मुख्य समाचार
रुपन्देहीको भैरहवास्थित भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा ९५ अर्ब १९ करोड ३८ लाख ९९ हजार राजस्व असुली
रुपन्देहीको भैरहवास्थित भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा ९५ अर्ब १९ करोड ३८ लाख ९९ हजार राजस्व असुली

— रुपन्देहीको भैरहवास्थित भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा ९५ अर्ब १९ करोड ३८ लाख ९९ हजार राजस्व असुली गरेको छ । गत वर्ष साउनदेखि असार मसान्तसम्म उक्त रकम संकलन गरेको हो । उक्त असुली लक्ष्यको ८७ दशमलव ०७ प्रतिशत रहेको छ ।


गत आर्थिक वर्ष भन्सारले १ खर्ब ९ अर्ब ३३ करोड २२ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन लक्ष्य राखेको थियो । कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अनुसार गत वर्ष लक्ष्यको नजिक राजस्व संलकन भएको हो । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा असुलीमा सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्ष ८० अर्ब ८४ करोड १७ लाख ४८ हजार राजस्व संलकन भएको थियो ।

सूचना अधिकारी चौधरीका अनुसार गत वर्ष पैठारीका आधारमा सबैभन्दा धेरै मोटरसाइकल आयात गरिएको थियो । उक्त अवधिमा १६ अर्ब ९१ करोड ८५ लाख ४४ हजारका सबै प्रकारका १ लाख ४४ हजार १ सय ९४ थान मोटरसाइकल आयात गरिएको थियो । त्यसबापत १७ अर्ब २१ करोड २१ लाख २७ हजार राजस्व संकलन भएको थियो । दोस्रो नम्बरमा जिप, कार, भ्यान आयात गरिएको छ । गत वर्ष ४ अर्ब १५ करोड १५ लाख ३८ हजारका ३ हजार ७ सय ६१ थान यस्ता सवारीसाधन आयात गरिएको थियो । यसबाट १० अर्ब ३५ करोड ४७ लाख ९६ हजार राजश्व असुली भएको थियो ।

त्यस्तै, ६ अर्ब ८९ करोड ११ लाख ९ हजार मूल्यको ७० हजार केएल पेट्रोल आयातबाट ३ अर्ब ९७ करोड १५ लाख ६८ हजार राजस्व संकलन भएको छ । असुलीमा योगदान गर्ने अन्य प्रमुख वस्तुमा विद्युतीय सवारीका साधन, डबल पिकअप गाडी, शुद्ध फलाम, मोबाइल/टेलिफोन, एमएस बिलेट, चकलेट र एलपी ग्यास रहेका छन् ।

प्रमुख १० वस्तुको राजस्वमा योगदान ४४ अर्ब ८८ करोड ५३ लाख २७ हजार रहेको छ । यो कुल राजस्व असुलीको ४७ दशमलव १५ प्रतिशत रहेको सूचना अधिकारी चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इजरायल रोजगारीका लागि आवश्यक मानिएको अंग्रेजी भाषा परीक्षा व्यवस्थापनमा देखिएको प्राविधिक समस्या, परीक्षार्थीको गुनासोपछि परीक्षा स्थगित गरिएको थियो । त्रिपुरेश्वरस्थित सीआईआईएन मार्फत सञ्चालन भइरहेको परीक्षा स्थगनसँगै १७ हजारभन्दा बढी नेपाली युवा प्रभावित भएका छन् । केयरगिभर (इजरायल) रोजगारीका लागि अनिवार्य गरिएको आधारभुत तहको अंग्रेजी भाषा प्रमाणपत्र (क्याम्ब्रिज अपस्किल्स इंग्लिस टेस्ट) अन्तर्गत परीक्षा दिएका परीक्षार्थीले व्यवस्थापन, शुल्क ...
। परराष्ट्रमन्त्री शिशिर खनालले सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिको जवाफ दिएका छन् । यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर अभिव्यक्ति दिएका थिए । त्यसदिन प्रधानमन्त्री बालेनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै ...
। राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले करका दर हरेरफेर गरेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राज्यलाई अर्बौं नोक्सानी पुर्‍याएको आरोप लगाएका छन् । ‘बजेट निर्माण प्रक्रियासम्बन्धी सूचना चुहावट, करका दरमा हेरफेर तथा राज्यलाई अर्बौं रुपैयाँ राजस्व नोक्सानी पुग्ने सम्भावित विषयमा निष्पक्ष र विश्वसनीय संसदीय छानबिन समिति गठन गर्न तपाईंले सहयोग गर्नुहोस्’ शाहीले ...
। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा नदी क्षेत्रमा ‘फिक्स्ड बाउन्ड्री प्रिन्सिपल’ अवलम्बन गर्दा ‘क्रस बोर्डर अकुपेसन’ समस्या उत्पन्न भएको बताएका छन् । बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे धारणा राख्दै परराष्ट्रमन्त्री खनालले यस्तो बताएका हुन् । ‘सम्मानीय प्रधानमन्त्री ज्युले संसद्मा प्रस्तुत गर्नुभएको विषय मूलत: दशगजा क्षेत्र अतिक्रमण र क्रसबोर्डर अकुपेसनसँग सम्बन्धित छन्,’ मन्त्री खनालले भने, ...
। प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा नेपालले भारतको सीमा मिचेको विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिएका छन् । विपक्षीले प्रधानमन्त्रीले नै यसबारे जवाफ दिनुपर्ने अडान राखे पनि अन्तिममा परराष्ट्रमन्त्रीले जवाफ दिने भएपछि विपक्षीले सदन चलाउन सहमति भएका थिए । आज बैठकमा मन्त्री खनालले प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा क्षेत्रको विषयमा लक्षित भएको बताए । ‘प्रधानमन्त्रीज्यूको अभिव्यक्ति दशगजा अतिक्रमण र क्रस बोर्डर ...