहेको सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोसी जलविद्युत् आयोजनाले एक महिनाभित्र परीक्षण उत्पादन गर्ने भएको छ। हाल आयोजनाअन्तर्गत सुरुङमा पानी प्रवाह गराई ‘वेट टेस्टिङ’ तथा पावर हाउसका मेसिनहरूको जाँचको काम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन समयमै निर्माण गर्न नसकेकाले ढिलाइ भएको विद्युत् उत्पादन अब एक महिनाभित्र ...
— धानको राजधानी मानिने मधेश प्रदेशमा साउन पहिलो हप्ता लाग्दासमेत उल्लेख्य रोपाइँ हुन सकेको छैन । मधेशमा आइतबारसम्म धान फल्ने आधा क्षेत्रमा पनि रोपाइँ भएको छैन । सात प्रदेशमध्ये सबैभन्दा काम रोपाइँ मधेशमा भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मधेशमा ३ लाख ७२ हजार ६ सय ४५ हेक्टरमा ...
— रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा २०८२ कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगका प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ । सोही दिन बेलुका ५ देखि ७ बजेसम्म प्रारम्भिक उम्मेदवार सूची प्रकाशन ...